Thursday May 02, 2024

हिन्दुहरुको महान चाड विजयादशमीको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा

१७ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1398


हिन्दुहरुको महान चाड विजयादशमीको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा

हिन्दुहरुको महान चाड विजयादशमीको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा

शीतलपाटीन्युज डटकम 

काठमाडौँ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको जनाएको छ ।

यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ। जसलाई नवरात्रारम्भ भनिन्छ। त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनु भयको समाचार छ।


घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत हुने पनि उहाले बताउनु भयको छ। कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ। देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको उत्तम साइत दिइएको समितिले जनाएको छ।

यस बर्षके साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादसैँ सुरु हुँदैछ।कात्तिक पहिलो साता बडादसैँको मुख्य दिन अर्थात् विजयादशमी परेको छ। कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त हुनेछ।

निर्णय-

काठमाडौँ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको दसै साइतको निर्णय:

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?