समाचार
|पहाडी जिल्ला डोल्पा विमानस्थलमा सीता एयरको जहाज दुर्घटना|पोखरा आएको फ्लाइ दुबईको जहाजको ककपिटमा नेपाली पाईलट सर्बजीत यादब|पोखरा विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडान आज सम्पन्न|पाल्पाली ताराप्रसाद पोखरेललाई विद्यावारिधि|इंगल्याण्डमा घरधनी र भाडाका घर दर्ता अनिवार्य गरिँदै: नियम उल्लंघन गरे ४० हजार पाउण्डसम्म जरिवाना|भारतमा जन्मिएका आर्को मुखर्जीले नेपालका बाढी पीडित समुदायको सहयोगार्थ गरे लाइभ कन्सर्ट|तमुधिं यूकेका अध्यक्ष गुरुड्गको नेतृत्वमा बाढीपीडितका लागि एक करोड ३१ लाख रकम लिएर नेपाल प्रस्थान|नेपालका लोकप्रिय उत्पादन बेलायतमा बिक्री वितरण गर्दै ‘योर काठमाडौँ’|भोटेकोशी बाढीपहिरोमा दिवंगतप्रति लण्डनमा श्रद्धाञ्जली|जनसम्पर्क समिति बेलायतको अधिवेशन गराउन शेर सुनारलाई जिम्मा

भोटेकोशी बाढीपहिरोमा दिवंगतप्रति लण्डनमा श्रद्धाञ्जली

  शीतलपाटीन्युज डटकम | ४ आश्विन २०८३, आईतवार १९:४८

शीतलपाटीन्युज डटकम।
लण्डन, १९ सेप्टेम्बर २०२६। भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोमा ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति श्रद्धाञ्जली र समवेदना व्यक्त गर्दै विश्व हिन्दू महासङ्घ युके च्याप्टरको आयोजनामा इलिङ,लण्डनमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विश्व हिन्दू महासङ्घका सहमहासचिव पण्डित उत्तम पौडेलजीले विष्णु सहस्रनाम मन्त्र पाठ गर्नुभएको थियो।


करिब २५ जनाको सहभागिता रहेको कार्यक्रममा विष्णु सहस्रनाम स्तोत्र पाठपछि दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो। सहभागीहरूले विपत्तिबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरे।

कार्यक्रममा विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रियका केन्द्रीय सदस्य महन्त श्रेष्ठले £२,००१ सहयोग हस्तान्तरण गर्नुभयो।

उपस्थित प्रमुख व्यक्तित्वहरूमा विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय उपाध्यक्ष खगेन्द्र पाठकज्यू, युके च्याप्टरका अध्यक्ष राजु मल्ल, अन्तर्राष्ट्रिय मिडिया प्रमुख दीपक करण शाही,भजन विभाग प्रमुख दीपक थापा,फिल्म निर्देशक सनम वैराग,हिमालयन सिद्ध बाबा एसोसिएसनका प्रमुख गोविन्दप्रसाद घिमिरे,यति एसोसिएसन तथा झापा समाजका अध्यक्ष टंक भट्टराई,झापा समाज अन्तर्राष्ट्रिय विभागका अध्यक्ष महेन्द्र चम्लागाईं,श्रीमति कंचन चमलागाई, क़ामश्ये चमलागाई,सह महासचिब पण्डित उत्तम पौडेल, क्यानडाबाट अतिथि कृष्ण होमागाईं,श्रीमति बिंन्दा हुमगाई,समुन्द्र भट्टज्यू,शंकर दाहालज्यू,व्यवसायी विवेक शर्मा,चिरञ्जीवी न्यौपाने ज्यू हुनुहुन्थ्यो।

महासङ्घले कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गरेको छ।भोटेकोशी बाढीपहिरोमा दिवंगत सम्पूर्ण आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ