Friday May 03, 2024

जीआरएनसी यूकेको अध्यक्षमा मान गुरुङ र लीला सेलिङ माबोको आलोपालो नेतृत्व

११ मंसिर, २०८० शीतलपाटीन्युज डटकम। 1279


जीआरएनसी यूकेको अध्यक्षमा मान गुरुङ र लीला सेलिङ माबोको आलोपालो नेतृत्व

शीतलपाटीन्युज डटकम।

लन्डन । ग्रेटर रसमूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको आलोपालो नेतृत्व गर्ने गरी अध्यक्षमा दुई जना चयन भएका छन्। अल्डरसटस्थित एम्पायर हलमा आइतबार भएको वार्षिक साधारणसभा तथा अधिवेशनबाट मान गुरुङ र लीला सेलिङ माबो अध्यक्षमा चयन भएको निर्वाचन समितिले घोषणा गरेको छ। 

नयाँ कार्यसमिति घोषणाअघि भएको औपचारिक कार्यक्रम संस्थापक कार्यकारी अध्यक्ष रामचन्द्र गुरुङ र अध्यक्ष मान गुरुङले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए। उपाध्यक्ष उत्तरबहादुर गुरुङ स्वागत मन्तव्य राखेको सो साधारणसभामा कोषाध्यक्ष श्याम श्रेष्ठले आर्थिक प्रतिवेदन सचिव सुशीला थापाले प्रोजेक्ट लगायत रिपोर्ट प्रस्तुत गरेका थिए। ती प्रतिवेदनहरु सभामा प्रस्तुत गर्दा हलबाट ठुलो ताली बज्दै पारित गरिएको थियो। ग्रेटर रसमोर नेपाली कम्युनिटीको बिशाल उपस्थिती रहेको सो अधिबेशन कार्यक्रम महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेका थिए।

प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङले १८/१८ महिना कार्यभार सम्हाल्ने गरी गुरुङ र माबो अध्यक्षमा चयन भएको घोषणा गरेका थिए । प्रमुख निर्वाचन आयुक्त गुरुङका अनुसार जीआरएनसीको विधान संशोधन गरेर दुई वर्षको कार्यकाललाई तीन वर्ष लम्ब्याइएको र सो अनुसारको १८/१८ महिनाको कार्यकाल बना ईएको हो।

नवनिर्वाचित अध्यक्ष गुरुङ यसअघि अध्यक्ष थिए भने माबो उपाध्यक्ष थिइन् । नयाँ कार्यसमितिको पहिलो १८ महिनाको कार्यकाल मानले सम्हाल्नेछन् भने नयाँ कार्यसमितिको ४ उपाध्यक्षमा सुष्मा गुरुङ (महिला),उत्तर गुरुङ,डा.विशाल गुरुङ र जीत मेन्याङ्बो चयन भयका छन। 

यस्तै महासचिवमा सुशीला मगर चयन भइन् भने सचिव सुनील राना,कोषाध्यक्ष श्याम श्रेष्ठ,सहकोषाध्यक्ष सुमन पुन निर्बिरोध भएकी छिन्।  मिडिया सेक्रेटरीमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु चयन भएका छन् भने १३ जना सदस्यहरुमा गोमा राना,हेमकुमार गुरुङ,नारायण गिरी पनि निर्बिरोध भयका छन्। कल्चर सेक्रेटरी, स्पोर्ट्स सेक्रेटरी लगायत खाली पदपूर्ति कार्यसमितिले नै गर्ने निर्वाचन समितिले जनाएको छ।  

नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई आइतबार नै प्रमुख निर्वाचन आयुक्त गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।  

नवनिर्वाचित अध्यक्ष मान गुरुङ र लीला सेलिङ माबोले निर्वाचन समिति र उपस्थित सबै जनालाई धन्यवाद दिँदै आफूहरुले जीआरएनसी यूके गरिमालाई उच्च राख्दै अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए।

निर्वाचनका लागि एकेन्द्र गुरुङको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। जसमा रि.क्या. महेन्द्र लिम्बू,रन्जिता मल्ल,पुर्व डिएसपी वाचस्पती रेग्मी र आसबहादुर गुरुङ थिए। 

photo-Gurkha Media



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?