समाचार
|बेलायतमा घरधनीहरूका लागि ‘रजिष्टर योर रेंटल प्रपर्टी’ नियम लागू हुँदै : कानुन पालना गर्न विज्ञहरूको आग्रह|बेलायतको कोभेन्ट्रीमा विश्व नेपाली साहित्य महासङ्घ,मिडल्यान्ड शाखा बेलायतद्वारा आयोजित ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयनती भब्य सम्पन्न|लन्डनस्थित नेपाली दूतावासमा गौतम बुद्धको प्रतिमा स्थापना|नागरिकताको फरक मागले प्रक्रिया जटिल बन्यो : मनिष झा|बेलायतमा ११७ औं महाकवि देवकोटा जयन्ती भव्य रूपमा मनाइयो|नेपाली वायु सेवाहरुमाथिको प्रतिबन्ध फुकुवा गर्न इयुसंग पहल भैरहेको छ: मंत्री पौडेल|लन्डनमा “नर्थहोल्ट १०K रन” भव्य रूपमा सम्पन्न|एनआरएन नागरिकता सम्बन्धी कानून तीन महिना भित्रै बन्ने : सांसद झा|नेपाली साहित्य विकास परिषद् युकेको १५औँ कार्यकारिणी समिति चयन|नेकपा एमालेको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन हुदै, अध्यक्षमा प्रभु थापा निश्चित

बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी

  शीतलपाटीन्युज डटकम | २५ आश्विन २०८३, आईतवार ०२:२३

GNNNEWS-
लन्डन। बेलायतको स्वास्थ्य तथा सोसल केयर क्षेत्रमा प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यसहित नेपाली उद्यमीहरूको नेतृत्वमा विकसित एआईमा आधारित प्लेटफर्म Qevora AI बजारमा ल्याउने तयारी गरिएको छ।

स्वास्थ्य सेवा प्रदायकहरूको प्रशासनिक काम सहज बनाउने, सञ्चालन खर्च घटाउने र स्वास्थ्यकर्मीलाई सेवाग्राहीको हेरचाहमा बढी समय उपलब्ध गराउने लक्ष्यसहित प्लेटफर्म विकास गरिएको कम्पनीले जनाएको छ।

५०० भन्दा बढी कर्मचारीलाई रोजगारी दिँदै आएको स्वास्थ्य तथा सोसल केयर सेवा समूहका अनुसार,AI विगत छ महिनादेखि परीक्षण भइरहेको छ। हाल केयर होमका ५०० भन्दा बढी कर्मचारीले यसको आन्तरिक प्रयोग गरिरहेका छन्।

भिजिटर व्यवस्थापन,मर्मतसम्भार,अडिट,किचन,कर्मचारी भर्ती तथा अनुपालन,ड्युटी रोस्टर,औषधि व्यवस्थापन (eMAR), केयर प्लानिङलगायत सम्पूर्ण केयरसम्बन्धी एपहरू अब एउटै एआइ प्रविधियुक्त प्लेटफर्ममा उपलब्ध हुने भएको छ।

एउटै प्लेटफर्म, एउटै लगइन, सबै सेवा आपसमा जोडिएको जनाउदै कम्पनीले तालिम पनि दिइने र सबै तालिम सीपीडीद्वारा अनुमोदित रहेका जनाएको छ।

कृत्रिम बौद्धिकताको प्रयोगबाट दोहोरो डेटा इन्ट्री घटाउने, रिपोर्टिङ सहज बनाउने र व्यवस्थापन प्रभावकारी बनाउने कम्पनीको अपेक्षा छ।

कम्पनीले प्रशासनिक काममा लाग्ने समय ७० प्रतिशतसम्म र विभिन्न सफ्टवेयरमा हुने खर्च ८० प्रतिशतसम्म घटाउने लक्ष्य प्रस्तुत गरेको छ।

बेलायतको स्वास्थ्य सेवा क्षेत्रमा प्राप्त अनुभवलाई प्रविधिसँग जोड्दै कम्पनीले भविष्यमा अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार गर्ने जनाएको छ।

Qevora AI ले सूचना प्रविधि, सफ्टवेयर विकास, मानव संसाधन, प्रशासन तथा नियामकीय अनुपालनलगायतका क्षेत्रमा बेलायतमा रोजगारीका अवसर सिर्जना गर्ने पनि जनाएको छ।

कम्पनीले प्लेटफर्म चाँडै सार्वजनिक गर्ने तयारी गरेको छ। थप जानकारीका लागि qevorauk.com⁠ वा LinkedIn मा Qevora AI को आधिकारिक पेज हेर्न सकिनेछ।

कम्पनीले आफ्नो नवीनतम प्रविधियुक्त प्लेटफर्मलाई तीव्र गतिमा विस्तार गर्दैछ। भविष्यमा उपलब्ध हुने रोजगारीका अवसरहरू तथा कम्पनीका नयाँ गतिविधि र अपडेटहरूबारे जानकारी प्राप्त गर्न आफ्नो आधिकारिक LinkedIn पेज फलो गर्न पनि कम्पनीले आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ