समाचार
|विपद् प्रभावित समुदायको सहयोगका लागि NAIMA द्वारा रु. ५० लाख प्रदान|नेपाल मुक्तक प्रतिष्ठान यूकेको अध्यक्षमा प्रतिमा केसी ‘प्रवासी’ सर्वसम्मत चयन|“ नेपालका बाढीपीडित दिवंगतप्रति कोभेन्ट्री नेपाली समाज र विश्व नेपाली साहित्य महासंघको भावपूर्ण श्रद्धाञ्जलि”|बेलायतमा साहित्य गोष्ठी,तीन पुस्तक विमोचन तथा अधिवेशन सम्पन्न|डा.रीता गुरुङको विशेष उपस्थितिमा घान्द्रुक काम्चे कोने खलक युकेको वार्षिक भेटघाट सम्पन्न|बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा बेलायतको अल्डरसटमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन|गोर्खा नेपाली कम्युनिटि डार्बि,बेलायतले प्रधानमन्त्री राहत कोषमा १५ लाख रुपैयाँ सहयोग ।|बाढीपहिरो पीडितप्रति ऐक्यबद्धता जनाउन लन्डनमा ‘च्यारिटी सोलिड्यारिटी वाक’|चार भञ्ज्याङ तमु समाज यूकेद्वारा भोटेकोशि बाढीपीडित राहतका लागि नेपाल सरकारलाई १५ लाख रुपैयाँ सहयोग।|भीषण बाढीबाट जीवन गुमाएकाहरुको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा

विपद् प्रभावित समुदायको सहयोगका लागि NAIMA द्वारा रु. ५० लाख प्रदान

  शीतलपाटीन्युज डटकम | २३ भाद्र २०८३, मंगलवार १३:०४

शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। हालै रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले आफ्नो पूर्वनिर्णयअनुसार रु.५० लाख सहयोग प्रदान गरेको छ।

Screenshot

उक्त सहयोग NAIMA अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा माननीय अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो। सहयोग हस्तान्तरण कार्यक्रममा NAIMA का बोर्ड सदस्यहरू यमुना श्रेष्ठ र हेमन्त गोल्छा,Cimex Inc. (BYD) का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ,NAIMA का कार्यकारी निर्देशक राज कुमार दुलाल,कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा NAIMA को डिजिटल एजेन्सी Digipal का तर्फबाट उत्सव कार्कीको सहभागिता रहेको थियो।

सो अवसरमा अध्यक्ष ऋतु सिंह वैद्यले सहयोग रकम तुलनात्मक रूपमा सानो भए पनि यसको मूल भावना विपद्को घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु रहेको बताउनुभयो। उहाँले विशेषगरी NAIMA का सदस्य कम्पनीहरूसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको
तर्फबाट यो सहयोग प्रदान गरिएको उल्लेख गर्दै संकट र विपद्का समयमा NAIMA सधैं सरकार तथा प्रभावित समुदायसँगै उभिने प्रतिबद्धता व्यक्त गर्नुभयो। “यो केवल आर्थिक सहयोग मात्र नभई कठिन समयमा हामी प्रभावित समुदायसँगै छौं भन्ने ऐक्यबद्धताको सन्देश पनि हो,” उहाँले बताउनुभयो।

सहयोग ग्रहण गर्दै माननीय अर्थमन्त्री डा. वाग्लेले NAIMA ले प्रदान गरेको सहयोगको प्रशंसा गर्दै विपद्को यस संवेदनशील र कठिन घडीमा प्राप्त यस्तो सहयोग अत्यन्त मूल्यवान् रहेको बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ