शीतलपाटीन्युज डटकम।
लन्डन। बहुप्रतीक्षित तेस्रो NRNA CUP 2026 को आधिकारिक टिम ड्र कार्यक्रम लन्डनको ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता एनआरएन युकेका कार्यवाहक अध्यक्ष अनिल मल्ल (तीर्थबहादुर मल्ल) ले गर्नुभएको थियो। कार्यक्रमको औपचारिक उद्घाटन NRNA UK का महासचिव जुरेन्द्र लिम्बूले गर्नुभएको थियो। उहाँले सहभागी टोली,NRNA UK Youth Committee का पदाधिकारी तथा कार्यक्रम सफल बनाउन सहयोग पुर्याइरहेका सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्नुभएको थियो।

टिम ड्र कार्यक्रम NRNA UK Youth Committee को आयोजनामा सम्पन्न भएको हो। Youth Committee का अध्यक्ष विशाल राई र सचिव निशान पन्धाकको नेतृत्वमा समितिका सम्पूर्ण कार्यसमिति सदस्यहरूको सक्रिय सहभागितामा ड्र कार्यक्रम सञ्चालन गरिएको थियो।

यस ड्र कार्यक्रम मार्फत प्रतियोगितामा सहभागी टोलीहरूको खेल तालिका तथा आवश्यक प्रारम्भिक व्यवस्थापनलाई अन्तिम रूप दिने काम गरिएको छ। यससँगै प्रतियोगिताको प्रमुख तयारीहरू समेत तीव्र रूपमा अगाडि बढाइएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार तेस्रो NRNA CUP 2026 केवल फुटबल प्रतियोगितामा मात्र सीमित नभई बेलायतमा रहेका नेपाली समुदायबीच एकता,मित्रता,युवा सहभागिता र आपसी सम्बन्धलाई अझ मजबुत बनाउने साझा मञ्च का रूपमा आयोजना गरिएको हो।
कार्यक्रमको मिडिया प्रस्तुति तथा डिजिटल प्रचारप्रसारको जिम्मेवारी Youth Committee का Digital Creator रविन भारतीले सम्हाल्नुभएको थियो। उहाँले कार्यक्रमका गतिविधिहरूलाई डिजिटल तथा सामाजिक सञ्जालमार्फत व्यापक रूपमा प्रस्तुत गर्नुभएको थियो।
प्रतिक्रिया