Tuesday July 08, 2025

गल्कोट समाज यूकेले आफ्नै संस्थागत भवन खरिद गर्यो

१५ बैशाख, २०८१ शीतलपाटीन्युज डटकम। 1667


गल्कोट समाज यूकेले आफ्नै संस्थागत भवन खरिद गर्यो

मन्जु भण्डारी।

लन्डन । बेलायतमा बस्ने गल्कोटेहरुको संस्था ‘गल्कोट समाज यूके’ ले आफ्नो संस्थागत भवन खरिद गरेको छ।

मिडल्यान्डको बर्मिङहम, वेष्ट ब्रमिचको सिग्नट रोडमा समाजले आफ्नो महात्वाकांक्षी प्रोजेक्टका रुपमा रहेको ‘गल्कोट हाउस’ खरिद गरेको हो । 

करिब तीन लाख पाउन्डको लागतमा समाजले ३ बेडरूम हाउस खरिद गरेको अध्यक्ष चन्द्र साहनीले बताए ।
मूल्यको ३० प्रतिशत रकम डाउन पेमेन्टस्वरूप बुझाइएको छ भने बांकी मोर्गेजमा रहेको जनाएको छ ।

समाजका अध्यक्ष चन्द्र साहनी, निवर्तमान अध्यक्ष भोजराज कंडेल र पूर्व अध्यक्ष राजु कंडेलसहितका पदाधिकारीले शुक्रबार भवनको सांचो बुझेका छन् । 

बाग्लुङ जिल्लाको गल्कोट क्षेत्रमा पुख्र्यौली भएर हाल बेलायतमा बस्दै आएकाहरुको प्रतिनिधि संस्थाको रुपमा सन् २०१६ मा गल्कोट समाज यूके स्थापना गरिएको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?