समाचार
|तेस्रो एनआरएनए कप २०२६ को टिम ड्र कार्यक्रम लन्डनको ह्यारोमा सम्पन्न|नेपालका प्रधानमन्त्री नेतृत्वको टोली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुँदै|हिजो बसेको मन्त्रिपरिषद् बैठकको ६ निर्णय|डिआइजीदेखि इन्सपेक्टरसम्म प्रहरीमा सरुवाको तयारी,उपत्यका अपराध अनुसन्धान कार्यालयमा जान एसएसपीबीच प्रतिस्पर्धा|ध्रुव वन्तको नेतृत्वमा वानाको सडक महोत्सव २०२६|तनहूँ समाज युकेले बाढी–पहिरो पीडितका लागि अर्थमन्त्री स्वर्णिम वाग्ले मार्फत रु १० लाखको चेक हस्तान्तरण|Feltham Favourite Reborn: Rose View Tandoori Secures Alcohol Licence and Top Hygiene Score|विपद् प्रभावित समुदायको सहयोगका लागि NAIMA द्वारा रु. ५० लाख प्रदान|नेपाल मुक्तक प्रतिष्ठान यूकेको अध्यक्षमा प्रतिमा केसी ‘प्रवासी’ सर्वसम्मत चयन|“ नेपालका बाढीपीडित दिवंगतप्रति कोभेन्ट्री नेपाली समाज र विश्व नेपाली साहित्य महासंघको भावपूर्ण श्रद्धाञ्जलि”

नेपालका प्रधानमन्त्री नेतृत्वको टोली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुँदै

  शीतलपाटीन्युज डटकम | १ आश्विन २०८३, बिहीबार १२:३९

शीतलपाटीन्युज डटकम।
काठमाडौँ। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अर्को साता संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने बताएका छन् ।

बिहीवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै परराष्ट्र मन्त्री खनालले नेपालका तर्फबाट प्रधानमन्त्री वालेन्द्र साह (बालेन)को नेतृत्वमा आफू लगायतको प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाने जानकारी दिएका हुन्।

उनले संयुक्त राष्ट्रसंघको महासभा अर्को सातादेखि शुरु हुने र त्यसमा नेपालको प्रतिनिधित्व प्रधानमन्त्रीको नेतृत्वमा हुने बताए । महासभामा नेपालको सहभागिताका क्रममा नेपालको राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध तथा समसामयिक विश्व मुद्दासँग सम्बन्धित विषयहरू उठाइने अपेक्षा गरिएको छ ।

उनले भने, ‘राष्ट्रसंघको महासभा अर्को हप्तादेखि सुरु हुँदैछ र नेपालको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा म लगायत एउटा प्रतिनिधिमण्डल अर्को हप्ता संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन नेपालबाट प्रस्थान गर्दै छ ।’

बिहीवारको समितिको बैठकमा जलवायु परिवर्तनसम्बन्धी विषय विज्ञहरूसँग छलफल गर्नुका साथै संयुक्त राष्ट्रसंघको महासभामा परराष्ट्र मन्त्रीको सहभागिताका विषयमा समेत छलफल भएको छ । बैठकमा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको जोखिम, जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायु वित्तलगायत विषयमा विज्ञहरूले धारणा राखेका थिए ।

नेपालको अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका मुद्दालाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा पनि छलफल भएको हो । परराष्ट्र मन्त्री खनालले महासभामा नेपालको सहभागिता नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक प्राथमिकता प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसरका रूपमा रहने बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ