समाचार
|पहाडी जिल्ला डोल्पा विमानस्थलमा सीता एयरको जहाज दुर्घटना|पोखरा आएको फ्लाइ दुबईको जहाजको ककपिटमा नेपाली पाईलट सर्बजीत यादब|पोखरा विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडान आज सम्पन्न|पाल्पाली ताराप्रसाद पोखरेललाई विद्यावारिधि|इंगल्याण्डमा घरधनी र भाडाका घर दर्ता अनिवार्य गरिँदै: नियम उल्लंघन गरे ४० हजार पाउण्डसम्म जरिवाना|भारतमा जन्मिएका आर्को मुखर्जीले नेपालका बाढी पीडित समुदायको सहयोगार्थ गरे लाइभ कन्सर्ट|तमुधिं यूकेका अध्यक्ष गुरुड्गको नेतृत्वमा बाढीपीडितका लागि एक करोड ३१ लाख रकम लिएर नेपाल प्रस्थान|नेपालका लोकप्रिय उत्पादन बेलायतमा बिक्री वितरण गर्दै ‘योर काठमाडौँ’|भोटेकोशी बाढीपहिरोमा दिवंगतप्रति लण्डनमा श्रद्धाञ्जली|जनसम्पर्क समिति बेलायतको अधिवेशन गराउन शेर सुनारलाई जिम्मा

पोखरामा पाल्पाली सहकारी संस्थाको अध्यक्षमा रेशम थापा

  शीतलपाटीन्युज डटकम | ३ आश्विन २०८३, शनिबार २१:३४

शीतलपाटीन्युज डटकम।
पोखरा,३ असोज । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था पोखराको सञ्चालक समिति अध्यक्षमा रेशमराज थापा निर्वाचित भएका छन् । संस्थाको शनिबार आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो।

Screenshot

समिति उपाध्यक्षमा सुनिलप्रसाद अर्याल,सचिवमा युमाया पुन पचभैया,कोषाध्यक्षमा पदमप्रसाद पोखरेल तथा सदस्यमा रमेशकुमार पौडेल,गिरिराज पोखरेल,इन्दिरा कँडेल,निर्मला विक,अनुपमान कर्माचार्य चयन भए ।

यसैगरी, लेखा समिति संयोजकमा दामोदर बस्याल तथा सदस्यमा ऋषिराम सिग्देल र डिलेश्वर आचार्य चयन भएको निर्वाचन समिति संयोजक श्यामनाथ कुँवरले जानकारी दिए । निर्वाचन समिति सदस्यमा संस्थाका कानुनी सल्लाहकार अधिवक्ता विष्णुप्रसाद लम्साल र प्रेस सल्लाहकार अधिवक्ता विजय नेपाल थिए ।

त्यसअघि, कार्यक्रम उद्घाटनको उद्घाटन प्रमुख अतिथि वरिष्ठ बालरोग विशेष डा. हुमप्रसाद न्यौपानेले गरेका थिए । संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले अध्यक्षको प्रतिवेदन एवं भावी कार्यक्रम प्रस्तुत गरे । कोषाध्यक्ष उमा सापकोटाले कोषाध्यक्षको तथा लेखा सुपरीवेक्षण समितिको वार्षिक प्रतिवेदन संयोजक सुनिलप्रसाद अर्यालले प्रस्तुत गरे ।

सो अवसरमा सहकारीका परिकल्पनाकार पूर्व अध्यक्ष कुलप्रसाद घिमिरे, अग्रज व्यक्तित्व जनपुकार मुनकमी, पाल्पाली समाज पोखराका अध्यक्ष श्रीधर पराजुलीलगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले केही सहकारी संकटमा गएको बेलामा पाल्पाली सहकारीलाई भने सधैँ सफल र समुन्नत बनाउन सहयोग गर्ने सम्पूर्ण शेयर सदस्य, सञ्चालक समिति, सल्लाहकार एवं शुभचिन्तकप्रति आभार व्यक्त गरे । जाँदाजाँदै उनले मायाको चिनो पनि प्रदान गरे । उनको अध्यक्षतामा भएको कार्यक्रममा
स्वागत उपाध्यक्ष बाबुराम खनाल र संचालन सचिव रेशम थापाले गरे ।

सो अवसरमा सहकारी पत्रकारिता पुरस्कार–२०८३ बाट पत्रकार विजय नेपाल सम्मानित भए। सहकारीमा उत्कृष्ट बचत कारोबार गर्ने शेयर सदस्य सरस्वती श्रेष्ठ र उत्कृष्ट आर्थिक कारोबार गर्ने लोकबहादुर राना,शेयर सदस्यका छोराछोरीमध्ये एसईई उत्तीर्ण विल्सन न्यौपाने (४ जिपिए),शिचु श्रेष्ठ,सात्विक विक्रम शाह, दीक्षित गौतम,मिलन घर्तीमगर सम्मानित भएको सहकारीका नवनिर्वाचित अध्यक्ष रेशमराज थापाले बताए। २०७६ सालमा स्थापित सहकारीमा हाल ५ सय ३४ शेयर सदस्य छन्।
(आदर्शसमाजबाट)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ