Thursday May 02, 2024

न्यू लक्ष्मी ज्वेलर्स अल्डरसटले “भ्यालेन्टाइन डे” लक्की ड्रको विजेता घोषणा,प्रथम नोराह,दोस्रो शान्ता र तेस्रो विनोद

१८ फाल्गुन, २०८० शीतलपाटीन्युज डटकम। 1190


न्यू लक्ष्मी ज्वेलर्स अल्डरसटले “भ्यालेन्टाइन डे” लक्की ड्रको विजेता घोषणा,प्रथम नोराह,दोस्रो शान्ता र तेस्रो विनोद

शीतलपाटीन्युज डटकम।

लन्डन। न्यू लक्ष्मी ज्वेलर्स अल्डरसटले 'भ्यालेन्टाइन डे' को अवसरमा ल्याएको लक्की ड्रको विजेता घोषणा गरेको छ। बिहीबार २९ फेब्रुअरीका दिन प्रोपाइटर लक्ष्मी राई र स्टोर म्यानेजर बिक्की पराजुलीले फेसबुक लाइभमार्फत लक्की ड्रको नतिजा घोषणा गरेका हुन्। नतिजाअनुसार प्रथम नोराह लिम्बू, दोस्रो शान्ता गुरुङ र तेस्रो विनोद गुरुङले पुरस्कार जितेका छन्। 

प्रथम पुरस्कार दम्पतीका लागि नाइट स्पा, दोस्रो पुरस्कार दम्पतीका लागि रेस्टुरेन्टमा १०० पाउन्डको डिनर भाउचर र तेस्रो पुरस्कार ५० पाउन्डको बुट्स गीफकार्ड रहेको रहेको छ। उक्त पुरस्कार लिनका लागि आफ्नो परिचय पत्रका साथ अल्डरसटस्थित लक्ष्मी ज्वेलर्समा आउन प्रोपाइटर राईले आग्रह गरिन्।

उक्त लक्की ड्रमा बेलायत र त्यसबाहिर अस्ट्रेलिया, अमेरिका, क्यानडालगायत ८५ देश जतिबाट सहभागी भएका थिए। हरेक वर्ष १४ फेब्रुअरीमा मनाइने भ्यालेन्टाइनलाई लक्षित गरी लक्ष्मी ज्वेलर्सले विभिन्न किसिमका गहना बनाउने चार्ज छुट र लक्की ड्रको अफर ल्याएको हो। 

ग्राहकहरुको भ्यालेन्टाइन रोमान्टिक बनोस् भनेर आफ्नो कम्पनीले अफरहरु ल्याएको प्रोपाइटर राईको भनाइ छ। उनले ग्राहकहरुको साथ र सहयोगका कारण डेढ दशकदेखि निरन्तर रुपमा दोकान चलिरहेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिन्। लक्ष्मी ज्वेलर्सले विभिन्न चाडपर्वको अवसरमा स्किम ल्याइरहने गर्छ।  

(#gurkhamedia)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?