Monday May 13, 2024

सुशी रेस्टुरेन्ट बारमा विनेसाम पश्चिम शाखाको त्रैमासिक बैठक तथा साहित्यिक कार्यक्रम सम्पन्न 

१५ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1585


सुशी रेस्टुरेन्ट बारमा विनेसाम पश्चिम शाखाको त्रैमासिक बैठक तथा साहित्यिक कार्यक्रम सम्पन्न 

गोमा राना,

लण्डन। आज आइतबार जुलाई ३० तारीख २०२३ विश्व नेपाली साहित्य महासंघ पश्चिमा शाखाको त्रैमासिक बैठक तथा साहित्यिक कार्यक्रम अल्डर्शोटको सुशी मोटो रेस्टुरेन्ट बारमा सम्पन्न भयो।

कोरोनाको विषम परिस्थितिको समय देखि    जूमबाट नियमित बैठक  हुँदै गर्दा गत बर्ष देखि बर्षमा एक पटक प्रत्येक्ष भेटघाट गरि बैठक बस्ने र आफ्नो भावना,रचना प्रस्तुत गर्ने गरिएको छ।

साहित्य तथा सङ्गीत समाजलाइ छर्लङ्ग देखाउने ऐना हो र जीवनका सुख दुख पोखाउने माध्यम हो। यी भाषा तथा लयद्वारा अभिब्यक्त गर्ने कला पनि हो। आज बैठकमा उपस्थित सबैले आआफ्नो मनको भावना काल्पनिक र यथार्थपुर्ण रुपले प्रस्तुत गरेका थिए।

 कार्यक्रमा आज विश्व नेपाली साहित्य महासंघ पश्चिमा शाखाका काबा अध्यक्ष गोमा राना र प्रमुख अतिथि पिताम्बर रानाबाट दिप प्रज्वलन गर्दै कार्यक्रम शुभारम्भ भएको थियो। राष्ट्रिय गान पछि सस्थाका अध्यक्ष लाल सुन्दर राइको जेष्ठ सुपुत्र प्रविन जोयल, सदस्य गङ्गा भन्डारीको माता र साहित्यकार दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल प्रती धैर्य धारण गर्ने शक्ति मिलोस भनी एक मिनेट मौन धारण गरिएको थियो।

सिमाना  र आमा गीतको रचनाकार लिला सेलिङ माबो र शान्ति लिम्बुलाइ बधाई तथा शुभकमना दिइएको थियो। लाल सुन्दर राइको "सन्सारै रित्तो" शीर्षक कविताले सबैलाई भावुक बनाएको थियो भने गङ्गा भन्डारीक‍ो "मन सङ्गको सम्बाद" बसन्ततीलका र उपजाति छन्दको कविताले मन्त्रमुघ्ध पारेकी थिइन् । गोमा रानाको म एउटी चरी,नानू रानाको गजल,शान्ति लिम्बुको मान्छे धमिरा,लिला सेलिङ माबोको गीत सिमाना,जित छन्त्यालको उदास जिन्दगी शीर्षक कविताले सबैलाई वाहवाह गराएको थियो। सङ्ख्यात्मक रुपमा थोरैको उपस्थिति रहे पनि मनोरञ्जनात्मक र  गुणात्मक महत्व  रहेको सबैले जानकारी गराएका थिए। 

गोमा रानाको अध्यक्षतामा सह सचिब जित छन्त्यालले कार्यक्रम सन्चालन गरेका थिए भने सचिब शान्ति लिम्बुले स्वागत मन्तव्य राखेका थिए। प्रमुख अतिथि पिताम्बर रानाले उपस्थित सबैको गीत,कविता,गजल मुक्तक अत्यन्तै रोचक सकारात्मक उदाहरणिय रहेको र आउन असमर्थ विनेसामका सदस्यहरुले पक्कै यस्तो कार्यक्रम छुटेकै हो। आगामी आयोजना गरिने कार्यक्रममा सस्थाका सदस्यहरुले महत्त्वपूर्ण ठानेर धेरैको उपस्थितिमा अझ बृहत् होस भनि  उतरोत्तर प्रगतिको शुभकामना ब्यक्त गरेका थिए। 

कार्यक्रमको अन्त्यमा सभा अध्यक्षले उपस्थित सबै तथा चाहेर पनि उपस्थित हुन असमर्थ सबैलाई धन्यवाद दिदै,आज प्रस्तुत आआफ्नो रचनाले एक अर्कालाइ  हौसला र प्रेरणादायक बनेको र मनको बह पोख्ने,खुशी साटासाट गर्ने आफ्नो प्रतिभामा निखार ल्याउने राम्रो अवसर भएको बताइन। कार्यक्रम सर्प्राइज खेलले थप रमाइलो भएको थियो र मिठो खानाको बन्दोबस्त गरिदिनु भएकोमा सुशी रेस्टुरेन्टलाई धन्यवाद दिदै सभा विसर्जन भएको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?