Friday May 17, 2024

च्यारिटी कन्सर्टमा प्रस्तुति दिन आएकी गायिका आनी छोइङलाई लन्डनमा भब्य स्वागत

२० बैशाख, २०८१ शीतलपाटीन्युज डटकम। 1172


च्यारिटी कन्सर्टमा प्रस्तुति दिन आएकी गायिका आनी छोइङलाई लन्डनमा भब्य स्वागत

शीतलपाटीन्युज डटकम।

लन्डन। ५ मईआइतबार बेलायतमा हुने एक च्यारिटी कन्सर्टका लागि प्रसिद्ध गायिका आनी छोइङ ड्रोल्मा बेलायत आई पुगेकी छन्। मानवसेवा आश्रमको भवन निर्माण परियोजना सहयोगार्थ क्याम्बर्लीस्थित लेकसाइड कन्ट्री क्लबमा तय गरीएको ‘इनर मेलोडी फर इनर पिस’ कार्यक्रममा प्रस्तुति दिन उनी लन्डन आइपुगेकी हुन्। गायिका आनीसंगै मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी पनि लन्डन आएका छन्।

च्यारिटी कन्सर्ट आयोजक मानवसेवा आश्रम बेलायत शाखाका पदाधिकारी र बेलायतस्थित नेपाली समुदायका अभियन्ताहरुले हिथ्रो विमानस्थलमा गायिका आनी र अध्यक्ष अधिकारीलाई स्वागत गरेका थिए।उनीहरुको स्वागतार्थ मानवसेवा आश्रम बेलायतका सहसंयोजक विक्रम भट्टराई,सचिव यादव श्रेष्ठ, कोषाध्यक्ष चन्द्र अर्याल,सल्लाहकारहरु शिवजी श्रेष्ठ र सुरेन्द्र नेपाल श्रेष्ठलगायत विमानस्थल पुगेका थिए। 

त्यस्तै,बिमानस्थलमा स्वागतका लागि पुग्नेहरुमा एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङ,बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठ,बुद्धिष्ट गुम्बा रेडिङका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर गुरुङ र महासचिव कमल कोने गुरुङसहित एक दर्जन बढी सामाजिक अभियन्ताहरु विमानस्थल पुगेर गायिका आनीलाई स्वागत गरेका थिए।

लन्डन उत्रिएपछि गायिका आनीले च्यारिटी उद्धेश्यले आयोजित कन्सर्टमा आएर मानवता दर्शाउन बेलायतवासी सम्पूर्ण नेपालीलाई अपील गरिन्।आफ्नो सांगीतिक प्रस्तुतिले बेलायतको तनावपूर्ण दैनिकीबाट एक दिनलाई भएपनि मुक्ति दिलाउने विश्वास उनले व्यक्त गरिन्। मानवसेवा आश्रमका संस्थापक एवम् केन्द्रीय अध्यक्ष रामजी अधिकारीले कन्सर्ट र मानवता प्रवर्द्धनसम्बन्धी विभिन्न रचनात्मक कार्यक्रमबाट संकलन गरिने रकम घरबार र परिवारविहीनहरूको आश्रयस्थल मानवसेवा आश्रमको सेवाप्रवाह सहजीकरणमा खर्चिने उनले जनाए ।  

सो स्बागतका अबसरमा अध्यक्ष अधिकारीले पशुपतिनाथ,स्वयम्भूनाथ,भैरवनाथ लगायत नाथैनाथको भूमिमा कोही अनाथ हुनु नपरोस् भन्ने आफूहरुको उद्देश्य रहेको पनि बताए ।

च्यारिटी कन्सर्टपछि गायिका आनी स्कटल्यान्ड, वेल्स लगायतका क्षेत्र पुगेर त्यहाँका नेपालीहरुसँग साक्षात्कार गर्ने कार्यक्रम छ। उनी मे १९ मा नेपाल फर्किने योजना छ।  

कार्यक्रम तयारीका लागि मानवसेवा आश्रमका सुमन वर्तौला र रुपा केसी केही साताअघि नै बेलायत आइसकेका थिए भने कन्सर्टमा लाइभ संगीत प्रस्तुत गर्ने चार संगीतकर्मी पनि मंगलबार आइपुगेका छन्।

नेपालको सडक पेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउन विवश बेसहारा, असहाय,अशक्त,अभिभावक विहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर मानवहरुको उद्धार,उपचार, पालनपोषण र संरक्षणका लागि सहयोग पुर्‍याउने मनसायले कन्सर्ट गर्न लागिएको हो ।  

अन्तर्राष्ट्रिय कन्सर्ट भइरहने १५ सय दर्शक क्षमताको क्याम्बर्लीस्थित लेकसाइड कन्ट्री क्लबमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएका छन्।सकेसम्म न्यूनतम खर्चमा कार्यक्रम गरि त्यसबाट एक लाख पाउण्डबढी वचत गर्ने आयोजकको लक्ष्य छ ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?