Friday May 03, 2024

मेरिल्याण्डमा सक्रिय यूवा सामाजिक व्यक्तित्वहरु जितेन गुरुगं र रविन शर्माले गरे ठुलो रकम दान

२२ चैत्र, २०८० शीतलपाटीन्युज डटकम। 1606


मेरिल्याण्डमा सक्रिय यूवा सामाजिक व्यक्तित्वहरु जितेन गुरुगं र रविन शर्माले गरे ठुलो रकम दान

शीतलपाटीन्युज डटकम।

अमेरीका। मेरिल्याण्डको हिन्दु बुद्ध मन्दिरमा संचालन भईरहेको महापुराणको पाचौं दिनमा एक समूहले १ लाख ३३ हजार ७ सय ३७ डलर दान गरेको छ। मेरिल्याण्डमा सक्रिय यूवा सामाजिक व्यक्तित्वहरु जितेन गुरुगं र रविन शर्माको नेतृत्वमा पर्बत जिल्लाका केही यूवा व्यवसायी र सामाजिक व्यक्तित्वहरुको एक समूहले उक्त रकम संकलन गरेर दान गरेका हुन् । यो रकम एकमुष्ठ रुपमा संकलन गरिएको हालसम्म कै बढि रकम हो।
 
पर्बत समाज अमेरिकाका अध्यक्ष तथा अन्तराष्ट्रिय पर्बत समाजका उपाध्यक्ष समेत रहेका रविन शर्मा अनि यूवा सामाजिक व्यक्तित्व तथा बाल्टिमोरको सामाजिक संस्था बानाका सल्लाहकार जितेन गुरुगंको बिशेष पहलमा यति धेरै रकम संकलन गर्न सफल भएको बताईएको छ।
 
महायज्ञको चौथो दिनसम्ममा २ लाख पचास हजार डलर संकलन भईसकेको थियो। पांचौ दिनमा पर्बतका यूवा व्यवसायीहरुको उत्साहपूर्ण सहभागिताले यो रकम चार लाख डलर पुगेको छ। 
१५ लाख डलरको लक्ष्यसहित शुरु गरिएको महायज्ञमा एउटै समूहले झण्डै डेढ लाख डलर दान गरेका कारण आोजकहरुमा उत्साह थपिएको मन्दिरका सचिव तरुण पौडेलले बताउनु भयो।
 
पर्बत समाजले हरेक दिन मन्दिर परिसरको सरसफाईको व्यबस्थापनको जिम्मा पनि लिईरहेको छ भने अध्यक्ष रविन शर्मा र यूवा समाजसेवी जितेन गुरुगंले शुरुदेखि नै प्रचार प्रसार र स्वयंसेवाको काम पनि गरिरहेका छन्।
 
आफूहरुले अरु यूवाहरुलाई मन्दिरमा दान गर्नका लागि अभिप्रेरित गरिरहेको र यो रकम अझै थपिने जानकारी जितेन गुरुगंले दिए। उनले भने “हिन्दु बुद्ध मन्दिर निर्माणको यो महान कार्यमा यहांका हामी सबै नेपालीहरु सक्रिय र एकजुट भएर लागेका छौं।”
 यो समूहमा जितेन गुरुगं, रविन शर्मा, बलराम पौडेल, एल जी,विमल मल्ल,नारायण अधिकारी, किरण बराल,श्रीकृष्ण रेग्मी,आईसा रेग्मी,निरन गुरुगं, ईश्वर गिरी, रोशन लामिछाने,विनोद शर्मा, शिवलाल पुरी, ईश्वर श्रेष्ठ, ईन्दुराज रेग्मी, मनहरि पौडेल,शिव गौतम, रेग्मी परिवार,लेख बहादुर रेग्मी, गंगाबहादुर क्षेत्री,भरत रेग्मी,सूर्य केसी,हिरा रेग्मी, दिलिप केसी, ज्ञान क्षेत्री, जुरेश खत्री, जुना खत्री छन्।

श्रोत- नेप्लिज डाएस्पोराबाट



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?