Friday May 03, 2024

तमु समाज यूकेले आफ्नो १६ औं वार्षिक उत्सव भब्य मनायो

१६ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1455


तमु समाज यूकेले आफ्नो १६ औं वार्षिक उत्सव भब्य मनायो

शीतलपाटीन्युज डटकम।

लण्डन।तमु समाज युकेले आफ्नो संस्था स्थापना भएको १६ वर्ष पुगेको उपलक्षमा वर्षगाँठ यहि सेप्टेम्बर ३० शनिवारको दिन लन्डनको विम्बली स्थित बारहमपार्कमा रहेको आफ्नै समाज घरमा धुमधामसँग मनाएको छ। तमु समाज युकेले विभिन्न परिस्थितिहरूलाई मध्यनजर गर्दै यसपटक बाहिरी अरू संघ संस्थाहरूको अतिथीहरुलाई निमन्त्रणा गरेर बढी तामझाम नगरी पारिवारिक माहोलमा आफ्नै समाज घरमा मनाउने निर्णय गरी यसरी मनाएको हो। 

सेप्टेम्बर ३० शनिवारको दिन बेलुकाको समय ६ बजे देखि शुरू भएर राति ११ बजे समापन हुने गरी उत्सव मनाएको थियो। औपचारिक कार्यक्रम  शुभारम्भ हुनु पूर्व रारा क्याटरिङ द्वारा तयार पारिएको स्वादिष्ट खाजा भुजाको आनन्द लिएको थियो। त्यस पश्चात वाक्लो उपस्थितिलाई सम्बोधन गरेर महासचिव श्री धरमबल गुरुङले औपचारिक कार्यक्रम सञ्चालन गरेको थियो। औपचारिक कार्यक्रम सञ्चालनको क्रममा समाजको अध्यक्ष श्री शिव कुमार गुरुङको सभापतित्वमा वहाँको धर्मपत्नी श्रीमति मिना गुरुङ, समाजको आफ्नै सल्लाहकारहरु हाल लन्डन स्थित बार्नेट काउन्सिलको काउन्सिलर श्री कमल गुरुङ प्रमुख अतिथि, समाज कै आमा समुहको पूर्व अध्यक्ष समेत रहेकी वहाँको धर्मपत्नी श्रीमति माया गुरुङ, संस्थापक अध्यक्ष श्री चित्र बहादुर गुरुङ  वहाँको धर्मपत्नी श्रीमति जयन्ती गुरुङ, पूर्व अध्यक्षहरु श्री अर्जुन कुमार गुरुङ,वहाँको धर्मपत्नि श्रीमती बिष्णुमति गुरुङ,निवर्तमान अध्यक्ष श्री शिवचन्द्र गुरुङ,वहाँको धर्म पत्ति श्रीमती मिरा गुरुङ,उपाध्यक्षहरु श्रीमति बिन्दु घले, भिम बहादुर गुरुङ, आमा समुहको अध्यक्ष श्रीमती उमा देवी गुरुङ, उपाध्यक्ष श्रीमति मथुरा गुरुङ, सल्लाहकार अधिवक्ता राजु थापा, सल्लाहकार काशीराम बोहोरा, सल्लाहकार तथा आमा समुहका पुर्व अध्यक्ष श्रीमति माया गुरुङ , सल्लाहकार तथा तमु धी युकेका पुर्व अध्यक्ष सुव सिङ गुरुङ BEM, सल्लाहकार तथा गोर्खा जिल्ला गुरुङ समाज युकेका संस्थापक अध्यक्ष ले.रि.थम प्रसाद गुरुङ , सल्लाहकार तथा तनहु समाज युकेका संरक्षक लेख गुरुङ र अन्य सल्लाहकार हरुलाई विधिवत रूपमा आसन ग्रहण गराईयो। त्यसपछि उपाध्यक्ष भिम बहादुर गुरुङ, प्रमुख अतिथि काउन्सिलर कमल गुरुङ र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गरेका थिए।  

त्यस पश्चात नेपाल र संयुक्त अधिराज्य बेलायतको राष्ट्रिय धुन घन्काउँदै उपाध्यक्ष श्रीमति बिन्दु घलेले समाजको ऐतिहासिक पृष्ठभूमि देखि हाल सम्म गरेका उपलब्धिहरुलाई समेट्दै स्वागत मन्तब्य राखे भने त्यसपछितमु समाज युकेका सल्लाहकार तथा गोर्खा जिल्ला गुरुङ समाज युकेका संस्थापक ले.रि थम प्रसाद गुरुङ,आमा समुहको उपाध्यक्ष श्रीमति मथुरा गुरुङ, पूर्व अध्यक्ष अर्जुन कुमार गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ आदिले क्रमस शुभकामना मन्तब्य राखेका थिए। 

तमु समाज युकेले आफ्नो समाजको सदस्यहरू जसले अन्य संस्थाहरुमा नेतृत्वकर्ताको गरीमाय पदभार सम्हालिरहेकोमा त्यसको प्रशंसा गर्दै सम्मान गरे। सम्मानित हुनेहरुमा घान्द्रुक समाज युकेको अध्यक्ष श्री नारायण सिंह गुरुङ,वा. के. ता. समाज लमजुङ युकेको अध्यक्ष सुब घले र हाल सालै निर्वाचित गैर आवासिय नेपाली संघ युकेको सदस्य तथा तमु समाज युकेका सल्लाहकार काशीराज बोहोराथिए। उनीहरुलाई तमु समाज युकेको उपाध्यक्ष भिम बहादुर गुरुङ, काउन्सिलर कमल गुरुङ र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले फेटा र खादा लगाएर सम्मान गरेका थिए।

सम्मानको क्रम मै यस वर्ष तमु धी युके द्वारा आयोजित नेपाली मेलामा तमु समाज यूकेले भाग लिँदा नृत्य र झाँकी विधामा अहोरात्र खटिएर लाग्नु भई समाजलाई योगदान दिने सदस्य र कलाकारहरु लाई उपाध्यक्ष,प्रमुख अतिथि र संस्थापक अध्यक्षले खादा लगाई सम्मान गरि कदर पत्र प्रदान गरिएको थियो।कदर पत्र  प्राप्त गर्ने सदस्य तथा कलाकारहरुमा सल्लाहकार ज्ञान बहादुर गुरुङ,सदस्यहरु सूर्य कुमारी गुरुङ,लिल कुमारी गुरुङ, कुबिन्धर गुरुङ,मन कुमारि गुरुङ,सुश्री बिजु गुरुङ,गोपाल गुरुङ,निवर्तमान साँस्कृतिक सचिव सरु गुरुङ राना,तमु कलाकार साँस्कृतिक मञ्च यूकेका निबर्तमान अध्यक्ष कुमार गुरुङ,तमु कलाकार साँस्कृतिक मञ्च यूकेका अध्यक्ष पदम बहादुर गुरुङ, कोसेलिनेपाली संस्कृतिक परिवार युकेको संस्थापक अध्यक्ष  अमृत गुरुङ,सुश्री जरिना गुरुङ,सुश्री सुमी गुरुङ,सुश्री दिया लिम्बु,सुश्री सुजिता गुरुङसुश्री सुबिना घले र सुश्री ओसिएन राना सुश्री ओसिस राना, साईमन थापा, सिध्दार्थ गुरुङ र गौरव गुरुङ थिए। 

उक्त अवशर मै झाँकीमा प्रदर्शन गरिने आकर्षक नेपालि घर तयार पार्नु हुने सदस्य श्री अमृत गुरुङ र जेष्ठ नागरिक गुमान सिंङ गुरुङलाई पनि सम्मान गरिएको थियो। त्यस्तै गरि सम्मान कै क्रममा यस वर्ष समाजलाई तन मन धन दिएर अहोरात्र खटिएर लाग्नु हुने सदस्यहरुको योगदानको उच्च मूल्याङ्कन गर्दै पाँच जना सदस्यहरुलाई उत्कृष्ट समाज सेवा सम्मान २०२३ ले सम्मान गरिएको थियो। सम्मानित हुनेहरुमा सल्लाहकार अधिवक्ता राजु थापा,श्रीमति सूर्य कुमारी गुरुङ,श्रीमति मन कुमारी गुरुङ,श्रीमति लिल कुमारी गुरुङ र श्रीमति कुबिन्धरी गुरुङ आदि थिए। सम्मानित हुनेहरूलाई उपाध्यक्ष श्रीमती बिन्दु घले,प्रमुख अतिथि र संस्थापक अध्यक्षले प्रमाण पत्र, खादा र पछ्यौरा ओढाएर सम्मान गरेका थिए।

सम्मान कै क्रममा समाजका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ गैर आबासिय नेपालि सँघ युकेका प्रमुख सल्लाहकार पदमा मनोनित हुनु भएकोम समाजको तर्फ वाट उपाध्यक्ष भिम बहादुर गुरुङ र प्रमुख अतिथि काउन्सिलर कमल गुरुङले खादा फेटा लगाई सम्मान गरेको थियो। यसै गरि निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ र श्रीमति मिरा गुरुङको सुपुत्र जसले युकेमा रहेर पनि मुई थाई जस्तो स्पोर्ट्समा उल्लेखनीय उपलब्धि हाँसिल गरी यस समाज मात्र होइन सिंगो  नेपाली कै शीर उच्च पार्ने काम भएकोमा समाजले खादा र फेटा लगाएर सम्मान गरेको थियो। 

अन्तमा रारा क्याटरिङको स्वादिष्ट भोजनको आनन्द लिँदै अध्यक्ष शिव कुमार गुरुङ, प्रमुख अतिथि काउन्सिलर कमल गुरुङ, पूर्व अध्यक्ष अर्जुन कुमार गुरुङ, उपाध्यक्ष भिम बहादुर गुरुङ र श्रीमति बिन्दु घले निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ आदिले संयुक्त रुपमा  केक काट्ने र स्याम्पेन फोरेर खुशियाली मनाएका थिए। त्यस पश्चात महासचिव धरमबल गुरुङले यो कार्यक्रम सफल पार्न जो जसले केक,खाद्य र पेय पदार्थहरु प्रायोजन गर्नु भएको थियो  वहाँहरु सबैको नाम वाचन गरेर सुनाउँदै धन्यबाद दिएका थिए र अन्तमा प्रमुख अतिथि काउन्सिलर कमल गुरुङ र अध्यक्ष शिव कुमार गुरुङले धन्यवाद मन्तब्य राखे पछि कार्यक्रम विधिवत रूपमा अन्त भएको थियो। 

यस कार्यक्रममा समाज कै नृत्यांङगना सुश्री सुमी गुरुङले कार्यक्रमको मध्यान्तरमा बन्दीपुरैमा.....बोलको गीतमा नाचेर भरपुर मनोरञ्जन दिलाएका थिए र डिजे युवा सदस्य श्री प्रज्वल मान गुरुङको साउण्ड सिस्टम व्यवस्थापनमा सबैले डान्स फ्लोरमा रमेर भरपूर मनोरञ्जन लिँदै राति करिब ११ बजेतिर कार्यक्रम शान्तपुर्ण रुपमा अन्त भएको थियो। 

 (नारायण सिंह गुरुङ)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?