Thursday March 20, 2025

नेपाली वेलफेयर सोसाईटी युकेको नया अध्यक्षमा धविन्द्र बौडेल चयन

११ मंसिर, २०८० शीतलपाटीन्युज डटकम। 1488


नेपाली वेलफेयर सोसाईटी युकेको नया अध्यक्षमा धविन्द्र बौडेल चयन

शीतलपाटीन्युज डटकम।

लण्डन। नेपाली वेलफेयर सोसाईटी युकेको चौथो वार्षिकोत्सव तथा वार्षिक साधारण सभा सम्पन्न भएको जानकारी प्राप्त भयको छI 

२५ नोभेम्बर २०२३ शनिवार  नेपाली वेलफेयर सोसाईटी युकेले चौथो वार्षिकोत्सव तथा वार्षिक साधारण सभा भव्यताका साथ कार्यक्रम सम्पन्न गर्यो।  उक्त बार्षिक कार्यक्रम Cranford Community College,Cranford, Hounslow,TW5 9PD भन्ने स्थानमा भएको थियो। 

सो स्थानमा भयको चौथो साधारण सभा पश्चात नया कार्यसमिति चयन भएको पनि समाचार छ। निर्बाचन मण्डल प्रमुख दिलबहादुर सार्की संयोजक र सदस्यहरु उदिबहादुर नेपाली,बुदीबहादुर सार्की,हेमलाल सार्की र सुमन नेपाली रहेको निर्बाचन मण्डलले निर्बिरोध रुपमा नया कार्यसमिति चयन पनि गरेको छI

अध्यक्ष धबिंन्द्र बौडेल,उपाध्यक्ष तेजेन्द्र गुरुङ,महासचिब समशेर नेपाली,सचिब बुद्धिबहादुर रुचाल,कोषाध्यक्ष किरण नेपाली,सदस्य सरस्वाती नेपाली रहेको कार्यसमिती चयन गरेको छ।

चौथो अधिबेशन कै दिन निर्बाचन मण्डल साथै नया कार्यसमितिले संस्थापक अध्यक्ष तथा निबर्तमान अध्यक्ष धनबहादुर सार्कीलाई संस्थाको आजिवन संरक्षकको घोषण गरेको गरेका पनि छ।

संरक्षक सार्कीले नया कार्यसमितिलाई शुभकामना दिदै निबर्तमान कार्यसमिति पदाधिकारी सदस्यहरुलाई धन्यवाद दिदै अधिबेशन कार्यक्रम राम्रो संग सम्पन्न भएको भन्दै धन्यबाद दिनु भयको थियो।

 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?