Saturday April 27, 2024

शिव मन्दिर अल्डरसटको अध्यक्षमा बिक्रम भट्टराई चयन

२ पुष, २०८० शीतलपाटीन्युज डटकम। 1324


शिव मन्दिर अल्डरसटको अध्यक्षमा बिक्रम भट्टराई चयन

शीतलपाटीन्युज डटकम।

अलडरसट,लण्डन। लण्डन अल्डरसट स्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको बार्षिक साधारण सम्पन्न भयको छ। सभा महासचिव हरी भट्टराईले संचालन गर्नुभएको थियो भने पहिलो सत्रको कार्यक्रमको सभापतित्व शिव मन्दिर अल्डरसटका अध्यक्ष नेपाल प्रहरीका पूर्व डिएसपी वाचस्पति रेग्मीले गर्नुभएको थियो।संस्थाका अध्यक्ष बाचस्पति रेग्मी, प्रमुख अतिथि शिव मन्दिरका संरक्षक,रसमुर बरो काउंसिलका काउन्सलर जीव बेलबासे,विषेश अतिथि शिव मन्दिरका संरक्षक तथा एनआरएनए युकेका अध्यक्ष हितकाजी गुरुङ्गद्वारा मन्दिरका नियमित पण्डित पवन प्रसाद दहालबाट स्वस्तिवाचन सहित पानसमा बत्ती बालेर सुभारंभ गरिएको थियो। कार्यक्रममा संरक्षकहरु मेजर सुर्य प्रसाद उपाध्याय,रोहित गुरुङ्ग,योगेन क्षेत्री,पूरन गीरी,शेर बहादुर सुनार,सुनित जैन,ग्रेटर रसमुर नेपाली कम्यूनिटीका अध्यक्ष मान गुरुङ्ग, समाजसेवी तथा नेपाल प्रहरीका पूर्व डिएसपी शिवाजी श्रेष्ठ,मन्दिरका ट्रस्टी निलकण्ठ पौडेल तथा सुशीला पौडेल,समाजसेवी बेलायती नेपाली समाजका बौद्धिक व्यक्तित्व एकेन्द्र गुरुङ,गोर्खा मिडीयाका प्रमुख संपादक तथा मन्दिरका नियमित शुभ चिन्तक मिलन तमु,मन्दिरका ट्रस्टी समाजसेवी रामचन्द्र (सुर्जे) गुरुङ्ग,मन्दिर संस्थापनकाल देखी आवद्द क्षेत्री समाज बेलायतका पूर्व अध्यक्ष यज्ञ क्षेत्री,पर्वत अन्तराष्ट्रीय समाजकी अध्यक्ष तथा समाजसेवी अप्सरा गुरुङ,पिपल मोर्गेजका प्रोपाईटर सुर्य गुरुङ,मन्दिर ट्रस्टीहरु बेम थापा,सुस्मा गुरुड्ग,शंकर श्रेष्ठ,अर्का युवा व्यवसायी अजय थापा,गुरु शिवचन्द्र निरौला,व्यवसायी लाल गुरुङ लगायत समाजका लव्धप्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति थियो। 

कार्यक्रममा महासचिवको प्रतिवेदन हरी भट्टराईले प्रस्तुत गर्नुभएको थियो भने एक लाख चौध हज़ार पौण्ड सहितको आय र व्यय प्रस्तुत गर्दै मन्दिरको खातामा लगभग ४७ हज़ार पौण्ड बचत रहेको प्रतिवेदन कोषाध्यक्ष निरज तिवारीले प्रस्तुत गर्नुभएको थियो। 


कार्यक्रमका सभापति तथा शिव कल्चरल एण्ड कम्यूनिटी सेंटरका अध्यक्ष वाचस्पति रेग्मीले आँफ्नो दुई वर्षको कार्यकालमा भएका सबै गतिविधिहरुको जानकारी गराउदै मन्दिर संचालनमा पुर्याएको सहयोगको सबैलाई धन्यवाद दिनुभएको थियो। नेपाल प्रहरीका पूर्व डिएसपी अनि सितलपाटीका प्रमुख सम्पादक रेग्मी अत्यन्त भावुक हुदै मन्दिरसंग आँफु अत्यन्त भावनात्मक रुपमा जोडिएको र बाँकी समयमा निरन्तर सेवामा रहिरहने प्रतिवद्दता जनाउनु भयको थियो।

कार्यक्रमको दोश्रो चरणमा शिव मन्दिर अल्डरसटका संरक्षक पूर्व अध्यक्ष रोहित गुरुङगको संयोजक रहेको निर्वाचन आयोगलाई हस्तांतरण गरीएको थियो। समाजसेवी मेग गुरुङ,क्षेत्री समाज बेलायतका पूर्व अध्यक्ष यज्ञ क्षेत्री सदस्य रहेको निर्वाचन समितिले आँफ्नो प्रक्रिया पुरा गर्दै  नयाँ कार्यसमिति घोषणा गरेको थियो। 

बिक्रम भट्टराईको नेतृत्वमा चयन भएको कार्यसमितिलाई बधाई दिँदै समाजसेवी तथा नेपाल प्रहरीका पूर्व डिएसपी शिवजी श्रेष्ठले आगामी दिनहरुमा सुधार गर्नपर्ने अत्यन्त महत्वपूर्ण सुझावहरु दिनुभएको थियो। श्रेष्ठले शिव कल्चरल एण्ड कम्यूनिटी सेंटरले मन्दिर व्यवस्थापन समितिमा अल्डरशट भन्दा बाहिर पनि पुग्नु पर्ने कुरामा जोड़ दिनुभएको थियो। यस्तै संरक्षक तथा व्यवसायी पूरन गीरी,संरक्षक सफल व्यवसायी योगेन क्षेत्री,मन्दिर संरक्षक तथा एनआरएनए युकेका पूर्व संरक्षक शेर सुनार,रिटायर मेजर सुर्य उपाध्यायले निर्बाचित सबै पदाधिकारीहरुलाई बधाई र शुभकामना दिंदै मन्दिरमा आवश्यक सरसल्लाह र सहयोगका निमित्त सदा तत्पर रहने जनाउनु भयको थियो।

अध्यक्ष भट्टराई रहेको सो समितीमा उपाध्यक्ष हरि भट्टराई,महासचिव सुस्मा गुरुड्ग,सचिबमा निरज शर्मा,कोषाध्यक्ष निरज तिवारी, सहकोषाध्यक्ष किशोर गुरुड्ग,सदस्यहरुमा  मन्दिप शर्मा, अजय थापा,चन्द्र सुन्दास,युबराज खत्री,अनिताकुमारी गुरुङ,खिला कुमारी सुनुवार र अनुराधा सहानी रहनु भयको छ।

उक्त अवसरमा मन्दिरका नियमित पण्डित पवन प्रसाद दहाल र सहयोगी आदार्णिय भिम लामीँछाने  गुरुङग बुबालाई सम्मानपत्र सहित सेवाको लागी धन्यवाद दिईएको थियो।कार्यक्रममा साँझको सादा भोजनको व्यवस्थापनमा सहकोषाध्यक्ष किशोर गुरुङ,सुशीला पौडेल,पबित्रा भट्टराई,बिमला भट्टराई,सरस्वती ढकाल,यशोदा घिमिरे समेत सबै सदस्यहरुको सहयोग रहेको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?