समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

‘नालापानी’को विशेष प्रदर्शन

  शीतलपाटीन्युज डटकम | १ कार्तिक २०७९, मंगलवार ११:४८

काठमाडौँ- फिल्म ‘नालापानी’को विशेष प्रदर्शन गरिएको छ। चलचित्र विकास बोर्डको हलमा गरिएको विशेष प्रदर्शनमा नेपाल सरकारका ८० जना विशिष्ट व्यक्तिलाई फिल्म देखाइएको छ।

विशेष प्रदर्शनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा‍. वैकुण्ठ अर्याल, नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाली सेनाका बलाधिकृत जनरल शरदप्रताप राणा, केन्द्रीय चलचित्र जाँचपास समितिका अध्यक्ष सेवन्तक पोखरेल, नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय लगायत थिए।

फिल्मले सन् १८१४ मा भारत, देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज(नेपाल युद्धको कथा प्रस्तुत गरेको छ। नेपाली फौजका तर्फबाट कप्तानी गरेका बलभद्र कुँवरले लडेको त्यो ऐतिहासिक लडाइँलाई फिल्ममा छ। कुँवर र उनका छ सय सैनिकले नालापानी युद्धमा देखाएको साहस र बहादुरीको कथा फिल्ममा छ।

रिमेश अधिकारीको निर्देशनमा बनेको फिल्म कात्तिक ४ मा रिलिज हुनेछ। फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारीलगायत कलाकारको अभिनय छ।

 

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ