समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह

  शीतलपाटीन्युज डटकम | २५ आश्विन २०८३, आईतवार १८:२१

GNNNEWS
लन्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह गरेका छन्।

संघ स्थापना भएको २३ वर्ष पूरा भएको अवसरमा एक शुभकामना सन्देश दिंदै अध्यक्ष शर्माले ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा स्थापित यो अभियानले ९० भन्दा बढी देशहरूमा आफ्नो सञ्जाल विस्तार गरिसकेको जनाए ।

आफ्नो शुभकामना सन्देशमा अध्यक्ष शर्माले हालै बाढीबाट प्रभावित क्षेत्रहरूमा उद्धार र राहतसँगै अब दीर्घकालीन पुनर्निर्माणको चरणमा सरकारसँग हातेमालो गरी मातृभूमिको ऋण चुकाउन संघ तयार रहेको बताए । उनले ‘एक पटकको नेपाली,सधैँको नेपाली’ को भावनालाई व्यवहारमा उतार्न गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिए। हालै १० अर्ब रुपैयाँको ‘एनआरएनए डेभलपमेन्ट फन्ड’सञ्चालनमा आए पनि नागरिकताको विषय पूर्ण रूपमा सम्बोधन नहुँदा लगानीकर्तामा केही आत्मविश्वास कम भएको छ,उनले भने।

नेपालको विकासका लागि बौद्धिक लगानी र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्न चौथो विश्व ज्ञान सम्मेलन तथा ‘एनआरएन एकेडेमिक एण्ड प्रोफेसनल एकेडेमी’ स्थापनाको तयारी गरिएको तथा पहिलोपटक एनआरएन विश्व महिला सम्मेलन र दोस्रो पुस्ताका युवाहरूलाई जोड्ने गरी विभिन्न कार्यक्रमहरू पनि अघि सारिएको उनले बताए।

अध्यक्ष शर्माले विश्वभरका श्रमिकहरूको हकहित,सुरक्षित आप्रवासन र मतदानको अधिकारका लागि संघले अन्तर्राष्ट्रिय श्रम संगठन,आइओएम र रेडक्रसजस्ता संस्थाहरूसँग सहकार्य गर्दै आएको र संस्थालाई अझ आधुनिक,समावेशी र पारदर्शी बनाउन अनलाइन मतदान प्रणालीसहितको‘रिब्रान्डिंग’कार्यक्रम सुरु गरिएको पनि जनाए। उनले हालै बाढीपीडितहरूलाई सहयोग गर्ने विश्वभरका गैरआवासीय नेपालीहरूलाई धन्यवाद ज्ञापन गर्दै बडादशैँ,तिहार तथा छठ लगायतका चाडपर्वहरूका अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सुख,शान्ति र समृद्धिको शुभकामना पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ