Friday May 03, 2024

नेपाली राजदुताबास लण्डनको भुपु ब्रिटीस गोर्खा बार्ता बारे प्रेष बिज्ञप्ति

७ मंसिर, २०८० शीतलपाटीन्युज डटकम। 1318


नेपाली राजदुताबास लण्डनको भुपु ब्रिटीस गोर्खा बार्ता बारे प्रेष बिज्ञप्ति

शीतलपाटीन्युज डटकम।

लण्डन। भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा गठित द्विपक्षीय समितिको तेश्रो वैठक आज बेलायतको रक्षा मन्त्रालयमा सम्पन्न भयो।उक्त बैठकको नेतृत्व बेलायत सरकारका तर्फबाट रक्षा राज्य मन्त्री एन्ड्रिउ मुरिसन तथा नेपाल सरकारका तर्फबाट संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्य एवं भूपू गोर्खाहरुका तर्फबाट मेजर(अ.प्रा.) जुदबहादुर गुरुङ्गले गर्नुभएको थियो।

वैठकमा यसअघि भएका द्विपक्षीय समितिका वैठक तथा प्राविधिक तहमा भएको छलफलका आधारमा पेन्शन एवं कल्याणकारी सुविधाहरुका बारेमा भएको प्रगतिको समीक्षा भयो।बेलायती रक्षा मन्त्रालयले भूपू गोर्खाहरुले उठाएका धेरैजसो विषयहरुमा आफ्नो जपाफ प्रस्तुत गरिसकेपछि उक्त विषयमा नेपालको तर्फबाट महामहिम राजदूत एवं श्री जुदबहादुर गुरुङ्गले ती विषयहरुमा तर्कहरुसहित प्रतिउत्तर दिनुभएको थियो। नेपाल र संयुक्त अधिराज्यबीच रहीआएको ऐतिहासिक सम्बन्धलाई दृष्टिगत गर्दै यसको आधारस्तम्भको रुपमा रहेका भूपू गोर्खाका मागहरुका विषयमा दीर्घकालीन समाधानका लागिराजदूत आचार्यले अनुरोध गर्नुभयो। बैठकमा परराष्ट्र मन्त्रालयका यूरोप अमेरिका महाशाखा प्रमुख श्री गणेश प्रसाद ढकालले नेपाल सरकारको तर्फबाट माननीय परराष्ट्र मन्त्री नारायणप्रकाश साउदको सन्देश सहित भूपू गोर्खाका मागहरु शीघ्र सम्बोधन गर्ने विषयमा जोड दिनुभयो।आजको वैठकमा नसमेटिएका एवं थप अध्ययन गर्नुपर्ने विषयहरुमा पुनः अर्को बैठकमा छलफल गर्ने सहमति भएको छ।

उक्त बैठकमा नेपाली राजदूतावासका उप-नियोग प्रमुख रोशन खनाल,सैनिक सहचारी सहायक रथी रत्न बहादुर गोदार तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट धर्मबहादुर तामाङ,कृष्णबहादुर राई तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता रहेको २२ नोभेम्बर २०२३ मा नेपाली राजदुताबास लण्डनबाट प्रकाशित प्रेष बिज्ञप्तीमा जनाईएको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?