Saturday May 04, 2024

आगामी २ वर्षमा एनआरएनए एनसीसीलाई आन्तरिक रूपमा बलियो बनाउँदै प्रभावकारी कार्यक्रमहरु ल्याएर संस्थाको गरिमालाई उचाईमा पुराउँछु :उपाध्यक्षका उम्मेदवार खरेल

२७ असार, २०८० शीतलपाटीन्युज डटकम। 2080


आगामी २ वर्षमा एनआरएनए एनसीसीलाई आन्तरिक रूपमा बलियो बनाउँदै प्रभावकारी कार्यक्रमहरु ल्याएर संस्थाको गरिमालाई उचाईमा पुराउँछु :उपाध्यक्षका उम्मेदवार खरेल

शुरेस कोईराला,

न्यूयोर्क। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसीं) अमेरिकाको  उपाध्यक्षका उम्मेदवार भानु खरेलले हामी नेपाली जहाँ रहेपनि नेपाली भएको बताउनु भएको छ। हामी जस्तो कारणले विदेशी भूमीलाई कर्मथलो बनाउन आइपुगे पनि सबैभन्दा पहिला नेपाली भएकाले एकवद्ध हुन खोजिएको उहाँले बताउनु भयो।‘यो विदेशी भूमीमा हामीले राम्रा र असल काम गरेर देखाउनु पर्छ,’उहाँले भन्नु भयो, नेपाल र नेपालीहरूकै पहिचानलाई चहकिलो बनाउन अहोरात्र खटिएर काम गर्नेछु।’ 

हाम्रो संस्कृति भनेको जहाँ रहेपनि सबैलाई समेटर मिलेर बस्ने, एकअर्काको दुःखी हुने र सुखमा रमाउने भएकाले यो  संस्थालाई अमेरिका भरिरहेका नेपालीहरूलाई समेटेर साझा चौतारी बनाउनतर्फ लाग्नु पर्ने उनको धारण हो। नेपालीमा अन्तरनिहित यहि विशेषताहरुले हामीलाई अरु भन्दा फरक देखाएको छ । त्यो नै हाम्रो पहिचान हो। नेपालीहरुको यहि पहिचानलाई पुस्तौ पुस्तासम्म जीवन्त राख्न तथा भावी सन्ततीलाई नेपाल र नेपाली प्रति सदैव उत्तरदायी बनाउनु हामी सबैको जिम्मेवारी भएको उपाध्यक्षका दावेदार खरेलले बताउनु भयो।  

नेपालीको परिचय भनेको भेषभूषा, भाषा, साहित्य, परम्परालगायतका विषयहरू हुन। सयभन्दा बढी भाषा र जाति अनि उनीहरू पिच्छेका पहिरनहरू हाम्रो अमूल्य निधि र सम्पति हो। त्यसको जगेर्ना गर्नु हाम्रो दायित्व हो। खरेलले अगााडि भन्नु भयो  ‘म पनि तपाईहरु जस्तै नयाँ अवसरको खोजिमा डुल्दै अमेरिका आएर काम गरी बसेको नेपाली अमेरिकन समाजको एक साधारण सदस्य हुँ। एनआरएनए एनसीसीं अमेरिकाको उपाध्यक्षका उम्मेदवार खरेलको जन्मभुमि नेपालको भरतपुर चितवन हो। उहाँसँग लगभग २६ बर्सको अमेरिकाको बसाईमा धेरै अनुभवहरूछन्। सन् १९९७ मा सालमा विद्यार्थीको रूपमा १७ बर्सको उमेरमा अमेरिका आएर उहाँले अमेरिकाको ग्रोर्जिया युनिभर्सिटीबाट कम्पुटर इन्फरमेसन सिस्टममा स्नातक र इलेक्ट्रिकल इन्जिनियरिङ टेक्नोलोजीमा स्नातकोत्तर उत्तीर्ण गर्नु भयो। उहाँलाई अमेरिकामा पहिलो पिढीको नेपाली विद्यार्थी भएर आउँदा गर्नु परेको संर्घषले धेरै कुरा सिकाएको छ। 

अध्ययन सकिएपछि खरेलले अमेरिकाको ठुला कर्पोरेट हाउसहरुमा विभिन्न पदमा विगत १६ वर्षयता काम गर्नुका साथै सामाजिक क्षेत्रमा पनि कामको लामो अनुभव रहेको बताउँनु हुन्छ।मैले अमेरिकाका विभिन्न ठुला कर्पोरेट हाउहरुमा आइटी प्रोजेक्ट म्यानेजर, एसआर सिस्टम एनालिस्ट, सोलुसन आर्किटेकदेखि मल्टी मिलिनियर डलरबजेटका प्रोटेक्टहरुको लिड समेत गरेको छु,उहाले भन्नु भयो। 

खरेलको सामाजिक क्षेत्रतर्फको अनुभवमा सन् २2017 देखि 2019 सम्म ग़ैर आवासीय नेपालीसँग अमेरिकाको टेक्सस चैप्टरको प्रेसिडेंट, सन् २०१९ देखि २०२१ सम्म नेपाली सोसाइटी टेक्सस को महासचिव,नेपाली स्कूल,नेपाली समर क्याम प्रोग्राम, हेल्थ क्याम,भुकम्प पीडितलाई राहतमा प्रयास,टेक्ससको नेपाली मन्दिरको संस्थापक सदस्य, बिओडी, लायन्स क्लब अमेरिकन रेडक्रस, नेपाल जर्नी लगाायतका संस्थामा विभिन्न पदहरूमा बसेर आफ्नो जिम्मेवारी निभाएका छन्।नेपालमा पनि केही गर्ने उदेश्य राखेर खरेलले त्यहाँ पनि केही रोजगारी मुलक प्रोजेक्टहरु संचालन गरिरहेका छन्। सो प्रोजेक्टको विकास र विस्तारका लागि अनुगमन गर्न उहाँ हरेक २र२ वर्षमा नेपाल जाने गर्नु हुन्छ। आफुले धेरै चुनौतीको सामना गर्दै गैर आवसीय नेपालीहरुको लागि विगतदेखि नै आवज उठाउनका साथै उनीहरुको हक हिकका लागि धेरै काम गरेको उहाँ बताउँनु हुन्छ।

‘मेरा श्रीमती ,दुई छोराहरुलाई समय दिनु पर्ने व्यक्तिगत बाध्यताका वावजुत पनि मैले अमेरिकामा रहेका गैर आवसीय नेपालीहरुको लागि धेरै काम गरिरहेको छु,धेरै संभावना र चुनौतीको सामना गर्दै हामी सबैको साझा संस्था,ग़ैर आवासीय नेपालीसँगको अहिलेको अवस्थालाई हेर्दा,यो संस्थालाई  मेरो खाँचो भएको महसूस गरेर,मैले पनि केही योगदान गर्नु पर्छ भनेर मैले  उपाध्यक्ष पदमा रहेर काम गर्ने निर्णय गरेको हूँ।’सो पदमा आफु निर्वाचित भए आगामी २ वर्षमा संस्थालाई आन्तरिक रूपमा बलियो बनाउने, संस्थाका 

कार्यक्रमहरूलाई प्रभावकारी बनाउने र संस्थाको गरिमालाई उचाईमा पुर्याउने प्रतिवद्धता खरलेले गर्नु भएको छ। ‘तपाई हामीले सोचे जस्तो संस्था बनाउन लागी पार्ने कुरामा विस्वस्थ गराउन चाहन्छु । तपाईहरूले दिनुभएको भोटलाई मैले उच्च सम्मान गर्नेछु, र म विजयी भए÷नभएपनि विजयी हुने टिमलाई बाहिरबसेर निरन्तर सहयोग गर्ने नै छु।’व्यापार व्यवसाय,घर परिवारबाट बचेको समयलाई सिंगो नेपाली परिवार र समुदायको हितमा खर्चिने प्रणका साथ यो अभियानमा जोडिएको उहाँको भनाई हो। 

‘हालसम्म आफुले पाएको जिम्मेवारी निष्ठा र इमानदारीतापूर्वक पुरा गरे। तपाईहरूको चाहनालाई पुरागर्ने मेरो सपना अधुरो नै रहेकाले फेरि पनि अझै केही गरौ भन्ने इच्छाशक्तिको साथ तपाईहरुको सहयोग चाहेको छु र फेरि एक पटक हात फैलाएको छु। मलाई तपाईहरु माथि पूर्ण भरोसा र विश्वास छ।’अमेरिका रहेका गैरआवसीय नेपालीहरुको माया र सद्भावले नै  पटक पटक अगाडि बढ्न प्रेरणा मिलेको उहाँको भनाइ छ। 

आफ्नो प्रतिपर्धा नेपाली समाजमा व्याप्त समस्याहरूको न्यूनीकरण गर्नु नै हो र आफ्नो स्पष्ट लक्ष्यलाई स्थापित गर्दै अमेरिकामा समुदायको सदस्यहरुलाई यहाँंको मूल प्रवाहमा प्रवेश गराउने उहाँको लक्ष्य रहेको छ।‘यहि दीर्घकालीन र दुरगामी महत्वका विषयहरुमा आफू र आफ्नो समाजलाई केन्द्रीत गराउने ध्येयका साथ आफ्नो मुद्दालाई अक्षरस पालना गर्दै अघि बढ्दै छु,’उहाँले भन्नु भयो। 

निर्वाचनको दौडानमा विभिन्न साना ठूला राज्यहरू र सहरहरूमा पुग्दा तपाईहरुले देखाउनु भएको सदभाव, सहयोग र समर्थनको तालिमले मलाई अरुबढी कटिबद्ध तुल्याएको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?