समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

बेलायतमा साहित्य गोष्ठी,तीन पुस्तक विमोचन तथा अधिवेशन सम्पन्न

  शीतलपाटीन्युज डटकम | २३ भाद्र २०८३, मंगलवार ०१:५१

शीतलपाटीन्युज डटकम।
स्विन्डन,बेलायत। बेलायतको स्विन्डनस्थित द टनर रेस्टुरेन्टमा शनिबार साहित्य गोष्ठी, तीन कृतिको सामूहिक विमोचन तथा संस्थाको अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।

सस्थाका अध्यक्ष लाल सुंदर राईको अध्यक्षतामा प्रमुख अतिथि मुलिबीर राई विशेष अतिथि विस्वासदीप तिगेला संरक्षक डा सुमाया राईको उपस्थिति रहेको पहिलो सत्रमा अतिथि तथा सहभागीहरूको स्वागत,दिवंगत व्यक्तिहरूप्रति मौनधारण तथा बारिस्ठ उपाध्यक्ष गोमा रानाको स्वागत मन्तव्यसँगै औपचारिक उद्घाटन गरिएको थियो।

त्यसपछि डा.सुमाया राईको ‘जिन्दगी फूल सम्झे फूलै हो’, शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ तथा सेमन्त सेमन्त राईको ‘अँधेरीमा जून’ पुस्तकको सामूहिक विमोचन गरिएको थियो।

विमोचित कृतिमाथि क्रमशः डा. सुमाया राईको पुस्तकको समीक्षा नरेश कामबांग राई , शान्ति लिम्बुको पुस्तकमाथि विश्वास दीप टिगलाले समीक्षा तथा सेमन्त सेमन्त राईको कृतिमाथि मुकेश राईले समीक्षा प्रस्तुत गरेका थिए। समीक्षापछि तीनै लेखकले आफ्ना कृतिबारे मन्तव्य राखेका थिए। अधिवेशनमा कार्यसमितिको कार्यप्रगति तथा निर्णयहरूको समीक्षा, वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरी छलफल र अनुमोदन गरिएको थियो।

समय उपलब्ध भएपछि केही सहभागीहरूले आफ्ना साहित्यिक रचना पनि वाचन गरेका थिए। कार्यक्रम संचालन सचिब जीत
बुढ़ाथोकी र गंगा भंडारीले गरेका थिए ।प्रमुख अतिथिको मन्तव्य तथा सभाध्यक्षको समापन सम्बोधनसँगै पहिलो सत्र सम्पन्न भएको थियो।

दोस्रो सत्रअन्तर्गत अधिवेशन सञ्चालन गरिएको थियो। निर्वाचन प्रमुख विश्वासदीप तिगेलाको अध्यक्षतामा सचिव मुकेश राईले संचालन गरेका थिए। निर्वाचन समितिले निर्वाचन प्रक्रिया सञ्चालन गरी नयाँ कार्यसमितिको घोषणा गरेको थियो।

नवनिर्वाचित कार्यसमितिमा गोमा राना अध्यक्ष, शान्ति लिम्बु वरिष्ठ उपाध्यक्ष,जीत बुढाथोकी उपाध्यक्ष,गंगा भण्डारी सचिव, राजेन्द्र राई कोषाध्यक्ष तथा हेम राई,कमला गुरुङ, रोजी राई, प्रिन्स राई,अन्जान किरात र होमा लिम्बू सदस्यमा चयन भएका छन्। संस्थाको संरक्षकमा डा.सुमाया राई रहनुभएको छ।
नवनिर्वाचित पदाधिकारीहरूले संस्थाको साहित्यिक तथा सांस्कृतिक गतिविधिलाई अझ सशक्त बनाउँदै बेलायतमा नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन गर्दै सभाध्यक्षले अधिवेशन समापन भएको घोषणा गरेका थिए।

कार्यक्रममा मगर संघयूकेका उपाध्यक्ष विष्णु श्रीस मगर,किरात राई यायोख्खा स्विंडन शाखाका अध्यक्ष कल्पना राई,रघु भण्डारी,होम किरात सुनुवार,सुनीता राई,तयाहाङ्ना राई,सीमा राई,झेलम राई,मनु पाईजा,रुद्र पाईजा,रिता राई,भोला विक्रम राई लगायतका महानुभावको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ