Thursday May 02, 2024

मेरो चुनाबी प्रतिबद्धता कार्यान्वयन गर्ने विस्तृत योजना प्रस्तुत गर्दैछु : हेमराज शर्मा उपाध्यक्ष उमेदवार

२० आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1320


मेरो चुनाबी प्रतिबद्धता कार्यान्वयन गर्ने विस्तृत योजना प्रस्तुत गर्दैछु : हेमराज शर्मा उपाध्यक्ष उमेदवार

मेरो चुनाबी प्रतिबद्धता कार्यान्वयन गर्ने विस्तृत योजना प्रस्तुत गर्दैछु: हेमराज शर्मा उपाध्यक्ष उमेदवार फेबुकवालबाट-

प्रतिबद्धता १/७ : सबैको एनआरएनए (NRNA for all):-

महिला,युवा,वैदेशिक रोजगारमा गएका नेपाली, प्राज्ञिक वर्ग र दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरु सहित आम गैरआवासीय नेपालीहरुले अपनत्व महसुस गर्ने संस्थाको रुपान्तरण गर्न निम्न योजना र कार्यक्रमहरु प्रस्तावत गर्छु। 

१.१) संस्था विभागीय संरचनामा संचालन गरिनेछ । युवा,महिला,वैदेशिक रोजगार,लगानी, मानवकल्याण,प्राज्ञिक,नेपाल प्रवर्धन र विभाग विभाग विभागको गठन गर्ने र विभागको नेतृत्व उपाध्यक्षहरूले गर्नेछन्। सम्वन्धित क्षेत्रमा दक्षता हाँसिल गरेको व्यक्ति नेतृत्वमा चुनिने सुनिश्चित हुने गरी विधानमा परिवर्तन गरिनेछ। 

१.२) दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई संघ र नेपालसँगको सामीपत्यता कायम गर्न हरेक राष्ट्रिय समन्वय परिषद एनसिसिमा एउटा छुट्टै निकायको व्यवस्था गरिनेछ। नेपालका विश्वविद्यालय, शैक्षिक तथा व्यवसायिक संस्थाहरुमा इन्टर्नसिप (internship) गर्न सक्ने व्यवस्था मिलाइनेछ। दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई नेपालको राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिने व्यवस्था गरिनेछ । 

१.३) वैदेशिक रोजगारीका समस्या र सम्भावनाका बारे एक श्वेतपत्र तयार गरि यस क्षेत्रमा कार्यरत आइएलओ र आइएमओ जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुसँग सहकार्य गरिनेछ। प्रस्तावित ‘वैदेशिक रोजगार कोष’का लागि पञ्जीकृत सदस्य शुल्कबाट १ डलर  छुट्टाउन विधानमा व्यवस्था गरिनेछ । सामाजिक सुरक्षाकोषमा सहभागिता बढाउन सचिवालयका छुट्टै कर्मचारीको व्यवस्था गरिनेछ।  

१.४) प्रस्तावित रु १० अर्बको संयुक्त लगानी कोषमा Initial Public Offering (IPO)  मार्फत थोरै आम्दानी हुने र वैदेशिक रोजगारमा रहेका नेपालीहरुले पनि लगानी गर्न सक्ने वातावरण तयार गरिनेछ। 

१.५) पेशागत र विज्ञहरुलाई संघमा समेट्न भौगोलिक सिमा बिनाको ‘Professional Academic Council (PCC)’ को गठन गर्न विधानमा व्यवस्था गरिनेछ।

१.६) ‘हात हातमा एनआरएनए’ अभियान अन्तर्गत स्मार्ट एनआरएनए एप्स मार्फत सम्पूर्ण गैरआवासीयहरुलाई जोड्ने। 

१.७) संघले अहिले सञ्चालन गरेको Membership Benefit कार्यक्रम स्मार्ट एनआरएनए एप्स मार्फत संचालन गरिने व्यापक बनाइनेछ।यसले गर्दा चुनावबाट प्रेरित भएर मात्र सदस्य बन्ने प्रचलन कम हुनेछ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?