Friday March 21, 2025

१४ औं नेपाली मेला अगष्ट २७ मा भब्य हुदै

४ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 2005


१४ औं नेपाली मेला अगष्ट २७ मा भब्य हुदै

शीतलपाटीन्युज डठकम।

लन्डन। तमुधिं यूके र नेपाली रातदुताबास लण्डनको संयुक्त आयोजनामा हुन लागेको १४ औं नेपाली मेलाको तयारी पूरा भएको आयोजकले जनाएका छन्।

आइतबार मिचेटस्थित तमुधिं भवनमा तमुधि युकेका अध्यछ हरी गुरुङको अध्यछतामा आयोजित प्रेसमीटमा तमुधिं यूके उपाध्यक्ष तथा मेला संयोजक परशु गुरुङले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा यही २७ अगष्ट २०२३ आइतबार केम्पटन पार्क रेस कोर्समा हुने नेपाली मेला तयारी पूरा भएको बताउनु भयो। "हाम्रो संस्कृति,हाम्रो पहिचान,हाम्रो गौरव" राखीएको समेत बताउनु भयको थियो।

मेलाको मुख्य उद्देश्य बेलायतस्थित नेपाली संघसंस्था बीचको सम्बन्ध सुमधुर बनाउन, कला संस्कृतिको प्रदर्शन गर्दै नेपाल चिनाउन  र युवा पुस्तामा नेपाली भाषा,कला संस्कृति हस्तान्तरण गर्न २००९ बाट संचालनमा रहेको संयोजक गुरुङले जनाउनु भयको थियो।

राजदूत ज्ञानचन्द्र आचार्य मेलामा प्रमुख अतिथी रहने सो कार्यक्रममा बेलायतस्थित विभिन्न देशका कूटनीतिज्ञहरु,मेयरहरु, काउन्सिलरहरु,दुबै खुट्टा नभयका सगरमाथा चढ्ने विश्वकै एक पहिलो सफल आरोही हरि बुढामगर,सगरमाथा आरोही नायिका दिया पुन लगायत करिब १० हजार दर्शकको सहभागिता हुने अपेक्षा गरिएको छ।

मेलामा २९ वटा टीमले झांकी प्रदर्शन गर्ने र झांकीमा पहिलो हुने  समूहलाई ५ सय,दोश्रो हुने समुहलाई तीनसय र तृतीय हुने समुहलाई २०० पाउण्ड नगद पुरष्कार दिइने भयको छ। त्यस्तैगरी सान्त्वना पुरस्कार स्वरुप तीन समूहलाई २०० पाउण्डका दरले पुरस्कृत गरिने मेला संयोजकले प्रेषमीटमा बताउनु भयको छ।

झांकी र सांस्कृतिक नृत्यमा उत्कृष्ट हुने पहिलो टिमलाई ११०० पाउण्ड नगद सहित एम्बासडर कप तथा तीनसय पाउण्ड सहित एनआरएनए कप र ट्रफी,झांकी र सांस्कृतिक नृत्यमा दोश्रो हुनेलाई ७०० पाउण्ड एवं झांकी र सांस्कृतिक नृत्यमा तृतीय हुने टिमलाई ५०० पाउण्ड प्रदान गरिने भयको छ।

महासचिव डा. विशाल गुरुङले  सञ्चालन गरेचको सो प्रेषमीटमा हेल्थ एण्ड सेफ्टी ब्रीफ गरीएको थियो भने वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य दिनु भएका थियो। तमुधिं यूके अध्यक्ष हरि गुरुङले तमुधिं यूकेले आयोजना गरेपनि मेला सबैको साझा भएको बताउंदै मेलाबाट वचत रहेको रकम च्यारिटी मार्फत सहयोग पनि दिइने बताउंदै अध्यक्ष गुरुङले दोश्रो पुस्तालाई नेपाली कला संस्कृति हस्तान्तरण गर्न नेपाली मेलाको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै उहाले सहयोगी र सहभागीप्रति आभार समेत व्यक्त गरेका थिए।

मेला आयोजना गर्न ३७ हजार पाउण्ड लाग्ने अनुमान गरिएको सो मेलामा तमुधिं यूके उपाध्यक्ष कमल गुरुङले खाना, पोशाक, गरगहना,च्यारिटी आदि गरि ३ दर्जन बढी स्टल रहने जनाएका थिए।

मेला संयोजक परशु गुरुङ र मिडिया सेक्रेटरी एसके गुरुङले उपस्थित सञ्चारकर्मीहरुलाई परिचय सहित सम्मान गरेका थिए। कार्यक्रममा एफएनजे अध्रयक्ष ध्रुबराज अर्याल, पुर्व अध्यक्षहरु नविन पोखरेल, चीरन शर्मी,फोनिज अध्यक्ष गोमा राना तथा लण्डनस्थीत धेरै पत्रकारहरु, तमुधिं यूके संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्व अध्यक्षहरु सुवासिं गुरुङ,रामचन्द्र (सुर्जे)गुरुङ र ज्ञाम गुरुङका साथै संस्थाका सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, आमा समूहका पदाधिकारीहरुको उपस्थिति थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?