Tuesday May 20, 2025

आओस् नयाँवर्ष यो २०८१ : कवियत्री गंगा भण्डारी

१० बैशाख, २०८१ शीतलपाटीन्युज डटकम। 2057


आओस् नयाँवर्ष यो २०८१ : कवियत्री गंगा भण्डारी

शीतलपाटीन्युज डटकम।

शीर्षक: आओस् नयाँवर्ष यो।
शार्दूलविक्रीडित 

सारा दुःख हटून् समस्त जगका प्राणीहरू हून् खुशी
मान्छेका मनभित्र प्रेम भरियोस् हाँसून् सबै सन्तति।
पीडाले जन तड्पिएर नमरून् शानन्द आनन्द होस् 
बाँची बाँच्न सिकाउने प्रण लिई आवस् नयाँ वर्ष यो।।

पानी वायु सफा बनोस् सफरमा प्राणी सबैले घर
पाऊन् बस्न र बाँच्न जीव जगका उन्मुक्त हून् निर्भय।
मेरोमात्र खुशी म हेर्न नसकूँ संसार यो  खास होस्
हाँसी बाच्न सिकाउने प्रणलिई आवस्  नयाँ साल यो।।

स्नेही भाव विवेकशील मन होस् संवाद होस् ध्यान होस् 
ईर्ष्या द्वेष घमन्डको घर ढलोस् भात्रित्वमा प्रेम होस्।
सारा भाइ र बन्धु बान्धब मिलून् साना ठुला एक हून्
साझा मानव जातको महल होस्  नौलो  नयाँवर्ष होस्।।

वाणी शुद्ध र बद्ध हून् वचनमा धोका कसैमा नहोस्
गर्ने कार्य फटाफटी अघि बढून् यो राष्ट्र सम्मान होस्।
झुप्रामा पनि राज्यको प्रगतिको आभाष होस् सान होस्
भन्दै निर्मल भाव, आँट बटुली आयो नयाँवर्ष यो।।

चैते घाम र हुन्डरी सित जुधे बाढी र वर्षा गयो
बैशाखे रुखका मुना र पिपिरा जन्मे उज्यालो भयो।
आऊ भास्कर भाग्य हेर्न पिपिरा बाँचून् पलाऊन्, बढून् 
सारा जीव र जन्तुको प्रिय बनी आयो नयाँवर्ष यो।
२०८१/१/१,

गंगा भण्डारी,स्वीन्डन युके।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?