Thursday May 02, 2024

कात्तिक ७ देखि यी फोनमा ह्वाट्सएप नचल्ने 

२९ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1597


कात्तिक ७ देखि यी फोनमा ह्वाट्सएप नचल्ने 

शीतलपाटीन्युज डटकम।

काठमाडौं। आगामी कात्तिक ७ (अक्टोबर २४) देखि केही पुराना एन्ड्रोइड तथा आईफोन माेडेलमा ह्वाट्सएप नचल्ने भएको छ। ह्वाट्सएपले आफ्नो ‘हेल्प सेन्टर’मा यसबारे लेख्दै जानकारी दिएको हो।

आफूले पछिल्लो अपरेटिङ सिस्टम प्रयोग गर्ने प्रयोगकर्ताका लागि नयाँ फिचर विकास गर्नुपर्ने बताउँदै ह्वाट्सएपले एन्ड्रोइड ओएस ४.१ र आईओएस ११ भन्दा पुराना फोनहरूमा ह्वाट्सएप बन्द गर्ने जनाएको छ। त्यस्तै नवीनतम् प्रविधिमा थप सुरक्षाका मापदण्डहरू हुने र तिनको फाइदा लिनु पर्ने भएकाले पनि आफूले पुरानो अपरेटिङ सिस्टममा एप बन्द गर्न लागेको ह्वाट्सएपकाे भनाइ छ।

यद्यपि सपोर्ट बन्द गर्नुअघि कम्पनीले ती फोन प्रयोगकर्तालाई यसबारे सूचित गर्नेछ। त्यसपछि भने ह्वाट्सएपका डेभलपरले ती डिभाइसमा प्राविधिक सहयोग तथा अपडेट पठाउन छाड्नेछन्। त्यसो हुँदा डिभाइसको अपरेटिङ सिस्टमले नयाँ अपडेट, नयाँ फिचर तथा समाधान गरिएका बगहरूको अपडेट पाउने छैनन्।

यदि तपाईंसँग पनि तल उल्लेखित फोनहरू छ भने तिनमा आगामी कात्तिक ७ देखि ह्वाट्सएप चल्ने छैनन्:

Samsung Galaxy S2

Nexus 7

iPhone 5

iPhone 5c

Archos 53 Platinum

Grand S Flex ZTE

Grand X Quad V987 ZTE

HTC Desire 500

Huawei Ascend D

Huawei Ascend D1

HTC One

Sony Xperia Z

LG Optimus G Pro

Samsung Galaxy Nexus

HTC Sensation

Motorola Droid Razr

Sony Xperia S2

Motorola Xoom

Samsung Galaxy Tab 10.1

Asus Eee Pad Transformer

Acer Iconia Tab A5003

Samsung Galaxy S

HTC Desire HD

LG Optimus 2X

Sony Ericsson Xperia Arc3

पछिल्लो अध्यावधिक: असोज २७, २०८० २२:४२

(techpana बाट)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?