Saturday April 27, 2024

लक्ष्मीप्रसाद सावित्रा प्रसाई विश्व नेपाली भानु शिखर सम्मान/पुरस्कार-२०८० द्वारा बरिष्ठ साहित्यकार रमेश पौडेल सम्मानित

१८ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 8318


लक्ष्मीप्रसाद सावित्रा प्रसाई विश्व नेपाली भानु शिखर सम्मान/पुरस्कार-२०८० द्वारा बरिष्ठ साहित्यकार रमेश पौडेल सम्मानित

शीतलपाटीन्युज डटकम।

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले ०८०-०४-१३गते शनिबार  आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्ती समारोह भानुको योगदानको चर्चा,श्रष्टा अभिनन्दन, सम्मान ,पुरस्कार समर्पण,पुस्तक  बिमोचन गर्नुको साथै प्रतियोगितात्मक कवि गोष्ठी गर्दै भब्यरुपमा  सम्पन्न गरेको छ। कामनपा वार्ड नं. २९ स्थित घट्टेकुलो विकास समाजको हलमा १५० भन्दा बढीको संख्यामा  साहित्यकार अनि साहित्य अनुरागीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम अपरान्ह १२.३० बजे देखि निरन्तर ५ घन्टा सम्म चलेको थियो। Rotary club of kathmandu र Rotaract Club of Kathandu को सहकार्य रहेको उक्त कार्यक्रमले समारोह बहु आयामिक अनि थप सुन्दर भएको थियो।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति  बिष्णुबिभु घिमिरे प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईले गर्नु भएको थियो। संस्थाले २१० औं भानु जयन्तीको अवसर पारेर निम्न सर्जक/ श्रष्टा/ समाजसेवीहरुलाई  विश्व नेपाली भानु शिखर अभिनन्दन  पत्र-२०८०  प्रदान गरेको छ। अभिनन्दित व्यक्तित्वहरु आफ्नो क्षेत्रमा अब्बल कर्मयोगी हुनुहुन्छ।

१)वरिष्ठ समाजसेवी एवम साहित्यकार मनमाया सिटौला

२)वरिष्ठ समाजसेवी एवम साहित्यकार स्नेह पोखरेल

३)वरिष्ठ समाजसेवी एवम स्वास्थ्यसेवी टंकबहादुर श्रेष्ठ

४)वरिष्ठ लेखक एवम समाजसेवी सुरेन्द्र ढकाल

यसै गरि निम्न श्रष्टा/सर्जक/ समाजसेवीहरुलाई संस्थाले विश्व नेपाली भानु शिखर सम्मान-२०८० प्रदान  गरेको छ। उहाँहरु विविध विधामा उम्दा पहिचान बनाईसकेका अविरल साधक हुनुहुन्छ।

१)बरिष्ठ समाजसेवी/शिक्षासेवी ई. ईश्वरकान्त सिटौला

२)वरिष्ठ  कवि/साहित्यकार बालिका गिरी

३)वरिष्ठ समाजसेवी/ धार्मिक अभियन्ता शिवराम राजवंशी

४)रोटरी क्लब अफ काठमाडौंका प्रेसिडेन्ट किशोर उप्रेती

५)रोटरी क्लब अफ काठमाडौंका पास्ट प्रेसिडेन्ट तिर्थराज दाहाल

६)वरिष्ठ पत्रकार/ मुक्तककार निशा केसी

७)वरिष्ठ शिक्षासेवी/कलाकार कृष्णकुमार बोहरा

त्यस्तै  वरिष्ठ  समाजसेवी स्वार्गीय लक्ष्मीप्रसाद प्रसाईका परिवारबाट आफ्ना  बुबा आमाको नाममा स्थापित लक्ष्मीप्रसाद सावित्रा विश्व नेपाली भानु शिखर सम्मान/ पुरस्कार-२०८० द्वारा वरिष्ठ कवि/गीतकार/कलाकार रमेश पौडेललाई प्रदान गरेको छ। यस पुरस्कारको राशी रु २५००० रहेको छ।

त्यस्तै स्वर्गीय लक्ष्मीप्रसाद प्रसाईंकै परिवारबाट स्वर्गीय भरतकुमार प्रसाई( लक्ष्मी प्रसाद प्रसाईको साहिंलो छोरा)को नाममा स्थापित भरतकुमार प्रसाईं भानु नव प्रतिभा पुरस्कार-२०८० बाट Rotaractor र  Interactor सम्मिलित प्रतिष्पर्धी कविहरु मध्ये निम्न ४ जनालाई पुरस्कृत गरेको छ,उक्त पुरस्कारको राशी जम्मा रु१५००० रहेको छ।विजयीहरुको नाम यस प्रकार छ।

१)Rtr  स्वस्तिका ज्ञवाली-प्रथम

२)Rtr अनुप रेग्मी- द्वितीय

३)Rtr सुशील हट्वाल- तृतिय

४)Rtr सन्तोष तुलाधर- सान्त्वना,

साथै अन्य सहभागी कविहरुलाई पनि प्रमाणपत्र प्रदान गरियो।

उक्त प्रतियोगितात्मक कवि गोष्ठीमा  विजयीहरुको छनौट विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान द्वारा गठित

डा.फणीन्द्रराज निरौला संयोजक,संस्थाकी वरिष्ठ उपाध्यक्ष एवम प्राज्ञ लक्ष्मी उप्रेती र डा. छायांदत्त न्यौपाने  सदस्य रहेको कमिटीले गरेको थियो।

साथै उक्त अवसरमा श्रष्टा राधिका दाहाल द्वारा लेखिएको बाल कविता संग्रह "आमाको काख"को प्रमुख अतिथि लगायत अन्य विशिष्ट व्यक्तिहरुबाट बिमोचित भयो।

समारोहका प्रमुख अति नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति बिष्णुबिभु घिमिरेले विश्व नेपाली साहित्य प्रज्ञा  प्रतिष्ठान अग्रजहरुलाई सम्मान अनि नव प्रतिभाहरुलाई प्रोत्साहान गर्न निरन्तर लागि परेको देख्दा आफुलाई गौरवको अनुभूति भएको कुरा बताउनु भयो। उहाँले वांगमयको उत्थान  गर्न सके मात्र राष्ट्र गतिशील,समृध्द भएर जाने कुरा अभिव्यक्त गर्नु भयो। विविध क्षेत्रका अनुकरणीय सर्जक/ श्रष्टाहरु लगायत लुकेका प्रतिभाहरुलाई उजागर गर्ने  कार्यहरुले  यससंस्थाको आयतन अझ बिस्तृत भएर गएको कुरा बताउंदै भाषा, साहित्यको उत्थानमा आफ्ना बल,बर्गत अनि सपर्पणभावले गरेका यी कार्यहरुले  समाज अनि राष्ट्र समुन्नत बनाउन ठूलो योगदान हुने कुरा बताउनु भयो।

कार्यक्रमका सभापति एवम संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईले उपस्थित सम्पूर्ण  वांगमयप्रेमी अनि साहित्य अनुरागीहरुलाई स्वागत गर्नु भयो। स्वागत मन्तव्य दिने क्रममा उहाँले सम्पूर्ण अभिनन्दित,सम्म्मानित अनि पुरस्कृत व्यक्तित्वहरुलाई शुभकामना अर्पण गर्नु भयो। साथै उहाँले बिमोचित पुस्तक आमाको काखको संक्षिप्त चर्चा गर्नु भयो। प्रसाइले  २१०औं भानु जयन्ती अवसर पारेर Rotary club of kathmandu र Rotaract club Kathmandu संगको सहकार्यले कार्यक्रम अझ बिस्तृत  र बहु आयामिक भएको  बताउनु भयो। त्यस्तै उहाँले  आदिकविको योगदानको चर्चा गर्दै  भाषिक एकीकरण गर्ने भानु नेपाली भाषा,साहित्यका मानस पिता भएको र उहाँले भक्तिधारा मार्फत नेपाली साहित्यलाई विशिष्ट उचाईमा पुर्याएको कुरा  व्यक्त गर्नु

भयो।आज भानुको  उम्दा योगदानको कारण नेपाली भाषा  यति बलशाली भएर गएको टिप्पणी गर्नु भयो।

कार्यक्रममा संस्थाकी वरिष्ठ उपाध्यक्ष एवम प्राज्ञ लक्ष्मी उप्रेतीले सम्पूर्ण अभिनन्दित, सम्मानित, पुरस्कृत  व्यक्तिको संक्षिप्त परिचय दिनु भएको थियो। साथै  उहाँले विविध क्षेत्रमा आफ्नो अब्बल परिचय दिइसकेका सर्जकहरुलाई यसरीनै संस्थाले सम्मान गरिरहेको जानकारी गराउंदै यसपाली प्रतियोगितात्मक कवि गोष्ठी गरेर नव प्रतिभाको उजागर गर्न खोजेको कुरा बताउनु भयो।उप्रेतीले  संस्था यसरीनै गतिशील भएर जाने कुरा व्यक्त गर्दै सबैको साथ,सहयोग अनि निर्मल मनको  सहयोग पाउन सके हामी अझै धेरै कामहरु गर्न सक्छौं  भनेर आफ्ना भनाईहरु राख्नु भयो।

अर्का वक्ता एवम विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका सल्लाहकार एवम Rotary club of kathmandu  २०२३/२४ का president किशोर उप्रेतीले  लक्ष्मीप्रसाद प्रसाईं,सावित्रा  प्रसाईं र भरतकुमार प्रसाईको संक्षिप्त परिचय प्रस्तुत गर्नु भयो, जसको नाम बाट संस्थाले विश्व नेपाली लक्ष्मीप्रसाद सावित्रा प्रसाईं भानु शिखर सम्मान एवम विश्व नेपाली भरतकुमार प्रसाईं भानु नव प्रतिभा सम्मान यो पाली देखि प्रदान गर्न सुरु गरेको छ।

विश्व नेपाली लक्ष्मीप्रसाद सावित्रा प्रसाईं भानु शिखर सम्मान-२०८० ग्रहण गरिसकेपछि श्रष्टा रमेश पौडेलले संस्थाले यसरी आफ्नो मूल्याकंन गरेकोमा  हृदयदेखी प्रसन्नता व्यक्त गर्दै आउँदा  दिनहरुमा आफ्नो रचनात्मक  जिम्मेवारी अझ बढेर जाने कुरा बताउनु भयो।

विशेष अतिथि पूर्व सभासद एव नेकपा माओवादी  जेष्ठ कम्युनिष्ट मन्चका अध्यक्ष नन्दकुमार प्रसाईले आदिकवि भानुभक्तको विशिष्ट योगदानले आज नेपाली भाषीहरु विश्वभरी चम्किरहेका छन् भन्नु भयो। उहाँले विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान र यसका सुन्दर कार्यहरुले आफू पुलकित भएको र सरकारले पनि यस्ता गैर नाफामुलक परोपकारी संस्थालाई सहयोग गर्नु पर्ने कुरा बताउनु भयो।

त्यस्तै Rotary club of kathmandu का past president सुरेश सत्यालले विश्व नेपाली साहित्य  प्रज्ञा प्रतिष्ठान  संग फेरि पनि Rotary club of kathmandu  र Rotaract club kathmandu ले  सहकार्य कायम गरेर नयाँ  साहित्यिक गतिविधि गर्दै जानू पर्ने कुरामा जोड दिनु भयो। त्यस्तै उहाँले भानु जयन्तीको अवसरमा  आज भएका सुकार्यहरु अत्यन्तै सुन्दर भएका कुरा अभिव्यक्त गर्नु भयो।

यस महत्वपूर्ण  समारोहमा पूर्व मन्त्री हरिप्रसाद न्यौपाने, पूर्व राष्ट्रिय  पन्चायतका सदस्य दिर्घराज प्रसाईं,पूर्व निर्वाचन आयुक्त एवम राजदुत  डा. रामभक्त ठाकुर,पूर्व राजदुत प्रल्हादकुमार प्रसाईं,बरिष्ठ कलाकार एवम रंगकर्मी मदनदास श्रेष्ठ ,प्राज्ञ डा. उषा ठाकुर,प्राज्ञ एवम बरिष्ठ साहित्यकार उन्नती बोहरा शीला, तेह्रथुम जिल्लाका पूर्व जिल्ला सभापति खगेन्द्राराज सिटौला,प्रतियोगितात्मक कवि गोष्ठीका छनौट कमिटिका संयोजक डा.फणीन्द्रराज निरौला,Rotary club of kathmangdu का पास्ट प्रेसिडेन्ट सुरेश सत्याल,Rotaract club Kathmandu उपाध्यक्ष गिता खड्का विशेष अथितिको रुपमा उपस्थिति हुनुहुन्थ्यो, कार्यक्रम सफल बनाउन उहाँहरुको सारगर्भित उपस्थिति अर्थपूर्ण रह्यो।

त्यस्तै अथितिको रुपमा नोबेल साकोस साहित्य संस्थाका संयोजक  वरिष्ठ  साहित्यकार राजनप्रसाद न्यौपाने,आरम्भ  साहित्यिक संस्थाका अध्यक्ष प्रेम ओलो ढकलपुरे, ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष टंक श्रेष्ठ,शैक्षिक व्यवशायी एवम अंग्रेजी साहित्यका विज्ञ  जीवन कडरिया,प्रसाईं कल्याणकारी कोष उपत्यका समन्वय समितिका अध्यक्ष नरेन्द्रकुमार प्रसाईं,राष्ट्रिय शक्ति नेपालका केन्द्रिय सदस्य ध्रुब तिवारी,सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष ध्रुबप्रसाद प्रसाईं,घट्टेकुलो विकास समाजका उपाध्यक्ष प्रवीण ओझा,सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका महासचिव देविदास भट्टराई ,सामुदायिक प्रहरी सेवा केन्द्रका इन्चार्ज रन्जयकाजी बेथाने,समीर मिडियाका व्यवस्थापक एवम युवा साहित्यकार प्रकाश शमीर,संगीतकार एवम गायक जीवन श्रेष्ठ, पत्रकार एवम समाजसेवी प्रवीन निरौला ,समाजसेवी अविकेशर ओली,समाजसेवी कृष्णमान श्रेष्ठ, साहित्यकार डी आर राई,पूर्व डीएसपी एवम लेखक श्रीप्रसाद प्रसाईं,साहित्यकार मुकुन्द प्रसाई को अथितिको रुपमा सारगर्भित उपस्थिति रहेको थियो।  कार्यक्रममा अथिति कविको रुपमा कवि खेम निरौलाले आफ्नो सुन्दर रचना वाचन गर्नु भएको थियो भने अभिनन्दित व्यक्तित्व मनमाया सिटौलाले  सुन्दर संगिनी गीत गाउनु भएको थियो।

कार्यक्रमलाई व्यवस्थित अनि सफल बनाउन संस्थाका उपाध्यक्ष तेजेन्द्रकुमार प्रसाईं, सचिव कोपिला शिवाकोटी,कोषाध्यक्ष रीता शिवाकोटी,सहकोषाध्यक्ष बिनोद्कुमार श्रेष्ठ,वरिष्ठ सदस्यहरु राधिका दाहाल,तिर्थराज दाहाल,कल्पना प्रसाईं पाठक निरन्तर सक्रिय  भएर लागिरहनु भयो। आजीवन सदस्यहरु सीता प्रसाई,सीता अर्चना पौडेल,नरहरि खरेल, भीष्म थपलिया,कमल प्रसाईं,पवन प्रसाईं लगायत युवा समाजसेवी एवम सामाजिक अभियन्ता बिजेन प्रधानांग, समाजसेवी नन्दकुमार पाठक,साहित्यकार गजेन्द्र मोक्तान,निता खड्का, दुर्गा मैनाली,बुद्धि आचार्य,राजेन्द्र डांगी, विश्वदीप सिटौला,एलिना सिटौला,गीता मैनाली प्रसाईं, साहित्यकार तारा सुवेदी,youth कमिटी chair Rtn प्रजुन खड्का,Rtn अनन्त मल्ल, Rtn खगेन्द्र अधिकारी,Rtn सन्देश त्रिपाठी,साहित्यकार रश्मि रिमाल,Mr.Rd को सहयोगी भूमिका सर्हानीय रहेको थियो। कार्यक्रममा संस्थाका केही आजीवन सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो भने  प्रमुख अतिथि,प्रतियोगितात्मक कविता गोष्ठीको निर्णायकहरु लगायत कार्यक्रम सफल पार्न उम्दा भूमिका खेल्नेहरुलाई  संस्थाबाट Token of love प्रदान गरियो। पहिलो चरण को कार्यक्रम संस्थाका महासचिव पुकार तिमल्सिना अनि दोश्रो चरणको कार्यक्रम Rtn सुशील हट्वालले सहज,सुन्दर अनि कलात्मक ढंगले चलाउनु भएको थियो। संस्थाका वरिष्ठ सदस्य एवम Rotary club का public image chair तिर्थराज दाहालले विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान संगको Rotary club को सहकार्यलाई निरन्तरता दिनु पर्ने भनाई राखेर कार्यक्रमको बीट मार्नु भयो ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?