Thursday May 02, 2024

पिकलबल अन्तराष्ट्रिय खेल सम्पन्न गर्न पिकलबल नेपालका संस्थापक नविन गुरुड्ग नेपाल प्रस्थान

१९ फाल्गुन, २०८० शीतलपाटीन्युज डटकम। 1313


पिकलबल अन्तराष्ट्रिय खेल सम्पन्न गर्न पिकलबल नेपालका संस्थापक नविन गुरुड्ग नेपाल प्रस्थान

शीतलपाटीन्युज डटकम।

लण्डन ।पिकलबल एशोसिएसन नेपालको आयोजनामा नेपालमा हुन लागेको पिकलबल अन्तराष्ट्रिय ओपन प्रतियोगितामा सहभागी हुन पिकलबल एसोसीयसन नेपालका संस्थापक नविन गुरुड्ग नेपाल प्रस्थान गर्नु भयको समाचार शितलपाटीन्युज डटकमलाई प्राप्त भएको छ।

०८ र ०९ मार्च २०२४ मा हुने सो अन्तराष्ट्रिय पिकलबल ओपन प्रतियोगिता सातदोबाटो स्थित रंगशालाको खेल मैदानमा हुने कार्यक्रम छ। नेपाल लगायत अमेरिका,बेलायत,भारत,मलेसीया,सिड्गापुर,थाईलैण्ड आदी देशका १२० खेलाडीहरु प्रतिष्पर्दामा रहेको संरक्षक गुरुड्गले बताउनु भएको छ।

यस पुर्व भानुभक्त आल्मुनी एशोसिएसनको सहकार्य तथा रियो नेपालको सहयोगमा नेपालमा पहिलो अन्तर्राष्ट्रिय स्तरको पिकलबल आयोजना काठमाडौंको बौद्ध स्थित स्नोल्याण्ड स्पोर्ट्स एकेडेमीमा भएको थियो।

सो बेला नेपाल लगायत क्याम्ब्रीज पिकलबल क्लबमा आवद्ध बेलायत,पोर्चुगल,इटालीका खेलाडीहरुले ओपन डबल्स,गर्ल्स डबल र मिक्स डबल्स खेलहरुमा भाग लिएका थिए। नेपालले सो बेलाको खेलमा उत्कृष्ट नतिजा ल्याई पदकहरु पनि जितेको थियो।

यस पटक हुदै रहेको टुर्नामेन्टलाई बुध्द एअर,रियो नेपाल,काठमाण्डौ स्कुल,अरुण चौधरी फाउन्डेसन,साड्ग्रीला,पार्क भिलेज होटल बुढानिलकण्ठ,आरोग्य निर्माण कम्पनि,प्रशिध्द पाण्डे, कैलास हेरिटेजले स्पोन्सर गर्ने भएका छन। खेल मैदानमा Subisu द्वारा WiFi को ब्यवस्थापन गरीएको छ।

सन २०१९ देखि नेपालमा खेलिन थालेको यो पिकलबल पछिल्लो समय विश्वब्यापी रुपमा अत्यन्तै लोकप्रीय बनेको खेल नेपालमा पनि लोकप्रीय बन्दै गएको छ।

यो खेल नेपाल भित्र्याउन र प्रबर्धन गर्नमा सहारा युकेका फाउण्डर प्रेसीडैन्ट नविन गुरुड्ग र सहारा पोखराको महत्वपुर्ण भुमिका रहेको यो पिकलबलले नेपाल चिनाउने संस्थापक नविन गुरुड्गको धारणा रहेको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?