समाचार
|“बेलायती राजनीतिमा पहिलो पटक नेपाली मूलकी महिला तथा गोर्खा डेलिगेटद्वारा सम्बोधन: राजनीतिक क्षेत्रमा प्रणालीगत अवरोध र डायस्पोरा समुदायको बढ्दो प्रभावमाथि जोड।”|सोह्र अर्थात् महालय श्राद्ध एक विवेचना : आचार्यश्री माधवशरण|रांङभाङ्ग समाज यूकेद्वारा गायिका सबिना बुढा मगरको बिदाइ कार्यक्रम भब्य सम्पन्न|प्रहरीका ८ एआईजीको सरुवा, को कहाँ ? हेर्नुहोस सूची|लन्डनमा आयोजित श्रद्धाञ्जलि सभामा सैयौं सहभागी|अक्टोबर १० मा १९ औ रेडिङ कप फुटबल तथा भलिबल प्रतियोगिता हुदै|गोर्खा मिडियाले मनायो छैटौँ वार्षिकोत्सव भव्य|नेपालको हिमालदेखि न्यूयोर्कको महासभासम्म|पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ|सांसद विदुषी राणा बेलायतमा,नेपाललाई सघाउन अन्तरराष्ट्रिय समुदायलाई आह्वान

गोर्खा मिडियाले मनायो छैटौँ वार्षिकोत्सव भव्य

  शीतलपाटीन्युज डटकम | १२ आश्विन २०८३, सोमबार १२:५९

शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायतमा सक्रिय रुपमा सञ्चालित गोर्खामिडिया डटकम (gurkhamedia.com) को छैटौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको समाचार छ। डायस्पोराका‘सूचना र सामाजिक सेवालाई सँगसँगै’ अगाडी बढाउने मुख्य उद्देश्य राखेको मिडियाले आइतबार मिचेटस्थित तमु धीं यूकेको भवनमा विशेष समारोहबिच वार्षिकोत्सव मनाएको हो।

Screenshot

नेपाली दूतावास लण्डनका उपनियोग प्रमुख एवं बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी प्रमुख अतिथि तथा नेपाल पत्रकार सहासंघ यूकेका अध्यक्ष विमला सेने विशेष अतिथि रहेको सो कार्यक्रम गोरखा मिडीयाका प्रबन्ध निर्देशक मीलन तमुको अध्यक्षतामा भएको थियो भने कार्यक्रम सञ्चालन सह–सम्पादक प्रकाश गुरुङले गरेका थिए। कार्यवाहक राजदूत विपिन दुवाडी प्रमुख अतिथि,नेपाल पत्रकार सहासंघ यूकेका अध्यक्ष विमला सेने विशेष अतिथि,मुख्य सल्लाहकार एकेन्द्र गुरुड्ग र प्रबन्ध निर्देशक मीलन तमुले संयुक्त रूपमा पानसमा बत्ती बालेर कार्यक्रमको उदघाटन गरेका थिए। उदघाटनका अवसरमा यूके र नेपालको राष्ट्रिय गान बजाईएको थियो। साथै नेपालमा हालै भएको बाढीपीडित र पाकिस्तानमा हिमाल आरोहणका क्रममा निधन भएका निर्मल पुर्जा एमबीईको सम्झनामा मौनधारण गरिएको सो कार्यक्रममा गायिकाद्वय प्रिया गुरुङ र निता थापाले राष्ट्रिय भावले ओतपोत भएको गीत प्रस्तुत गरेका थिए।

Screenshot

वार्षिकोत्सवका अवसरमा गोर्खा मिडियाले विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा विश्वकीर्तिमानी डा.हरि बुढामगर,स्वास्थ्यकर्मी तथा समाजसेवी मञ्जु गुरुङ राई,एनआरएनए यूकेका पूर्वअध्यक्ष एवं समाजसेवी सूर्य गुरुङ,अभिनेत्री मिरुना मगर र गायिकाद्वय प्रिया गुरुङ र सुनिता थापामगर रहेका छन्।

उनीहरूलाई गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, प्रमुख अतिथि दुवाडी र सल्लाहकार एकेन्द्र गुरुङले दोसल्ला ओढाएर सम्मान गरेका थिए भने प्रमाणपत्र l,मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए। सम्मानित व्यक्तित्वहरूको छोटो भिडियो बायोग्राफीसमेत प्रस्तुत गरिएको थियो। सम्मानित हुनेहरूले पनि आफ्नो भनाइ राखेका थिए।

मुख्य सल्लाहकार एकेन्द्र गुरुङले स्वागत मन्तव्य राखेका थिए । त्यसपछि गोर्खा मिडियाको हालसम्मको यात्रा समेटिएको भिडियो पनि प्रस्तुत गरियो। प्रमुख अतिथि एवं कार्यवाहक राजदूत दुवाडीले गोर्खा मिडिया छैटौँ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए। गोर्खा मिडियाले यूकेमा रहेर सूचना र समाजसेवाको माध्यमबाट समाजमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे।

विशिष्ट अतिथि सेनेले पनि गोर्खा मिडियाले खेलेको भूमिकाको प्रशंसा गर्दै शुभकामना ब्यक्त गरेकी थिईन। गायिका प्रिया र निताले विभिन्न गीत प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । बीजीडब्लुएसका अध्यक्ष मेजर टिकेन्द्रदल देवान जेपी र एनआरएनए यूकेका पूर्वअध्यक्ष पुनम गुरुङले शुभकामना मन्तव्य राखेका थिए।

अन्त्यमा प्रबन्ध निर्देशक मिलन तमुले उपस्थित सबैलाई धन्यवाद दिए। पाठक,दर्शक,शुभेच्छुककै माया,विश्वास र सहयोगका कारण गोर्खा मिडिया यस अवस्थामा आइपुगेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गरे । तथ्यपूर्ण सूचना र समाजसेवाको कर्मलाई अझ परिष्कृत गर्दै निरन्तरता दिने भनाइसहित उनले कार्यक्रम समापन गरेका थिए।

यूकेसहित डायस्पोरामा रहेका नेपाली समुदायमाझ सत्य र निष्पक्ष पत्रकारिताको रिक्तता परिपूरण गराउने र समाजसेवालाई पनि सँगसँगै अघि बढाउने उद्देश्यले गोर्खा मिडिया सन् २०२० सेप्टेम्बर १४ मा स्थापना भएको बताएका थिए। रूपमा सम्पन्न भएको समाचार छ। डायस्पोराका‘सूचना र सामाजिक सेवालाई सँगसँगै’ अगाडी बढाउने मुख्य उद्देश्य राखेको मिडियाले आइतबार मिचेटस्थित तमु धीं यूकेको भवनमा विशेष समारोहबिच वार्षिकोत्सव मनाएको हो ।

नेपाली दूतावास लण्डनका उपनियोग प्रमुख एवं बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी प्रमुख अतिथि तथा नेपाल पत्रकार सहासंघ यूकेका अध्यक्ष विमला सेने विशेष अतिथि रहेको सो कार्यक्रम गोरखा मिडीयाका प्रबन्ध निर्देशक तमुको अध्यक्षतामा भएको थियो भने कार्यक्रम सञ्चालन सह–सम्पादक प्रकाश गुरुङले गरेका थिए। कार्यवाहक राजदूत विपिन दुवाडी प्रमुख अतिथि,नेपाल पत्रकार सहासंघ यूकेका अध्यक्ष विमला सेने विशेष अतिथि,मुख्य सल्लाहकार एकेन्द्र गुरुड्ग र प्रबन्ध निर्देशक मीलन तमुले संयुक्त रूपमा पानसमा बत्ती बालेर कार्यक्रमको उदघाटन गरेका थिए। उदघाटनका अवसरमा यूके र नेपालको राष्ट्रिय गान बजाईएको थियो। साथै नेपालमा हालै भएको बाढीपीडित र पाकिस्तानमा हिमाल आरोहणका क्रममा निधन भएका निर्मल पुर्जा एमबीईको सम्झनामा मौनधारण गरिएको सो कार्यक्रममा गायिकाद्वय प्रिया गुरुङ र निता थापाले राष्ट्रिय भावले ओतपोत भएको गीत प्रस्तुत गरेका थिए।

वार्षिकोत्सवका अवसरमा गोर्खा मिडियाले विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा विश्वकीर्तिमानी डा.हरि बुढामगर,स्वास्थ्यकर्मी तथा समाजसेवी मञ्जु गुरुङ राई,एनआरएनए यूकेका पूर्वअध्यक्ष एवं समाजसेवी सूर्य गुरुङ, अभिनेत्री मिरुना मगर र गायिकाद्वय प्रिया गुरुङ र सुनिता थापामगर रहेका छन् ।

उनीहरूलाई गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु,प्रमुख अतिथि दुवाडी र सल्लाहकार एकेन्द्र गुरुङले दोसल्ला ओढाएर सम्मान गरेका थिए भने प्रमाणपत्र,मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए। सम्मानित व्यक्तित्वहरूको छोटो भिडियो बायोग्राफीसमेत प्रस्तुत गरिएको थियो। सम्मानित हुनेहरूले पनि आफ्नो भनाइ राखेका थिए।

मुख्य सल्लाहकार एकेन्द्र गुरुङले स्वागत मन्तव्य राखेका थिए । त्यसपछि गोर्खा मिडियाको हालसम्मको यात्रा समेटिएको भिडियो पनि प्रस्तुत गरियो।

प्रमुख अतिथि एवं कार्यवाहक राजदूत दुवाडीले गोर्खा मिडिया छैटौँ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए। गोर्खा मिडियाले यूकेमा रहेर सूचना र समाजसेवाको माध्यमबाट समाजमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे।

विशिष्ट अतिथि सेनेले पनि गोर्खा मिडियाले खेलेको भूमिकाको प्रशंसा गर्दै शुभकामना ब्यक्त गरेकी थिईन। गायिका प्रिया र निताले विभिन्न गीत प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । बीजीडब्लुएसका अध्यक्ष मेजर टिकेन्द्रदल देवान जेपी र एनआरएनए यूकेका पूर्वअध्यक्ष पुनम गुरुङले शुभकामना मन्तव्य राखेका थिए।

अन्त्यमा प्रबन्ध निर्देशक मिलन तमुले उपस्थित सबैलाई धन्यवाद दिएका थिए।पाठक,दर्शक,शुभेच्छुककै माया,विश्वास र सहयोगका कारण गोर्खा मिडिया यस अवस्थामा आइपुगेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गरे। तथ्यपूर्ण सूचना र समाजसेवाको कर्मलाई अझ परिष्कृत गर्दै निरन्तरता दिने भनाइसहित उनले कार्यक्रम समापन गरेका थिए।

यूकेसहित डायस्पोरामा रहेका नेपाली समुदायमाझ सत्य र निष्पक्ष पत्रकारिताको रिक्तता परिपूरण गराउने र समाजसेवालाई पनि सँगसँगै अघि बढाउने उद्देश्यले गोर्खा मिडिया सन् २०२० सेप्टेम्बर १४ मा स्थापना भएको बताएका थिए।
श्रोत- गोरखा मिडीया।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ