समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

भोटेकोशी बाढीपहिरोमा दिवंगतप्रति लण्डनमा श्रद्धाञ्जली

  शीतलपाटीन्युज डटकम | ४ आश्विन २०८३, आईतवार १९:४८

शीतलपाटीन्युज डटकम।
लण्डन, १९ सेप्टेम्बर २०२६। भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोमा ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति श्रद्धाञ्जली र समवेदना व्यक्त गर्दै विश्व हिन्दू महासङ्घ युके च्याप्टरको आयोजनामा इलिङ,लण्डनमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विश्व हिन्दू महासङ्घका सहमहासचिव पण्डित उत्तम पौडेलजीले विष्णु सहस्रनाम मन्त्र पाठ गर्नुभएको थियो।


करिब २५ जनाको सहभागिता रहेको कार्यक्रममा विष्णु सहस्रनाम स्तोत्र पाठपछि दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो। सहभागीहरूले विपत्तिबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरे।

कार्यक्रममा विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रियका केन्द्रीय सदस्य महन्त श्रेष्ठले £२,००१ सहयोग हस्तान्तरण गर्नुभयो।

उपस्थित प्रमुख व्यक्तित्वहरूमा विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय उपाध्यक्ष खगेन्द्र पाठकज्यू, युके च्याप्टरका अध्यक्ष राजु मल्ल, अन्तर्राष्ट्रिय मिडिया प्रमुख दीपक करण शाही,भजन विभाग प्रमुख दीपक थापा,फिल्म निर्देशक सनम वैराग,हिमालयन सिद्ध बाबा एसोसिएसनका प्रमुख गोविन्दप्रसाद घिमिरे,यति एसोसिएसन तथा झापा समाजका अध्यक्ष टंक भट्टराई,झापा समाज अन्तर्राष्ट्रिय विभागका अध्यक्ष महेन्द्र चम्लागाईं,श्रीमति कंचन चमलागाई, क़ामश्ये चमलागाई,सह महासचिब पण्डित उत्तम पौडेल, क्यानडाबाट अतिथि कृष्ण होमागाईं,श्रीमति बिंन्दा हुमगाई,समुन्द्र भट्टज्यू,शंकर दाहालज्यू,व्यवसायी विवेक शर्मा,चिरञ्जीवी न्यौपाने ज्यू हुनुहुन्थ्यो।

महासङ्घले कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गरेको छ।भोटेकोशी बाढीपहिरोमा दिवंगत सम्पूर्ण आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ