समाचार
|पहाडी जिल्ला डोल्पा विमानस्थलमा सीता एयरको जहाज दुर्घटना|पोखरा आएको फ्लाइ दुबईको जहाजको ककपिटमा नेपाली पाईलट सर्बजीत यादब|पोखरा विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडान आज सम्पन्न|पाल्पाली ताराप्रसाद पोखरेललाई विद्यावारिधि|इंगल्याण्डमा घरधनी र भाडाका घर दर्ता अनिवार्य गरिँदै: नियम उल्लंघन गरे ४० हजार पाउण्डसम्म जरिवाना|भारतमा जन्मिएका आर्को मुखर्जीले नेपालका बाढी पीडित समुदायको सहयोगार्थ गरे लाइभ कन्सर्ट|तमुधिं यूकेका अध्यक्ष गुरुड्गको नेतृत्वमा बाढीपीडितका लागि एक करोड ३१ लाख रकम लिएर नेपाल प्रस्थान|नेपालका लोकप्रिय उत्पादन बेलायतमा बिक्री वितरण गर्दै ‘योर काठमाडौँ’|भोटेकोशी बाढीपहिरोमा दिवंगतप्रति लण्डनमा श्रद्धाञ्जली|जनसम्पर्क समिति बेलायतको अधिवेशन गराउन शेर सुनारलाई जिम्मा

तमुधिं यूकेका अध्यक्ष गुरुड्गको नेतृत्वमा बाढीपीडितका लागि एक करोड ३१ लाख रकम लिएर नेपाल प्रस्थान

  शीतलपाटीन्युज डटकम | ५ आश्विन २०८३, सोमबार ००:१६

शीतलपाटीन्युज डटकम।
लन्डन। तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुड्गको नेतृत्वमा भोटेकोशी बाढी पीडितका लागि करिब एक करोड,३१ लाख,११ हजार,एकसय ११ रुपैयांको राहत लिएर आज एक टोली नेपाल प्रस्थान गर्दैछ।

Screenshot

राहत वितरणका लागि ६ जनाको टिम १० दिनकालागि नेपाल प्रस्थान गर्न लागेको हो। तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङका अनुसार १० दिनका लागि आफू,वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल कोने गुरुङ,महासचिव डा.विशाल गुरुङ,सचिव विमल गुरुङ र आमा समूह अध्यक्ष कमलादेवी गुरुङको टीम नेपाल जाने भएको हो।

Screenshot

संकलित रकममध्ये एक करोड,एघार लाख,एघार हजार एकसय एघार रुपैयां प्रधानमन्त्री राहत कोषमा दिइने र करिब २० लाख रुपैयां बाढी प्रभावित क्षेत्रमै गएर राहत वितरणमा खर्च गरिने संस्थाका अध्यक्षले जनाउनु भएको छ।

नेपाल पुगेर अर्थमन्त्री डा.स्वर्णीम वाग्ले र गृहमन्त्री सुदन गुरुङलाई चेक हस्तान्तरण गर्ने कार्यक्रम रहेको महासचिव डा. विशाल गुरुङले बाढी पीडितका लागि सञ्चालित राहत अभियानबारे जानकारी दिन आइतबार तमु भवन मिचेटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो।

अध्यक्ष गुरुङले २६ अगष्टको विनाशकारी बाढी लगत्तै बेलायतमा भएको नेपाली मेला स्थगित नगरी च्यारिटीमा केन्द्रित गर्ने निर्णय गरेर गत महिना लन्डनमा आयोजित १७ औं नेपाली मेलालाई बाढी पीडितप्रति सहयोग गर्न ध्यान केन्द्रित गरेको थियो।

मेलामा भएको वचत,संस्थाको ट्रेल वाक च्यारिटी,संस्थाका पदाधिकारी तथा सदस्यहरु र बेलायतका अन्य विभिन्न संघसंस्थाबाट प्राप्त सहयोग संस्थामार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न लागिएको हो।

पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य दिंदै धन्यवाद दिएका थिए भने महासचिव डा.विशाल गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ