समाचार
|“बेलायती राजनीतिमा पहिलो पटक नेपाली मूलकी महिला तथा गोर्खा डेलिगेटद्वारा सम्बोधन: राजनीतिक क्षेत्रमा प्रणालीगत अवरोध र डायस्पोरा समुदायको बढ्दो प्रभावमाथि जोड।”|सोह्र अर्थात् महालय श्राद्ध एक विवेचना : आचार्यश्री माधवशरण|रांङभाङ्ग समाज यूकेद्वारा गायिका सबिना बुढा मगरको बिदाइ कार्यक्रम भब्य सम्पन्न|प्रहरीका ८ एआईजीको सरुवा, को कहाँ ? हेर्नुहोस सूची|लन्डनमा आयोजित श्रद्धाञ्जलि सभामा सैयौं सहभागी|अक्टोबर १० मा १९ औ रेडिङ कप फुटबल तथा भलिबल प्रतियोगिता हुदै|गोर्खा मिडियाले मनायो छैटौँ वार्षिकोत्सव भव्य|नेपालको हिमालदेखि न्यूयोर्कको महासभासम्म|पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ|सांसद विदुषी राणा बेलायतमा,नेपाललाई सघाउन अन्तरराष्ट्रिय समुदायलाई आह्वान

 मतदातासँग भोट माग्दै गृहमन्त्री

  शीतलपाटीन्युज डटकम | ८ कार्तिक २०७९, मंगलवार १७:२४

रूपन्देही- गृहमन्त्री बालकृष्ण खाण तिहारका बेला पनि आफ्नै निर्वाचन क्षेत्र रुपन्देही ३ मा दिनहुँजसो मतदातासँग भोट माग्दै हिँडेका छन्

यसअघिका निर्वाचनमा त्यति धेरै मतदातासमक्ष नपुगेका खाण अहिले सानादेखि ठूला व्यापारी व्यवसायीका घरघरमा पुग्ने गरेका छन् ।

उनलाई लोसपाका प्रदेश सभा सदस्यका उम्मेदवार बनेका सन्तोस पाण्डेले साथ दिइरहेका छन् । उनी साना साना व्यक्तिबाट भोट बैंक बनेका हुन् । पाण्डेकै सल्लाहअनुसार गृहमन्त्री साना साना व्यवसायीको घरघरमा पुग्ने गरेका छन् ।

स्थानीय व्यवसायी रामनाथ गुप्ताले अहिलेसम्म गृहमन्त्री आफ्नो घर पसलमा यसरी भोट माग्न नआएको बताए । ‘उहाँ धेरै पटक ठूल्ठूला ओहोदामा पुग्नु भयो, तर अहिले जसरी भोट माग्न आउनु भएको थिएन । तर, अहिले भने आउनु भएको छ,’ उनले भने ।

गृहमन्त्री खाण दीपावलीको दिन बैंक रोड, मिलनचोक, गल्लामण्डी, मैत्री पथमा भोट माग्न पुगेका थिए । उनी भोट माग्न जाने बेला सादा पोसाकका प्रहरी पुग्ने गरेका छन् ।
यसअघि गृहमन्त्री खाँणले आफ्ना निर्वाचन क्षेत्रका सबैलाई दशै तिहारको शुभकामना कार्ड पठाएका थिए । उनले सबैको नामसमेत उल्लेख गरी कार्ड पठाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ