Friday May 03, 2024

१६औ रेडिङ कप फुटवल  सफलता पुर्बक भब्य रुपमा सम्पन्न 

१८ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1359



शीतलपाटीन्युज डटकम।

रेडिंग, लण्डन। नेपाली समाजले गत सन् २००६ साल देखि आयोजना गर्दै आएको रेडिंग कप फुटबल यस बर्ष सोहौं रेडिंग कपको रुपमा २ सेप्टेम्बरमा पाल्मर पार्क रेडिंगमा भब्य रुपमा संपन्न भएको छ। सन् २००६ मा तत्कालिन समाजका अध्यक्ष महेश गुरुंगको नेतृत्वमा बर्तमान ऊपाध्यक्ष प्रेम गुरुंगको परिकल्पना तथा तत्कालिन निबर्तमान अध्यक्ष द्वय अर्जुन बस्नेत र सिबी गुरुंग लगायत तत्कालीन कार्यसमिती र सल्लाहकारज्युहरुको सक्रिय अगुवाईमा शुरु गरिएको यो  टुर्नामेन्ट आजसम्म निरन्तर रेडिंग नेपाली समाजको एऊटा गौरबमय महत्वपुर्ण कार्यक्रमको रुपमा मनाऊंदै आईएको छ। 

यसै गरी पुर्ब अध्षक्षहरु कृतीबिलास पन्त,मान गुरुंग, कृष्ण न्यौपाने र टेक गुरुंगको कार्यकालमा पनि  सम्पुर्ण बेलायतबासी र बिशेष गरी रेडिंगबासीहरुको सहयोगबाट यो एऊटा नेपाली मेला,फूटबल खेलाडिहरुलाई प्रोत्साहन, ।व्यापार व्यवसायको प्रवर्धन,नेपाल र नेपालीलाई माया गर्नुहुनेहरुको भेला, नेपाली खाना तथा नेपाली सांस्कृतिक भेष-भूषा र नाच गानको प्रदर्शनको रुपमा हरेक साल सफलतापुर्बक सम्पन्न हुंदै आएको छ। यस वर्षको  १६औ रेडिङ कप फुटवल टुर्नामेन्ट २०२३ को ऊद्घाटन यहि सेप्टेम्बर २ को बिहान ९:३० बजे समाजका अध्यक्ष भिमसेन खड्काको साथमा पुर्ब अध्यक्षहरु अर्जुन बस्नेत,महेश गुरुंग,कृष्ण न्यौपाने र टेकगुरुंग सहित सल्लाहकार बिश्व आदर्श पण्डित र ढक गुरुंगको ऊपस्थितीमा लोकल काऊन्सीलर Rob White को बाहुलीबाट रेफ्रिलाई फुटबल पास गरेर गरिएको थियो। रेडिंग कप फुटबललाई भब्य र सभ्य रुपमा संपन्न गर्न ब्यापक तैयारी भैरहेको थियो। यस बर्षका बिशेष आकर्षणहरुमा पन्चेबाजा,बिबिक्यु लगायत बिभिन्न नेपाली खानाका परिकारहरु,नाच-गान भाग्योदय चिठ्ठा लगायत निशुल्क श्वास्थ्य जांच पनी रहेका थिए। 

यस बर्षको सोह्रौ रेडिंग कप फुटबलका संयोजक समाजका ऊपाध्यक्ष समेत रहेका  प्रेम गुरुंग २००६ सालमा स्थापित रेडिंग कप फुटबलका एक जना परिकल्पना कार समेत हुनुहुन्छ,  ऊहांका अनुसार  पिचहरुको संख्या सिमित भएकाले यस पाली थुप्रै आंकाक्षी टिमहरु समाबेश गर्न नसकिए पनी जम्मा ३० वटा फुटबल टिमहरु समाबेश गर्न सकिएको थियो। 

यस बर्षको प्रमुख बिजेता टिमको लागी नगद पुरस्कार गत बर्षको भन्दा £४२३ बढाएर £ २०२३ पुर्याईएको थियो। यसै गरी भेटनर र सुपर भेटनर गरी बिजेता तथा ऊपबिजेता सबैलाई ट्रफी,प्रमाणपत्र र नगद पुरस्कारको पनी ब्यबस्था गरिएको थियो । नेपाली पन्चेबाजा,नेपाली परिकारका बिभिन्न खानेकुराहरु सेलरोटी मोमो लगायत नाचगान र खेलकुदको संयोजन यो एऊटा नेपाली मेलाको रुपमा मनाऊंदै आईएको छ। 

रेडिंग कप फुटबल समारोहमा प्रमुख अतिथी महामहिम राजदुत ज्ञानचन्द्र आचार्य हुनुहुन्थ्यो भने बिशेष अतिथीको रुपमा प्रमुख प्रायोजक WRAP LTD का डाईरेक्टर मुबिन अहमदको साथमा एनआरएनए युकेअध्यक्ष हितकाजी गुरुंग, एनआरएनए आईसीसी दिलराज गुरुंग,एनआरएनए अभियन्ता बिश्व आदर्श पण्डित,तमुधी संस्थापक मिन बहादुर गुरुंग ,तमुधी ऊपाध्यक्ष तथा कास्की एन्फाका तर्फबाट युके एम्वासेडर कमल गुरुंग ,रेडिंग बुद्दिस्ट गुम्बाका अध्यक्ष खिम बहादुर गुरुंग ,सहारा युके संस्थापक नबीन गुरुंग , पुर्ब अध्यक्षहरु कुमार गुरुंग र मिन गुरुंग, अध्यक्ष कुसांग गुरुंग  ऊपाध्षक्ष कृष्ण गुरुंग,सहारा युके सचिब तथा बरिष्ट पत्रकार बाचस्पती रेग्मी लगायत सदस्यहरु सरद गुरुंग,हुप थाप ,सपन राई र फोटो पत्रकार सुदर्शन रन्जीतको पनि ऊपस्थिती रहेको थियो ! यसैगरी बिशेष अतिथिको रुपमा रेडिंग स्थित बिभिन्न संघ संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको पनी ऊपस्थिती रहेको थियो । रेडिंग तमु समाजका अध्यक्ष्य रुद्रराज गुरुंग, मगर समाजका अध्यक्ष सोब रेगामी , पासा पुचह गुथी युके रेडिंगका अध्यक्ष दिब्य महर्जन तामांग घेदुंग संघका अध्यक्ष राजन योन्जन तथा थाऊजण्ड बुद्द गुम्बाका अध्यक्ष मेजर समुन्द्र गुरुंग र साहित्य संगम युकेका संल्थापक बिनोद अधिकारीको पनी ऊपस्थिती रहेको थियो। यसैगरी संस्थाका सबै सल्लाहकार, स्वयमसेबक सुभ चिन्तक पत्रकार खेलाडी दर्शक तथा सर्बसाधारणको बाक्लो ऊपस्थिती रहेको थियो । 

यस बर्ष १६ वटा टिमले भाग लिएको Youth Teams tournament Kent FC प्रथम भएको छ भने Kenny FC Runner up भएको छ। 

यसैगरी ८ वटा टिमले भाग लिएको Veterans तर्फ बिबिसी बिजेता भएको छ भने Dharan Fc Runner UP भएको छ। छ वटा टिमले भाग लिएको सुपर भेटनर टिममा भने Ilam FC बिजेता भएको छ भने Dharan FC Runner Up भएको छ । Youth तर्फ highest goal scorer को पुरस्कार Eban Gurung ले जिते भने Highest scorer मा Saughat Gurung ले बाजी मारेका छन् । तेस्तै Veterans तर्फ बेष्ट प्लेयरमा यदु आले चुनिएका छन्। ऊत्कृष्ठ म्यानेजरको पुरस्कार भने Kent FC का प्रकाश गुरुंगले प्राप्त गरे। सांझ ७ बजे समाप्त भएका सबै समुहका प्रतियोगिताका बिजेता तथा ऊप बिजेताहरुलाई प्रमुख अतिथी 

बेलायतका लागी नेपाली रादजुत महामहिम ज्ञान चन्द्र आचार्य,प्रमुख प्रायोजक WRAP Ltd का डाईरेक्टर मुबिन अहमद र समाजका अध्यक्ष भिमसेन खड्काले समाजका सबै ऊपस्थित पुर्ब अध्यक्षहरु , सल्लाहकार तथा अतिथी तथा अन्य प्रायोजकको साथमा संयुक्त रुपमा प्रमाणपत्र,ट्रफी र नगद पुरस्कार प्रदान गर्नुभएको थियो। सोह्रौ रेडिंग कप सफल पार्न रेडिंग नेपाली समाज बेलायत स्थित संपुर्ण समाजसेबी ब्यबसायीक ब्यक्तित्व खेल प्रेमी तथा आम सर्बसाधारणको ऊल्यख्य भुमिका रहेको थियो। सोहौं रेडिंग कप फुटबल टुर्नामेन्टलाई सफल बनाऊन कार्यसमीतीका सम्पुर्ण सदस्यहरुको साथै पुर्ब अध्यक्षहरु,पुर्ब पदाधिकारीहरु,सल्लाहकारहरु,स्वंयम् सेबकहरु तथा स्थानिय संघ संस्थाहरु लगायत ब्यबसायीहरुबाट ऊल्लेखनिय सहयोग प्राप्त भएको थियो। यसरी आआफ्नो ठाऊंबाट सहयोग गर्नुहुने सबैलाई समाज का अध्यक्ष भीमसेन खड्का तथा संयोजक प्रेम गुरुंगले संबन्धित सबैमा हार्दिक धन्यबाद क्षापन गर्नुभएको छ। 

समापन समारोहमा बोल्दै प्रमुख अतीथी बेलायतका लागी नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले खेलाडीहरुले फुटबल मार्फत खेलाडिहरुले आपसी भाईचारा बढाऊनुको साथै नेपाल र बेलायत बिचको संबन्धलाई थप सुद्रिढ बनाऊन पनी योगदान दिएकोमा आयोजक प्रायोजक खेलाडि तथा संबन्धित सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो । यसैगरी समाजका अध्यक्ष्य भिमसेन खड्काले पनी सोहौं रेडिंग कप सफलतापुर्बक रसभ्य र भब्य रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यबाद ज्ञापन गर्नुभएको थियो । समापन समारोहको संचालन समाजका महासचिब ओमकार अधिकारीले गर्नुभएको थियो।

(रेडिंग नेपाली समाजरा अन्य संपुर्ण गकिबिधी र जानकारी समाज को आधिकारिक वेबसाईट www.grnca.org मार्फत लिन सकिन्छ।)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?