Tuesday May 07, 2024

नेपालमा एकै दिन सात पटक भूकम्पको धक्का

५ कार्तिक, २०८० शीतलपाटीन्युज डटकम। 1251


नेपालमा एकै दिन सात पटक भूकम्पको धक्का

शीतलपाटीन्युज डटकम।

नेपाल। काठमाडौं तथा आसपासको क्षेत्रमा एकै दिन सात पटक भूकम्पको धक्का महसूस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङ केन्द्रबिन्दु भएर आइतबार बिहान र साँझ गरी सात पटक भूकम्प गएको छ। बिहानै ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो भने साँझ ५.१ म्याग्नेच्युडको भूकम्प गएको छ।

केन्द्रका अनुसार, आइतबार बिहान ७:३९ बजे धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यसले २० घरमा क्षति पुगेको थियो भने केही चर्किएका थिए।

त्यसपछि बिहानै लगातार तीन पटक भूकम्पको धक्का महसूस भएको थियो। आइतबार बिहान ८:०८ बजे ४.२ म्याग्न‍िच्यूडको भूकम्प गएको थियो। त्यसको केही बेरपछि बिहान ८:२८ बजे ४.३ म्याग्निच्यूड र ८:५९ बजे ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो।

आइतबार अपराह्न ४ः०३ बजे फेरि भूकम्प गएको केन्द्रले जनाएको छ। यो ४.४ म्याग्नेच्युडको थियो।

त्यसपछि साँझ ५:३१ बजे धादिङ नै केन्द्रबिन्दु भएर पाँच म्याग्नेच्युडको भूकम्प गएको छ। त्यसको दुई मिनेटपछि ५:३३ बजे ५.१ म्याग्नेच्युडको भूकम्प मापन गरिएको केन्द्रले जनाएका छ।

बिहान गएको भूकम्पले घरमा क्षति गरेको थियो। साँझ गएको भूकम्पको असरबारे कतैबाट पनि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ।

(हिमाल खवर)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?