Friday May 03, 2024

फोनिज युकेले समाचार सम्पादन र लेखन तालिम सम्पन्न गर्यो

१७ मंसिर, २०८० शीतलपाटीन्युज डटकम। 1219


फोनिज युकेले समाचार सम्पादन र लेखन तालिम सम्पन्न गर्यो

शीतलपाटीन्युज डटकम।

लण्डन। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले केही समय अघि समाचार सम्पादन तथा लेखन तालिम सम्पन्न गरेको छ। भर्चुअलरूपमा आयोजित सो तालिममा नेपालबाट कान्तिपुर एफएम तथा रे टेलिभिजनमा कार्यरत श्याम रानामगरले स्रोत व्यक्तिका रूपमा तालिम दिएका थिए।

जुम मार्फत भयको सो तालिमको फोनिज युकेकी अध्यक्ष गोमा रानामगरको अध्यक्षतामा भएको र तालिमको उदघोषण सन्चालन सचिव लीला सेलिङ माओले सन्चालन गरेकी थिइन्।

तालिम संचालनका क्रममा स्रोत व्यक्ति रानामगरले समाचार संकलन,लेखन र सम्पादनका विभिन्न पक्षहरूका बारेमा चर्चा गरेका थिए।कार्यक्रममा सहभागीहरूले राखेका विभिन्न जिज्ञासाहरूको श्रोत ब्यक्ती रानाले जवाफ दिएका थिए।फोनिज युकेका सल्लाहकारहरू नरेश खपाङ्गीमगर,लेखक एकेन्द्र गुरुङ,प्रमिला लाबुङ राई,विश्वासदीप तिगेला, सचिव लीला सेलिङले सो क्रममा जिज्ञासा राखेका थिए। 

तालिममा बेलायतमा कार्यरत आदिवासी जनजाति पत्रकारहरू र नेपाल पत्रकार महासंघ बेलायत शाखाको सदस्सहरुको पनि उपस्थिति रहि तिलिम भब्य सम्पन्न भयको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?