समाचार
|पहाडी जिल्ला डोल्पा विमानस्थलमा सीता एयरको जहाज दुर्घटना|पोखरा आएको फ्लाइ दुबईको जहाजको ककपिटमा नेपाली पाईलट सर्बजीत यादब|पोखरा विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडान आज सम्पन्न|पाल्पाली ताराप्रसाद पोखरेललाई विद्यावारिधि|इंगल्याण्डमा घरधनी र भाडाका घर दर्ता अनिवार्य गरिँदै: नियम उल्लंघन गरे ४० हजार पाउण्डसम्म जरिवाना|भारतमा जन्मिएका आर्को मुखर्जीले नेपालका बाढी पीडित समुदायको सहयोगार्थ गरे लाइभ कन्सर्ट|तमुधिं यूकेका अध्यक्ष गुरुड्गको नेतृत्वमा बाढीपीडितका लागि एक करोड ३१ लाख रकम लिएर नेपाल प्रस्थान|नेपालका लोकप्रिय उत्पादन बेलायतमा बिक्री वितरण गर्दै ‘योर काठमाडौँ’|भोटेकोशी बाढीपहिरोमा दिवंगतप्रति लण्डनमा श्रद्धाञ्जली|जनसम्पर्क समिति बेलायतको अधिवेशन गराउन शेर सुनारलाई जिम्मा

पहाडी जिल्ला डोल्पा विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

  शीतलपाटीन्युज डटकम | ८ आश्विन २०८३, बिहीबार १२:३४

शीतलपाटीन्युज डटकम।
काठमाडौं। पहाडी जिल्ला डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको छ। नेपालगन्जबाट यात्रु लिएर गएको उक्त जहाज बिहीबार बिहान ८:२५ बजे अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदम रावलका अनुसार जहाज अवतरणका क्रममा पछाडिको दाहिनेतर्फको चक्का फुत्किएर बाहिर निस्किएको थियो।

जहाजमा ७ जना विदेशी र ६ जना नेपाली गरी कुल १३ जना यात्रु सवार थिए। दुर्घटना भए पनि जहाजमा सवार सबै यात्रु सुरक्षित रहेको इन्स्पेक्टर रावलले जानकारी दिए। चक्का फुत्किएको उक्त जहाज अहिले जुफाल विमानस्थलकै धावनमार्गमा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ