Friday May 03, 2024

ट्राफिक जाचमा सुरक्षा र सुधारको खाचो, अति गर्नु तर अतिचार नगर्नु

१६ मंसिर, २०८० शीतलपाटीन्युज डटकम। 1241


ट्राफिक जाचमा सुरक्षा र सुधारको खाचो, अति गर्नु तर अतिचार नगर्नु

बसन्तराज कॅुवर,

काठमाण्डौ। मलाइ थाहा छैन यो कहॉ र कहिलेको घटना हो? तर यस भिडीवो फुटेजमा सबै नागरीक (महीलाहरु समेत मिली) एक ट्राफीक प्रहरी माथि भौतीक रुपमै हातपात गर्दै गरेको देखिन्छ र यस्मा संबेदनसिल कुरा के देखिएको छ भने “कोहि नागरीकहरु  प्रहरीलाइ बचाउन तिर लागेका छैनन् बरु सबका सब पिट्नै र लखेट्नै वा लखेट्ने र आक्रमण गर्नेहरुलाइ नै उकास्नै तिर लागेका देखान्छन्। यो घटना साधारण छैन र उच्च अफिसरहरुले अध्यन मनन गर्नु पर्ने खालको पनि छ। जब अति हुन्छ,तब मात्र प्रहरी माथि भौतीक आक्रमण हुन्छ। प्रहरी माथि आक्रमण मुख्य रुपमा  ५ कारणले हुन्छन् ।

पहिलो :- नीतीगत रुपमै आक्रमण गर्ने,

यस अन्तरगतका आक्रमणहरु आक्रमणकर्ताहरुले नितीहत रुपमै गर्दछन् जस्तो सत्ता वा सरकार पल्ट्याउनु छ,लुटपाट गर्नु छ,सडकलाइ अराजक बनाउनु छ,असान्ती मच्याउनु छ। प्राए यस्ता कुरा योजनाबद्ध नै हुन्छन्। 

दोश्रो :- अति भए पछी,

अर्थात जब प्रहरीहरुले अति दुख दिन थाल्दछन र आम नागरीक हरु लाइ अनाबस्यक कारबाहि, धंकी,पिडा,चेकजॉच सोसण गर्न थाल्दछन् , त्यस पछी क्रमस जनताको नफरत बड्दै जान्छ र कुनै एक समएमा त्यो बिष्फोट हुन्छ। यस्ता घटना योजनाबद्ध त हुदैनन् तर जब यस कारणले प्रहरी माथि आक्रमण हुन्छ तब सबका सब नागरीक हरु त्यस बेला प्रहररी माथि खनिन्छन् किनकी सब लाइ प्रहरीको कारबाही हरु पहिल्यै देखि मन परी रहेको हुदैन। जब मौका आउछ तब सब खनिन्छन्।यस्तोमा प्रहरीलाइ बचाउन आउने नागरीक पनि हुदैनन्। 

तेश्रो :- तत्काल उठेको रीस थाम्न नसकी,

कोहि माथि अनाबस्यक र चित्त नबुझ्दो प्रहरी कारबाही भएको भए पनि तत्कालको आक्रोस थाम्न नसक्ने ब्यक्ती हरु बाट प्रहरी माथि आक्रमण हुन सक्छ तर यस्तो अबस्थामा नागरीक हरुले प्रहरीको बचाउ गर्ने छन्। प्रहरीको सुरक्षामा साथ दिने  छन् ।

चौथौ:- बचाउको लागी,

कोहिलाइ प्रहरीले पक्राउ गर्यो वा कोहि आफुले गल्ती गरेको छ र संजाए पाउछु भन्ने निश्चीत छ भने उस्ले त्यस समएमा प्रहरीको कब्जाबाट उम्कन प्रहरी माथि आक्रमण गर्न सक्छ तर यस्तो घटना योजनाबद्ध हुंदैन।यस्तो घटनामा पनि प्रहरीलाइ नागरीकहरुले बचाउ गर्दछन्। 

अपराधिक इलाका - 

कुनै खास स्थानमा अपराधीहरुको बसोबास छ वा त्यॉहाको जिबननै अपराध कर्म हरु बाट चल्छ वा त्याहा संगठिक लागु औषध वा हाथ हतियार वा डकैती लगाएत यस्तै अबैध कार्य र बस्तुहरुको कारोबार र पेसा छ भने पनि उनिहरु त्यस आफ्नो पकड क्षत्रमा प्रहरीको  उपस्थिती चॉहदैनन् र प्रहरीको मनोबल गिराउन पुरै समाज लागी प्रहरी माथी भयानक आक्रमण गर्न सक्तछन्।

 

यस बाहेक पनि धार्मिक जातिए दंगा आतंककारी हरुमा वा गुण्डा हरुको समाजमा आफ्नो क्षमता  र प्रभाव बडाउन पनि प्रहरी माथि आक्रमण हुन सक्छ तर यस्को अबस्थामा प्रहरी लाइ नागरीक हरुको साथ पनि।मील्ने छ।

 

माथीको भिज्युयुलमा जुन प्रकारले ट्राफिक प्रहरी माथि आक्रमण गरीएको छ यस्मा बडी मात्रमा ट्राफिकहरुले चाहिने भन्दा बडि दुख दिएका कारण पनि त्यो घटना भएको हुन  सक्छ।आजकल ट्राफिक प्रहरीहरुको कारबाहि अत्यन्त बडी र असोभनिएनै देखिएको छ। संसारमै कतै नहुने र संधै जसो  ट्राफिक चेकिडं,सभ्य समाज र देसका लागि असोभनिए नै हुन्छ।नेपालमा अहिले त्यही भै रहेको छ र जनताहरुलाइ बिल्कुलै पची रहेको  छैन। 

 

जनता लाइ अनाबस्यक दुख दिनु हुदैन। नेपालमा ट्राफिकहरु माथि ट्राफिक रेगुलेसनमा भन्दा जरीबाना संकलनमा बडी ब्यस्त र मस्त भएको आरोप छ।हामि स्वयम पुर्ब प्रहरीहरु समेतलाइ पनि यस्तै लागी रहेको छ। बास्तबमै “ट्राफिक जॉच बडी र अशोभनिए भयो” बिज्ञहरुबाट रिसर्च गर्नेकि?

फ्रान्समा पनि ट्राफिक प्रहरी बिरुद्ध यस्तै आक्रोस देखिएको थियो। आइजिपी बसन्त कुवरज्युलाइ समेत यस बारेमा बेलैमा बिचार पुर्याउन अनुरोध गर्दछु। 

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?