समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

पहाडी जिल्ला डोल्पा विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

  शीतलपाटीन्युज डटकम | ८ आश्विन २०८३, बिहीबार १२:३४

शीतलपाटीन्युज डटकम।
काठमाडौं। पहाडी जिल्ला डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको छ। नेपालगन्जबाट यात्रु लिएर गएको उक्त जहाज बिहीबार बिहान ८:२५ बजे अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदम रावलका अनुसार जहाज अवतरणका क्रममा पछाडिको दाहिनेतर्फको चक्का फुत्किएर बाहिर निस्किएको थियो।

जहाजमा ७ जना विदेशी र ६ जना नेपाली गरी कुल १३ जना यात्रु सवार थिए। दुर्घटना भए पनि जहाजमा सवार सबै यात्रु सुरक्षित रहेको इन्स्पेक्टर रावलले जानकारी दिए। चक्का फुत्किएको उक्त जहाज अहिले जुफाल विमानस्थलकै धावनमार्गमा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ