Friday May 10, 2024

एनआरएनए यूकेको २० अगस्तमा सभा र कार्यसमितिको पहिलो बैठक बस्दै

१२ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1629


एनआरएनए यूकेको २० अगस्तमा सभा र कार्यसमितिको पहिलो बैठक बस्दै

शीतलपाटीन्युज डटकम।

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको हित काजी गुरुङ नेतृत्वको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक २० अगस्तमा बस्ने भएको छ। 

गतसाता निर्वाचित ११ औं कार्यसमितिका अध्यक्ष गुरुङको अध्यक्षतामा बिहीबार बसेको भर्चुअल बैठकले पहिलो बैठकको मिति तय गरेको हो। भर्चुअल बैठकमा भने कमिटीका पदाधिकारीहरु बीच परिचयात्मक कार्यक्रम चलेको थियो।यस्तै बैठकले आगामी २० अगस्ट आइतबार अल्डरसटको एम्पायर हलमा धन्यवाद सभा गर्ने निर्णय गरेको छ। उक्त अवसरमा एनआरएनए यूकेका पूर्वअध्यक्ष, सल्लाहकार,निवर्तमान समितिका पदाधिकारी, समुदायका अगुवा लगायतलाई निम्त्याएर नवनिर्वाचित कार्यसमितिको तर्फबाट धन्यवाद ज्ञापन गर्ने तथा उनीहरुबाट शुभकामना लिने कार्यक्रम छ।

उक्त बैठकमा निवर्तमान कार्यसमिति र नयाँ कार्यसमितिबीच बुझबुझारथको कार्यक्रम राखिने महासचिव गोविन्द शर्मा खरेलले जानकारी दिए। बैठकले कार्यसमितिका सबै पदाधिकारीलाई संस्थाका बैठक तथा कार्यक्रमहरुमा अनिवार्य उपस्थितिको लागि आव्हान गर्ने र उपस्थित हुन असमर्थ हुनेले महासचिवलाई जानकारी गराउनुपर्ने निर्णय पनि गरेको छ।  

भर्चुअल बैठकमा नवनिर्वाचित कार्यसमितिका अधिकांश पदाधिकारीसँगै आइसीसी सदस्य निर्वाचित ले. चन्द्र गुरुङ र दिलरस गुरुङ,इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष शम्भु अर्याल,नर्दन आयरल्यान्ड अध्यक्ष बलबहादुर थापालगायत सहभागी थिए।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?