Friday May 03, 2024

बेलायतका महेश अधिकारी एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक पदका उम्मेदवार

१५ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1330


बेलायतका महेश अधिकारी एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक पदका उम्मेदवार

शीतलपाटीन्युज डटकम।

लण्डन। बेलायतस्थित सामाजिक अभियन्ता महेश अधिकारी एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवार बन्ने समाचार प्राप्त भयको छ। गत आइतबार १ अक्टोवर २०२३ मा मिडल्यान्ड र सिंगो बेलायतका दर्जनौँ एनआरएनए अभियन्ता एवम् सामाजिक संघसंस्था तथा समुदायका प्रतिनिधिलाई जुम मार्फत उहाले आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गर्नु भयको हो।

सन् २०२१-२०२३ कार्यकालका लागि बेलायतबाट निर्वाचित आइसीसी सदस्य आफ्नो कार्यकाल पुरा गरेका अधिकारीले  एनआरएनए थप जिम्मेवारी लिएर काम गर्ने इच्छा लागेका कारण  युरोप उपसंयोजकमा उम्मेद्वारी दिन लागेको बताउनु भयको छ। ‘संस्था विवाद र विभाजनको मोडमा हुदा पनि आइसीसी सदस्यका रुपमा निर्वाचित भएर धेरै सिक्ने र अनुभव बटुल्ने मौकाको फाइदा लिदै आफ्ने अनुभव,ज्ञान र दृढ ईच्छाशक्तिलाई बिदेशमा बस्ने नेपालीको हितमा काम गर्ने सोच रहेको पनि जुम लाईभमा बताउनु भयको छ।

अधिकारीको उम्मेदवारीप्रति बेलायतस्थित दर्जनौँ एनआरएनए अभियन्ता, संघसंस्थाका प्रतिनिधि र समुदायका अगुवाले समर्थन जनाएका छन्। एनआरएनए अभियानका एक अनुभवी, सक्षम र योग्य पात्रका रुपमा उनी संस्था र अभियानको लागि उपयुक्त रहेको उनीहरुको धारणा थियो ।  

जुम कार्यक्रममा एनआरएनए केन्द्रीय उपमहासचिव रामशरण सिम्खडा,प्रवक्ता सोम सापकोटा, युरोप उपसंयोजक दयानिधि सापकोटा, आइसीसी सदस्य राजेन्द्र पुडासैनी, दिनेश घिमिरे,कोशलेश्वर ढकाल  र विष्णु चालिसे, प्रवासी नेपाली मञ्च यूके अध्यक्ष तुंगभद्र भुषाल, एनआरएनएनए यूके पूर्व अध्यक्ष पुनम गुरुङ,पूर्व महासचिव फडिन्द्र भट्टराई, एनआरएनए इंग्ल्यान्ड अध्यक्ष शम्भु अर्याल, एनआरएनए स्कटल्यान्ड अध्यक्ष दिवाकर पाण्डे,अग्रज पत्रकार भगिरथ योगी,संगीता मरहट्ठा,सरस्वती केसी,रोजिना प्रधान राई लगायतले अधिकारीको उम्मेद्वारीमा समर्थन जनाउँदै शुभकामना  व्यक्त गर्नु भयको छ।

साझा नेपाली समाज यूकेका अध्यक्ष दीपक सापकोटाले मिडल्यान्डका सबै नेपाली एवम् संघसंस्थाको प्रतिनिधित्व गर्दै अधिकारीले एनआरएनए युरोप उपसंयोजकमा उम्मेद्वारी दिएको जनाउँदै सिंगो मिडल्यान्डबाट भारी समर्थन रहेको जानकारी गराएका थिए । एनआरएनए आइसीसी मानार्थ परिषदका पूर्व सदस्य राणबहादुर खाती क्षेत्रीले सञ्चालन गरेको कार्यक्रममा युवा अभियन्ता पवन शर्माले स्वागत मन्तव्य दिएका थिए।काभ्रे समाज युकेका अध्यक्ष नारायण फुँयालले संयोजन गरेको सो कार्यक्रममा फुयालले विशेष भूमिका निर्वाह गरेका थिए।  

युरोप उपसंयोजक पदका उम्मेद्वारी घोषणा गरेका अधिकारी एनआरएनएनए अभियानमा पछिल्लो डेढ दशकदेखि सक्रिय छन्। उनले यसअघि आइसीसी सदस्यका साथै कयौं कार्यकाल एनआरएनए यूके सल्लाहकारको रुपमा पनि संस्थामा योगदान गरेका छन्।

मिडल्यान्डका सबै नेपाली संस्थाको सहभागिता रहेको साझा नेपाली समाज यूकेका पूर्व अध्यक्ष समेत रहेका अधिकारी विभिन्न संस्थामा ट्रस्टी र थुप्रै सामाजिक संस्थाहरुमा सल्लाहाकारका रुपमा संलग्न छन्।लमजुङ पुर्ख्यौली घर भएका अधिकारी सन् १९९९ देखि बेलायतको पिटरबरो सपरिवार बस्दै आएका उनले मिडल्यान्ड र लन्डनका रेष्टुरेन्ट व्यवसायी हुन।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?