Monday May 13, 2024

नेपाली राजदुताबास लण्डनमा मनाइयो राष्ट्रिय दिवस (National Day)

५ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1671


नेपाली राजदुताबास लण्डनमा मनाइयो राष्ट्रिय दिवस (National Day)

शीतलपाटीन्युज डटकम।

लन्डन। नेपालको संविधान दिवसको अवसरमा   बुधबार लन्डनस्थित नेपाली राजदूतावासमा एक विशेष समारोहको आयोजना गरेर  राष्ट्रिय दिवस मनाइयो।

बेलायत सरकारकी विदेश राज्यमन्त्री एनी म्यारी ट्रेभल्यान प्रमुख अतिथि रहेको समारोहमा बेलायती संसदका सदस्यहरु,उच्च सरकारी अधिकारीहरु, बेलायतस्थित विभिन्न मुलुकका राजदूत तथा उच्चायुक्तहरु र बेलायतस्थित नेपाली समुदायका अगुवा प्रतिनिधिहरु, पत्रकारहरुको सहभागिता थियो।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलायती विदेश राज्यमन्त्री एनी म्यारी ट्रेभल्यानले संविधान दिवसको शुभकामना दिदै नेपाल र बेलायत बीचको सुमधुर सम्बन्धको चर्चा गरेकी थिइन। उनले आगामी दिनमा दुई देशबीच व्यापार,लगानी र जलवायु परिवर्तन जस्ता विश्वव्यापी सरोकारका क्षेत्रमा थप सम्बन्ध बिस्तार हुने आशा पनि व्यक्त गरिन्। मन्त्री ट्रेभल्यानले दुई देशबीचको मैत्री सन्धि हस्ताक्षरको शताब्दी र बेलायती टोलीको नेतृत्वमा पहिलो सगरमाथा आरोहणको ७०औँ वार्षिकोत्सव नेपाल–बेलायत द्विपक्षीय सम्बन्धका महत्वपूर्ण कोसेढुंगा रहेको बताएकी थिईन।उनले बेलायत गोर्खाहरूले गरेको योगदानलाई पनि स्मरण गर्दै तारिफ गरेकि थिईन।

नेसनल डे कार्यक्रममा स्वागत मन्तव्य ब्यक्त गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले वर्तमान संविधानको महत्व, मुख्य विशेषता र नेपालको परराष्ट्र नीतिबारे प्रकाश पार्नु भयको थियो। नेपालले विभिन्न क्षेत्रमा गरेका प्रगतिबारे जानकारी गराउदै अर्थतन्त्रको पुनर्संरचना र जनताको जीवनस्तर उकास्ने लगायतका संविधानका प्रमुख उद्देश्यहरू हासिल गर्न नेपाल सरकारको प्रयासरत रहेको बताउनु भयो।

विश्वभर संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना, क्षेत्रीय सहयोग प्रवर्द्धन र विश्व शान्तिका लागि नेपालले पुर्‍याएको योगदानबारे बताउनु भयको थियो।

राजदूत आचार्यले ब्रिटिश गोर्खाहरूको नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्ध रहेको बताउदै अहिले राजनीतिक,आर्थिक,व्यवसायिक, लगानी,शैक्षिक देखि जनस्तरसम्म बिस्तार भएको र बेलायतमा नेपाली डायस्पोराको उपस्थिति पनि बढ्दै गएको उनले बताउनु भयो।  

नेपाली राजदुताबासको डिपुटी चिफ अफ मिसन रोसन खनालले उपस्थित सबैलाई कार्यक्रममा स्वागत गर्दै संचालन भयको सो कार्यक्रममा सन् १९२३ को नेपाल–बेलायत मैत्री सन्धिमा हस्ताक्षर भएको शतवार्षिकी रहेको स्मरण गर्नु भयो।

राजदूत आचार्यले आधुनिक कूटनीतिक सम्बन्धमा नयाँ युगको सुरुवात गर्न सन्धिको महत्वलाई जोड दिनु भयो।

सो अवसरमा राष्ट्रिय दिवसको शुभकामना आदानप्रदानका गर्नुका साथै सो नेसनल डे कार्यक्रममा बेलायतस्थित नेपाली कलाकारहरुले सांस्कृतिक नृत्यहरु प्रस्तुत गरीनुका साथै अतिथिहरुलाई नेपाली खाना खुवाइएको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?