Thursday May 09, 2024

वाशिंगटन डिसी स्थित नेपाली दुतावासमा नेपाल पर्यटन प्रवर्धन कार्यक्रम सम्पन्न

१७ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1730


वाशिंगटन डिसी स्थित नेपाली दुतावासमा नेपाल पर्यटन प्रवर्धन कार्यक्रम सम्पन्न

शीतलपाटीन्युज डटकम।

अमेरीका।अमेरिकाको राजधानी वाशिंगटन डिसी स्थित नेपाली दुतावासमा नेपाल पर्यटन प्रवर्धन कार्यक्रम सम्पन्न भएको छ।गत अगस्त १, २०२३ का दिन वाशिङटन, डीसीस्थित नेपाली दूतावास र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी (युएसएआइडि)ले संयुक्त रूपमा ‘दिस इज अमेरिका एन्ड द वर्ल्ड’ कार्यक्रमद्वारा उत्पादित नेपाल पर्यटन अभियान अङ्कियदृश्य (भिडियो)हरू प्रदर्शन गरी पर्यटन प्रवर्धन कार्यक्रमको आयोजना गरेको थियो।

अमेरिकाको प्रसिद्ध पिबिसी च्यानलको साथै स्टेलर इन्फ्लुइन्सर क्याम्पेन मार्फत जुन दुबै युएसएआइडि र नेपाल पर्यटन बोर्डद्वारा प्रायोजित थिए।उद्घाटन कार्यक्रममा बोल्दै राजदूत श्रीधर खत्रीले नेपालको सामाजिक आर्थिक विकास प्रयासमा निरन्तर सहयोग गरेकोमा युएसएआईडीलाई धन्यवाद दिए ।विशेष गरी, उनले नेपाल पर्यटन अभियानलाई प्रायोजन गरेकोमा नेपालका लागि युएसएआईडी मिसनलाई धन्यवाद दिए।


उनले पीबीएस अङ्कियदृश्य (भिडियो)का निर्माताडेनिस होली र ‘दिस इज अमेरिका एन्ड द वर्ल्ड’ कार्यक्रमका उनको टोली र स्टेलरकावाजुल साजाकस र यसमा संलग्न १० प्रभावकारीहरूलाई उनीहरूको कडा परिश्रम र उत्कृष्ट कलात्मक र प्राविधिकको लागि धन्यवाद पनि दिए।नेपाल सधैं मनमोहक प्रकृति,धनी र विविध संस्कृतिका लागि परिचित रहेको उल्लेख गर्दै राजदुत खत्रीले आज नेपाल एक जीवन्त लोकतन्त्र र ऊर्जा, पर्यटन,कृषिलगायतका क्षेत्रलगायत बाह्य विश्वसँग व्यापारका लागि खुला अर्थतन्त्र भएको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै युएसएआइडीकी उपसहायक निर्देशक अञ्जली कौरले नेपालमा कृषि, पर्यटन र सूचना प्रविधिजस्ता युएसएआईडीको विकास प्राथमिकतामा केन्द्रित भइन्।


उनले एनटीबी सँगको साझेदारीमा यस वर्षको जुनमा सुरु गरिएको पर्यटन अभियानको सफलतामा खुशी व्यक्त गरिन्। उनले नेपालस्थित दूतावास, एनटीबी र अन्य सरकारी निकायहरूसँग संयुक्त राज्य अमेरिकाभरका पीबीएस च्यानलहरूमा जुन महिनादेखि प्रसारण भइरहेका कार्यक्रमहरूको पाँच भागका अङ्किय दृश्य (भिडियो)हरू निर्माण गर्न पाएकोमा सन्तुष्टि व्यक्त गरिन्। उनले नेपालको विकासमा अमेरिकी सहयोग आगामी दिनमा पनि जारी रहने बताइन्।


होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेशन (एचएसआई) का उप कार्यकारी सहायक निर्देशक प्याट्रिक म्याकएल्वेनले हराएको नेपाली कलाकृतिहरू पुन: प्राप्तिमा आफ्नो अनुभव र प्रतिबद्धताको बारेमा चर्चा गरे। यस वर्षको मे ११ मा डिएसआईले बरामद गरी दूतावासलाई हस्तान्तरण गरेका ४० काठका कलाकृतिहरूमध्ये केहीलाई कार्यक्रममा प्रदर्शनमा राखिएको थियो।


पिबिएस च्यानलका कार्यक्रम प्रस्तोता ‘दिस इज अमेरिका एन्ड द वर्ल्ड’ का कार्यकारी निर्माता डेनिस होलीले अङ्कियदृश्य (भिडियो)हरूको संक्षिप्त अवलोकन देखाउँदै नेपालमा अङ्कियदृश्य (भिडियो)हरू खिच्ने आफ्नो अनुभव साझा गरेका थिए।यसैगरी पर्यटन विज्ञ जोन ई हेथरले नेपाली जनताको न्यानो आतिथ्यताको प्रशंसा गर्दै दिगो इको टुरिजम( वातावरण पर्यटन )को बारेमा बोलेका थिए। स्टेलरका मार्केटिङ प्रबन्धक वाजुल स्जाकाक्सले सामाजिक सञ्जाललगायत अङ्किय मंच (डिजिटल प्लेटफर्म)हरू मार्फत पर्यटन बिज्ञापन (मार्केटिङ)को महत्त्वमा जोड दिए।

कार्यक्रममा अन्य विशिष्ट अतिथिहरुमा विदेश मन्त्रालय लगायत अमेरिकी सरकारका विभिन्न निकायका अधिकारीहरु, नेपालका लागि पूर्व अमेरिकी राजदूतहरु, ट्राभल एण्ड एडभेन्चर टुर विज्ञहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो।

(इनेप्लिज)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?