Friday May 03, 2024

पोखरामा संचालित पाल्पाली बहुउद्देश्यीय सहकारीको अध्यक्षमा चिरिन्जिबी श्रेष्ठ

२० मंसिर, २०८० शीतलपाटीन्युज डटकम। 1271


पोखरामा संचालित पाल्पाली बहुउद्देश्यीय सहकारीको अध्यक्षमा चिरिन्जिबी श्रेष्ठ

शीतलपाटीन्युज डटकम।

पोखरा।पोखरामा सम्पन्न पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था पोखराको सञ्चालक समिति अध्यक्षमा चिरञ्जीवी श्रेष्ठ निर्वाचित हुनुभएको छ।

सस्थाको सम्पन्न पाचौं साधारणसभा तथा दोस्रो अधिवेशनले पुनः श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समिति उपाध्यक्षमा बाबुराम खनाल, सचिवमा रेशम थापा, कोषाध्यक्षमा उमा सापकोटा, सहसचिवमा युमाया पचभैया र सहकोषाध्यक्षमा रेनुका बज्राचार्य हुनुहुन्छ। सस्थाको सदस्यमा पदमप्रसाद पोखरेल, दामोदर बस्याल, गीतादेवी शर्मा र पिताम्बर तिमिल्सिना रहनुभएको निर्वाचन समिति संयोजक विष्णुप्रसाद लम्सालले बताउनुभयो।

लेखा समिति संयोजकमा सुनिल अर्याल, सदस्यहरुमा केशव नेपाल र अनुपमान कर्माचार्य हुनुहुन्छ । संस्थाका कानुनी सल्लाहकारमा विष्णुप्रसाद लम्साल संयोजक र सदस्य ताराप्रसाद पोखरेल र नारायणप्रसाद पौडेल सदस्य रहनुभएको छ।

अधिबेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले पोखरामा पाल्पालीले व्यावसायिक उत्तरदायित्व बहन गर्नुका साथै मौलिकतालाई बचाउँदै आएको बताउनुभयो।

जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्री कोइरालाले मासिक बचत संस्थाको मेरूदण्ड भएकोले बचतमा जोड दिनुपर्ने सुझाव दिनुभयो। कार्यक्रममा गुल्मेली समाज पोखराका निवर्तमान अध्यक्ष एवं रेसुंगा सहकारीका अध्यक्ष भानुभक्त भण्डारी ‘क्षितिज’, सम्मानित सहकारीका निवर्तमान अध्यक्ष एवं पाल्पा हाउसका अध्यक्ष कुलप्रसाद घिमिरेले सहकारी र सस्थाको मर्मबारे बोल्नुभएको थियो।

सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठले प्रस्तुत गर्नुभएको संस्थाको वार्षिक प्रतिवेदन पास गरेको छ। सहकारीका निवर्तमान अध्यक्ष एवं पाल्पा हाउसका अध्यक्ष कुलप्रसाद घिमिरेलाई संस्थागत सम्मान गरेको छ। उत्कृष्ट कारोबारकर्तामा सेयर सदस्य बलबहादुर राउत सम्मानित हुनुभयो । सोही अवसरमा संस्थाका सेयर सदस्यका एसइई उत्तीर्ण छोराछोरी सम्मानित भएका छन्।

संस्थाका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पाल्पाली समाजका पूर्व अध्यक्ष एवं ऋण उपसमिति संयोजक बाबुराम खनाल र सञ्चालन सचिव रेशम रचक थापाले गर्नुभएको हो। शिक्षा उपसमिति संयोजक बालचन्द्र परियारले सहकारीका ७ सिद्धान्त वाचन गर्नुभयो। सहकारीमा हाल ४ सय ८१ शेयर सदस्य छन्।

श्रोत- सबलन्युज डटकम।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?