Friday May 03, 2024

बेजिङ्गस्टोक नेप्लीज कम्यूनिटीले ८ डिसेम्बरमा अन्तराष्ट्रीय मर्यादित महिनावारी दिवस मनाउन राधा पौडेल फाउन्डेशनलाई सहयोग प्रदान

१७ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1545


बेजिङ्गस्टोक नेप्लीज कम्यूनिटीले ८ डिसेम्बरमा अन्तराष्ट्रीय मर्यादित महिनावारी दिवस मनाउन राधा पौडेल फाउन्डेशनलाई सहयोग प्रदान

सुधा गुरुड्ग।

बेजिङ्गस्टोक,यूके। बेजिङ्गस्टोक नेप्लीज कम्यूनिटी (बिएनसी) ले तीज रमझम २०२३ राफल ड्र बाट संकलित सम्पूर्ण रकम रु  १,१८,५००/- बिएनसी का पूर्व अध्यक्ष क्याप्टेन पंचबीर राईको हातबाट आज काठ्मान्डौमा राधा पौडेल फाउन्डेशन र ग्लोबल साउथ कोलिजन फर फिग्नीफाईड मेन्सट्रुएशन (जीएससीडीएम) का सस्थापक डा राधा पौडेललाई हस्तान्तरण गरेका छन।

सो रकम राधा पौडेल फाउन्डेशन र जी एस सी डी एमले ८ डिसेम्बर मा मनाउन लागेको ५औं अन्तराष्ट्रीय मर्यादित महिनावारी दिवसको कार्यक्रम स्पन्सर साथै सोही अवसरमा आयोजना गरीने मर्यादित महिनावारी निबन्ध प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने बिजयीहरुलाई पुरस्कार आदि प्रदान गरीने कुरा राधा पौडेल फाउन्डेशनका प्रोग्राम अफिसर सपना पौडेलले जानकारी दिईन।

साथै यो सहयोगको लागिं पौडेलले बिएनसी अध्यक्ष ओम गुरुङ्ग र बिएनसी कार्यसमिती,सबै स्वयमसेवकहरु,प्रायोजकहरु र  बेजिङ्गस्टोक तीज रमझममा सहभागी सम्पूर्ण आमाहरु दिदीबहिनीहरु र मर्यादित महिनावारी यूके च्याप्टका सदस्यहरुमा राधा पौडेल फाउन्डेशन र जीएससीडिएमको तर्फबाट  हार्दिक  आभार प्रकट गरीन। 

८ डिसेम्बर मा मनाउन लागिएको पाचौं अन्तराष्ट्रीय मर्यादित महिनावारीको यो पटकको नारा यौन दुर्ब्यबहार र बालबिबाह न्यूनिकरण गर्न मर्यादित महिनावारीको भुमिका रहेको छ। ग्लोबल साउथ कोलिशन फर डिग्नीफाईड मेन्सट्रुएशनसंग मिलेर बिश्व भरीका ६५ वटा राष्ट्रहरुले मर्यादित महिनावारी अभियानमा काम गरीरहेका छन! राधाका अनुसार "नेपालमा मात्रै नभएर महिनावारी विभेद धेरै थोरै बिश्वभरी नै ब्याप्त छ! फरक केवल नेपालमा देखिने खालका विभेद अनि बिदेशमा नदेखिने खालका विभेद छन। 

सो विभेद निर्मूल पार्न अभियंता राधा पौडेल निरन्तर लागीरहेकी छन। मर्यादित महिनावारी अभियानलाई बिश्वब्यापी बनाउने, सो बारे पुस्तक लेख्ने र मर्यादित महिनावारीमै  पि एच डी गर्ने राधा पहिलो ब्यक्ती हुन। उनको पहिलो कृती खलंगामा हमलाले २०१४ को मदन पुरस्कार प्राप्त गरेको थियो। सो का अलावा उनले मर्यादित महिनावारी सबैको जिम्मेवारी ( हाते पुस्तक),शान्तीका पाईलाहरु (कविता संग्रह), अपवित्र रगत,सर्जीकल मेनोपज (अनुवाद),रोल नंमंबर एक र मरियम मान्छे भई आदि पुस्तकहरु लेखेकी छन।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?