समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

तेस्रो एनआरएनए कप २०२६ को टिम ड्र कार्यक्रम लन्डनको ह्यारोमा सम्पन्न

  शीतलपाटीन्युज डटकम | २ आश्विन २०८३, शुक्रबार ००:५५

शीतलपाटीन्युज डटकम।
लन्डन। बहुप्रतीक्षित तेस्रो NRNA CUP 2026 को आधिकारिक टिम ड्र कार्यक्रम लन्डनको ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता एनआरएन युकेका कार्यवाहक अध्यक्ष अनिल मल्ल (तीर्थबहादुर मल्ल) ले गर्नुभएको थियो। कार्यक्रमको औपचारिक उद्घाटन NRNA UK का महासचिव जुरेन्द्र लिम्बूले गर्नुभएको थियो। उहाँले सहभागी टोली,NRNA UK Youth Committee का पदाधिकारी तथा कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याइरहेका सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्नुभएको थियो।


टिम ड्र कार्यक्रम NRNA UK Youth Committee को आयोजनामा सम्पन्न भएको हो। Youth Committee का अध्यक्ष विशाल राई र सचिव निशान पन्धाकको नेतृत्वमा समितिका सम्पूर्ण कार्यसमिति सदस्यहरूको सक्रिय सहभागितामा ड्र कार्यक्रम सञ्चालन गरिएको थियो।

यस ड्र कार्यक्रम मार्फत प्रतियोगितामा सहभागी टोलीहरूको खेल तालिका तथा आवश्यक प्रारम्भिक व्यवस्थापनलाई अन्तिम रूप दिने काम गरिएको छ। यससँगै प्रतियोगिताको प्रमुख तयारीहरू समेत तीव्र रूपमा अगाडि बढाइएको आयोजकले जनाएको छ।


आयोजकका अनुसार तेस्रो NRNA CUP 2026 केवल फुटबल प्रतियोगितामा मात्र सीमित नभई बेलायतमा रहेका नेपाली समुदायबीच एकता,मित्रता,युवा सहभागिता र आपसी सम्बन्धलाई अझ मजबुत बनाउने साझा मञ्च का रूपमा आयोजना गरिएको हो।

कार्यक्रमको मिडिया प्रस्तुति तथा डिजिटल प्रचारप्रसारको जिम्मेवारी Youth Committee का Digital Creator रविन भारतीले सम्हाल्नुभएको थियो। उहाँले कार्यक्रमका गतिविधिहरूलाई डिजिटल तथा सामाजिक सञ्जालमार्फत व्यापक रूपमा प्रस्तुत गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ