Thursday May 02, 2024

नेपालमा गएको भुकम्पमा साझा नेपाली समाज बेलायतको चासो

१८ कार्तिक, २०८० शीतलपाटीन्युज डटकम। 1254


नेपालमा गएको भुकम्पमा साझा नेपाली समाज बेलायतको चासो

शीतलपाटीन्युज डटकम।

लण्डन। मिति ०३/११/२०२४ मा नेपालको जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाई आएको ६.२ रेक्टरस्केलको भुकुम्पबाट हुन गएको मानविय र धनजनको छेतीमा बेलायत स्थित नेपालीहरुको सबै भन्दा ठुलो सामाजिक संस्था साझा नेपाली समाजले गहिरो दुख प्रकट गरेकोछ। भुकम्पबाट अहिले सम्म १६० भन्दा बढीको ज्यान गैसकेको छ भने अरबौका भौतिक संरचनाहरु ध्वस्त भएका छन।

साझा नेपाली समाजका महासचिव शशांक शर्मा अहिले नेपालमा हुनुहुन्छ। नेपालमा रहेका आफ्ना महासचिवलाई साझा नेपाली समाजका अध्यक्ष दिपक सापकोटाले घटनाको बिस्तृत बिबरण बुझी नेपालका जिम्मेवार नेताहरु र उच्च पदस्थ कर्मचारीहरुलाई तुरुन्त बिबरण दिनु भन्ने निर्देशन गरे अनुसार शर्माले आज प्रधानमन्त्री पुष्पकमल दाहाल,नेपाली कांग्रेसका सभापती शेरबहादुर देउबाराष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसंग प्रत्यक्ष फोन संबाद गर्नु भएको छ।

संबादमा महासचिव शर्माले सरकारको एकल प्रयासले मात्र पिडित सबैको आबस्यकता अनुसार उद्धारको लागी साधन र सोर्तले नभ्याउने र उद्धारमा सबै राजनितिक पार्टी र सामाजिक अभियन्ताहरुले सहयोग गर्नुपर्ने कुरामा जोडदिनुभयो।सरकारले चालेका मानबिय उद्धारको कार्यको सर्हाना गर्दे साझा नेपाली समाज बेलायतले पनी सक्दो सहयोग जुटाउने र अध्यक्ष दिपक सापकोटाले समाजका कोषाअध्यक्ष उपेन्द्र पौडेललाई राहत जुटाउन निर्देशन गरिसकेको जानकारी गराउनु भयो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?