Thursday March 20, 2025

पुर्व क्याप्टेन भिम सारु बेलायतमा काउन्सीलर बिजयी

२२ बैशाख, २०८१ शीतलपाटीन्युज डटकम। 1412


पुर्व क्याप्टेन भिम सारु बेलायतमा काउन्सीलर बिजयी

शीतलपाटीन्युज डटकम।
लन्डन- भूतपूर्व गोर्खाका क्याप्टेन भीम सारुमगर बेलायतको काउन्सिलर पदमा लेबोर पार्टीबाट निर्वाचित भएका छन्। विहीबार सम्पन्न यहाँको स्थानीय निर्वाचनमा वार्विकशायरको ननिटन एन्ड बेडवर्थ बरोको सेन्ट मेरिज् वडाको काउन्सिलरमा उनी विजयी भएका हुन् ।  

वडाको दुई काउन्सिलरका लागि भएको निर्वाचनमा लेबर पार्टीबाट उम्मेद्वार सारु सर्वाधिक ८ सय ९ मत प्राप्त गर्दै विजयी बनेका छन।

पाल्पा चिदीपानी घर भएका पूर्व गोर्खा क्यापटेन सारु बेलायतको नेपाली समुदायमा पनि सक्रिय रहंदै आएका सामाजिक अभियन्ता हुन्। 

पूर्व गोर्खाहरुको संस्था ब्रिटिश गोर्खा भेट्रान एशोसिएसन यूकेमा अध्यक्ष रहेका क्याप्टेन सारु किंग एडवार्ड कलेज VI को पुर्व गभर्नर, एनआरएन युकेको सल्लाहाकार, पाल्पा जिल्ला समाज युकेको सल्लाहाकार हुनुहुन्छ।
स्थानिय ननीटाउनका बासीन्दा सारु रेल वे इन्जीनियर र सारु इम्ब्रोयडरीका संचालक पनि हुनुहुन्छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?