समाचार
|विपद् प्रभावित समुदायको सहयोगका लागि NAIMA द्वारा रु. ५० लाख प्रदान|नेपाल मुक्तक प्रतिष्ठान यूकेको अध्यक्षमा प्रतिमा केसी ‘प्रवासी’ सर्वसम्मत चयन|“ नेपालका बाढीपीडित दिवंगतप्रति कोभेन्ट्री नेपाली समाज र विश्व नेपाली साहित्य महासंघको भावपूर्ण श्रद्धाञ्जलि”|बेलायतमा साहित्य गोष्ठी,तीन पुस्तक विमोचन तथा अधिवेशन सम्पन्न|डा.रीता गुरुङको विशेष उपस्थितिमा घान्द्रुक काम्चे कोने खलक युकेको वार्षिक भेटघाट सम्पन्न|बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा बेलायतको अल्डरसटमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन|गोर्खा नेपाली कम्युनिटि डार्बि,बेलायतले प्रधानमन्त्री राहत कोषमा १५ लाख रुपैयाँ सहयोग ।|बाढीपहिरो पीडितप्रति ऐक्यबद्धता जनाउन लन्डनमा ‘च्यारिटी सोलिड्यारिटी वाक’|चार भञ्ज्याङ तमु समाज यूकेद्वारा भोटेकोशि बाढीपीडित राहतका लागि नेपाल सरकारलाई १५ लाख रुपैयाँ सहयोग।|भीषण बाढीबाट जीवन गुमाएकाहरुको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा

बेलायतमा साहित्य गोष्ठी,तीन पुस्तक विमोचन तथा अधिवेशन सम्पन्न

  शीतलपाटीन्युज डटकम | २३ भाद्र २०८३, मंगलवार ०१:५१

शीतलपाटीन्युज डटकम।
स्विन्डन,बेलायत। बेलायतको स्विन्डनस्थित द टनर रेस्टुरेन्टमा शनिबार साहित्य गोष्ठी, तीन कृतिको सामूहिक विमोचन तथा संस्थाको अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।

सस्थाका अध्यक्ष लाल सुंदर राईको अध्यक्षतामा प्रमुख अतिथि मुलिबीर राई विशेष अतिथि विस्वासदीप तिगेला संरक्षक डा सुमाया राईको उपस्थिति रहेको पहिलो सत्रमा अतिथि तथा सहभागीहरूको स्वागत,दिवंगत व्यक्तिहरूप्रति मौनधारण तथा बारिस्ठ उपाध्यक्ष गोमा रानाको स्वागत मन्तव्यसँगै औपचारिक उद्घाटन गरिएको थियो।

त्यसपछि डा.सुमाया राईको ‘जिन्दगी फूल सम्झे फूलै हो’, शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ तथा सेमन्त सेमन्त राईको ‘अँधेरीमा जून’ पुस्तकको सामूहिक विमोचन गरिएको थियो।

विमोचित कृतिमाथि क्रमशः डा. सुमाया राईको पुस्तकको समीक्षा नरेश कामबांग राई , शान्ति लिम्बुको पुस्तकमाथि विश्वास दीप टिगलाले समीक्षा तथा सेमन्त सेमन्त राईको कृतिमाथि मुकेश राईले समीक्षा प्रस्तुत गरेका थिए। समीक्षापछि तीनै लेखकले आफ्ना कृतिबारे मन्तव्य राखेका थिए। अधिवेशनमा कार्यसमितिको कार्यप्रगति तथा निर्णयहरूको समीक्षा, वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरी छलफल र अनुमोदन गरिएको थियो।

समय उपलब्ध भएपछि केही सहभागीहरूले आफ्ना साहित्यिक रचना पनि वाचन गरेका थिए। कार्यक्रम संचालन सचिब जीत
बुढ़ाथोकी र गंगा भंडारीले गरेका थिए ।प्रमुख अतिथिको मन्तव्य तथा सभाध्यक्षको समापन सम्बोधनसँगै पहिलो सत्र सम्पन्न भएको थियो।

दोस्रो सत्रअन्तर्गत अधिवेशन सञ्चालन गरिएको थियो। निर्वाचन प्रमुख विश्वासदीप तिगेलाको अध्यक्षतामा सचिव मुकेश राईले संचालन गरेका थिए। निर्वाचन समितिले निर्वाचन प्रक्रिया सञ्चालन गरी नयाँ कार्यसमितिको घोषणा गरेको थियो।

नवनिर्वाचित कार्यसमितिमा गोमा राना अध्यक्ष, शान्ति लिम्बु वरिष्ठ उपाध्यक्ष,जीत बुढाथोकी उपाध्यक्ष,गंगा भण्डारी सचिव, राजेन्द्र राई कोषाध्यक्ष तथा हेम राई,कमला गुरुङ, रोजी राई, प्रिन्स राई,अन्जान किरात र होमा लिम्बू सदस्यमा चयन भएका छन्। संस्थाको संरक्षकमा डा.सुमाया राई रहनुभएको छ।
नवनिर्वाचित पदाधिकारीहरूले संस्थाको साहित्यिक तथा सांस्कृतिक गतिविधिलाई अझ सशक्त बनाउँदै बेलायतमा नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन गर्दै सभाध्यक्षले अधिवेशन समापन भएको घोषणा गरेका थिए।

कार्यक्रममा मगर संघयूकेका उपाध्यक्ष विष्णु श्रीस मगर,किरात राई यायोख्खा स्विंडन शाखाका अध्यक्ष कल्पना राई,रघु भण्डारी,होम किरात सुनुवार,सुनीता राई,तयाहाङ्ना राई,सीमा राई,झेलम राई,मनु पाईजा,रुद्र पाईजा,रिता राई,भोला विक्रम राई लगायतका महानुभावको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ