Friday May 10, 2024

एनआरएनए यूके अध्यक्षमा हितकाजी गुरुङ निर्वाचित

७ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1641


एनआरएनए यूके अध्यक्षमा हितकाजी गुरुङ निर्वाचित

शीतलपाटीन्युज डटबम।

लन्डन। गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्षमा हित काजी गुरुङ निर्वाचित भएका छन्। शनिबार मध्यरातमा सकिएको अनलाइन मतदानमा गुरुङ कुल १ हजार ४७९ मत ल्याइ सन् २०२३–२५ कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्। अध्यक्ष निर्वाचित गुरुङ तमुधिं यूके पूर्व अध्यक्ष हुन्।

उनका प्रतिस्पर्धी दिनेश घिमिरेले १२५४ र डा. नारायण कँडेलले ९०५ मत ल्याएको अनलाइन मतदान गर्ने कम्पनी ‘भेरो’ ले घोषणा गरेको हो। 

त्यस्तै स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा मनिष खत्री विजयी भए । दुई उपाध्यक्षमा रविन्द्र कँडेल र सुरेश परियार तथा महासचिवमा गोविन्द खरेल निर्वाचित भएका छन् । उपाध्यक्ष निर्वाचित रविन्द्र कँडेलले १४५६ र सुरेश परियारले १३१२ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षका अन्य प्रतिष्पर्धी ज्ञानेन्द्र आलेले ८७८, कर्मा पहाडी शेर्पाले ८७६ र अमन गौचनले ४२९ मत ल्याएर पराजित भएका छन् ।

स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा मनिष खत्रीले १६१५ मत ल्याएर विजयी भए भने उनीसंग पराजित राम बगालेले १५३० मत ल्याए। महासचिवमा गोविन्द शर्मा खरेलले १५८१ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी बालकृष्ण भुषालले १५३७ मत ल्याए।

Gandak GandakPaper work

त्यसैगरी, सह-कोषाध्यक्षमा हेमकुमार गुरुङ र युवा संयोजकमा सुजित शाही निर्वाचित भए। सह-कोषाध्यक्ष विजयी गुरुङले १८७५ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी सुमन शर्माले १४३८ मत ल्याए । युवा संयोजकमा सुजित शाहीले १५७२ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी वीरेन्द्र नेपालले १३५४ मत ल्याए।

आइसीसी सदस्यहरुमा चन्द्र गुरुङ, सुनिलबाबु खड्का, विष्णु चालिसे र दिलरस गुरुङ निर्वाचित भएका छन् । दिलरस गुरुङले १८६३, सुनिलबाबु खड्का १६९८, चन्द्र गुरुङ १६९० र विष्णु चालिसेले १६४३ मत ल्याएर विजयी भएका छन्। आइसीसी पराजित उम्मेदवारद्वय मोहन कार्की र डा. सुनिल साहले क्रमशः १३१२ र ९०५ मत ल्याए।

इंग्ल्याण्ड राज्य परिषद् अध्यक्षमा शम्भुप्रसाद अर्याल १५५५ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी सन्तोषकुमार सुवेदी ८५८ मत मात्र ल्याएर हार बेहोरे।

स्कटल्याण्ड राज्य परिषद अध्यक्षमा दिवाकर पाण्डेले २४५ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी उज्ववल कार्की ५ मतको झिनो अन्तर २४० मतसहित पराजित भए। एनआरएनए यूके निर्वाचनमा झन्डै ९० प्रतिशत मत खसेको थियो । नवनिर्वाचित कार्यसमितिको शपथ आइतबार हुने कार्यक्रम छ।

शनिबार बिहान ६ बजे शुरु भएर अघि मध्यरातमा सम्पन्न अनलाइन मतदानमा कुल ३ हजार ७ सय २८ मत (८९.१२ प्रतिशत) खसेको निर्वाचन अनुगमनकर्ता एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक दयानिधि सापकोटाले जानकारी दिए। कुल मतदाता ४ हजार १ सय ८३ थिए। सापकोटाका अनुसार खसेको मतमध्ये इंग्ल्याण्डमा ३ हजार ८५ (८७.७ प्रतिशत), स्कटल्याण्ड ४९२ (९८.६प्रतिशत), नर्दन आयरल्याण्ड र वेल्समा १५१ (९०.४ प्रतिशत) मत खसेको हो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?