समाचार
|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री|मासु खानुहोस्,दसैँ मनाउनुहोस् तर मुटु जोगाउनुहोस् यी हुन् हृदयाघातका प्रमुख लक्षण

नवनियुक्त प्रधानमन्त्री प्रचण्डसहित आठ मन्त्रीले लिए शपथ

  शीतलपाटीन्युज डटकम | ११ पुष २०७९, सोमबार १७:२६

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित आठ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रचण्डले शपथ लिएका हुन्। त्यसपछि अन्य मन्त्रीहरूले शपथ लिएका थिए।

प्रचण्ड नेतृत्वको सरकारमा एमालेका विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री, माओवादीका नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका छन्।

त्यस्तै एमालेका ज्वाला साह, दामोदर भण्डारी, राजेन्द्र राई‍ र जनमत पार्टीका अब्दुल खान मन्त्री बनेका छन्। मन्त्रीहरूको कार्यभार पछि तोकिने राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ