Sunday April 28, 2024

मेरो मनको हिरो- बसन्तराज कुवंर

७ पुष, २०८० शीतलपाटीन्युज डटकम। 1265


मेरो मनको  हिरो- बसन्तराज कुवंर

बसन्तराज कुवंर,

मेरो “ मनको हिरो “सुपरमैन जस्तै छ।जब हर तर्फ निरासा छॉउछ,तब उ,सुपरमैन झै भएर कता कता बाट म कहॉ आइपुग्छ र त्यो निरासाको बादलबाट मलाइ एकै पलमा बाहिर निकाली ,पुर्याइदिन्छ अर्को पाटोमा, जहा आशा र आत्माबिश्वासको खानि छ। 

जब म देस र बिश्वकै लथालिंग हालत देखेर निरास हुन्छु। आफुलाइ सासन गर्ने सासक हरुका अनुहार र कमजोड क्षमता संझेर चिन्तीत हुन्छु र अझ मलाइ लाग्छ यो देसमा अगाडीको समए अरु कष्टपुर्ण हुने छ ,तब कता कता बाट सुपरम्यान भएर मेरो मनको हिरो म कॉहॉ आइपुग्छ र संझाउछ “चिन्ता नगर  यो देसको उद्धार गर्न सक्ने एक ब्यक्ती अझै छ, त्यो  तीमी नै हौ।” म हॉस्छु र भन्छु “म त्यसै चिन्तीत छु म संग अहिले ठट्टा नगर” उ अझै आत्मा बिश्वास साथ भन्छ “म सही भन्दै छु समाधान अरु कोहि संग छैन , समाधान केबल तिमी संग छ।” त्यस पछी उस्ले मलाइ समाधानको थुप्रै उपाए पनि सिकाउछ ।म उस्ले सिकाएका ति योजना र कार्यक्रम  सुनेर उत्साहित पनि हुन्छु र लाग्छ अब मेरो देसका दाजु भाइले सुख संम्ब्रीद्धी पाउने छन्।तर एकै छिनमा निरास हुन्छु किनकी म राज्य संचालन गर्ने ठॉउमै छैन त म कसरी ती योजना हरु लागु गर्न सक्छु ??

मेरा जस्तै मनका हिरो हरु  यॉहा हरेकका मन भित्र होलान् तर ती जती प्रसस्त संख्यामा भए पनि  देस परीबर्तन हुन सक्तैन किनकी देस परीबर्तन गर्न त देस हॉक्ने स्थानमा पुग्न जरुरी हुन्छ र देस हॉक्ने स्थानमा पुग्न अहिलेको संबिधान अनुसार चुनाब जित्नु पर्दछ । चुनाब जित्न चुनाबमा उठ्नु पर्दछ र चुनाबमा उठ्न पार्टीले टिकट दिनु पर्दछ ।पार्टी बाट टिकट नपाउने हो भने कि आफै पार्टी खोल्नु पर्दछ की स्वतन्त्र रुपमा चुनाबमा उठ्नु पर्दछ ।तर म यो झंझट मोल्न र श्रम श्रोत खर्च गरी चुनाब लड्न तयार छैन। फेरी मलाइ जनताले पत्याउने पनि छैनन् किनकी तीन्ले मलाइ आफु भन्दा कमजोड र अरु पार्टीका मान्छे भन्दा धेरै कमजोड ठानेका छन्। अब चुनाबमै नजाने हो भने राज्य संचालन गर्ने ठॉउमा म कसरी पुग्न सक्छु त ? सत्तामै नपुगे पछ मनको हिरोले सिकाएको योजना कसरी लगाउने त? मेरो मनको हिरो स्मार्ट छ।उ मेरो बाध्यता बुझी हाल्छ र हॉस्दै भन्छ “उसो भए संबिधान नै परीबर्तन गराइदीउ न त? 

अब मनको हिरोले संबिधान परीबर्तन गरेर भए पनि मलाइ सासनमा पुर्याउने जमर्को गर्छ।म खुसी हुन्छु तर फेरी सोच्छु, संबिधान परीबर्तन गर्न पनि कि संसदमा हाम्रा दुइ तिहाइ संसद हुनु पर्दछ की सडकमा लाखौ जनता  उतारेर यो ब्यबस्था नै असफल पारी संबिधान परीबर्तन गर्नु  पर्ने छ।तर म न दुइ तिहाइ सदस्य संसदमा पुर्याउन सक्छु न सडकमा पुलीस र सेना संग मुकाबिला गर्ने मेरो औकात र ऑट नै छ। म फेरी निरास हुन्छु तर मनको हीरो त स्मार्ट नै छ। उस्ले भन्छ  “अहिलेको कुसासन बाट जनता वाक्क दिक्क भएका छन् । यस्ता बाक्क दिक्क भएका लाखौं जनता लाइ घरबाटै चामल बोकेर यो ब्यबस्था र सरकारको बिरुद्धमा सडकमा  उतारौ र ब्यबस्था परीबर्तन भएपछी तीमी सासनमा जाउ। म फेरी उज्यालो हुन्छु। 

तर फेरी सोच्छु,सडकमा लाखौं मान्छे ल्याउन पनि  सजिलो छैन नी।मैले भनेर को आउने ?  मनको हिरोले मेरो बाध्यता बुझी हाल्छ र भन्छ “उसो भए हिन्दु राज्य भन वा राजा लाइ सासनमा ल्याउं र राजा बाटै राज्य संचालनको जिम्मा लिउ। म फेरी उज्यालो हुन्छु तर फेरी सोच्छु, राजा आए पनि मलाइ मंन्त्री प्रधानमंन्त्रीको जिम्मा किन दिन्छन त? त्यो त उन्ले त्यस ब्यक्तीलाइ दिनेछन् जस्ले राजा फर्काउन  सडक देखि सदन सम्म साथ दिएका थिए। मैले त्यो काममा केही योगदान दिएकै छैन। म फेरी नीरास हुन्छु। 

यता तर्फबाट पनि कुनै संभाबना देखिन भने पछी मनको हिरोले फेरी अर्को  बाटो सुझायो।उस्ले भन्यो  “ उसो भए भारत,चिन र अमेरीकाको सहयोग बाट सासन सत्तामा जांउ।मरी सकेका भए पनि मार्कस लेलिन मावो गान्धी हरुको फोटो राखि आशिरबाद  लिउ। प्रीथ्बि नाराएण साह भन्दा तिन्को नाम बिक्छ।म फेरी प्रफुल्ल भंए  तर फेरी सोंचें “ अमेरीका र भारतले मलाइ किन सासनमा लैजाने ? मैले त तिन्का लागी पनि त केही काम गरेको छैन।” 

मनको हिरोसंग त कती उपाए छ, छ। उस्ले फ्याट्ट भन्यो “ ठिक छ अमेरीका,चिन, भारतले सहयोग नगर्ने हो भने युरोपिएन युनिएनकोमसाथ लिंउ।त्यो पनि गर्न नसकिए तीमीकी शैनिक कु बाट सासनमा जाउ कि गुरील्ला वार फेर चलाइ राज्यसत्ता कब्जा  गर  ….मनको हिरोले फेरी नया नया स्मार्ट आइडिया ल्यायो। एकछीन म  फेरी प्रफुल्ल भंए र शैनिक कु र गुरील्ला वारफेर दुबैको तयारी गर्न थॉले।

मनको हिरो संग यीनै बिषएमा छलफल हुदै थियो घडीको आलराम जोडले बज्यो। मेरो सुगर र प्रेसरको औषधी खाने समए भएछ।युरीक एसीडले दुखेको जोर्निले साथ नदिए पनी बल्ल बल्ल उठी ग्लासको पानिले औषधी निली सकेपछी , पुन लागें  मनको हिरोको संसार तिरै। 

यही मनको हिरो छ र म बॉचेको छु ।खुसी र आशा बटुलेको छु। नत्र वरीपरी बाट देसको अबस्था हेर्दा त म उहिले मरी सकोको  पनि हुन सक्थे ….मनको हिरो नै मेरो बॉच्ने साथि र प्रेरणा भएको छ। म हिरो नहुला “ तर म भित्र एक हिरो छ मनको हिरो “जस्ले मलाइ चाहेको समएमा सत्तामा पुर्याइदिने गर्दछ  र म त्यॉही मन भित्रको सरकार चलाइ देस परीबर्तन गर्ने गर्दछु  ……। 

यही मनको हिरो मेरो शक्ती र साथि छ जस्को सहयोगले कहिले म संयुक्त राष्ट्र सघमा नेपालको तर्फ बाट जोडदार प्रस्ताब राखि रहेको हुन्छु भने कहिले चिन र भारतका सरकार प्रमुख हरुको बिचमा बसी नेपालको हितका कुरा गरी रहेको हुन्छु। कहिले लुम्बिनीमा राष्ट्र प्रमुख हरु को बैठक राखी रहेको हुन्छु भने कहिले युक्रेन र रुषको लडाइ रोक्न पहल गरी रहेको हुन्छु।कहिले तराइका तररकारी एका बिहानै बोकाइ कार्गो बोइडं जहाज हरु द्वारा खाडी मुलुक तिर साग सब्जी पठाइ रहेको हुन्छु भने कहिले देसको उत्पादन बिदेस तिर नीर्यात गरी आएको रकम घर घरमा पुगेको समाचार टेलिभिजनमा ह्रेरी रहेको हुन्छु …………

यो देसमा दुख दिनेको त कुनै कमी छैन ।गीराउने हरुको त अझ कमी छैन। तर्साउने हरुको पनि कुनै कमी छैन। ती त पाइला पाइलामा भेटिने गर्दछन् तर खुसी र प्रेरणा दिने पनि कोहि छ। त्यो हो “ मेरो नमको हिरो …हाम्रो मनको हिरो।

हामि भित्रका मनका हिरो हरुनै  हाम्रा सच्चा साथि रहेछन् जस्ले हामि लाइ दुखमा अथाह सुख र निरीशा बिचमा पनी खुसी र प्रेरणा दिन्छन्। “ मेरो मनको हिरो “गज्जबको छ। “म पनि उस्लाइ धेरै माया गर्छु । सबले साथ छोडे पनि मलाइ थाहा छ उस्ले मलाइ छोड्ने छैन र जब सम्म उ म संग हुने छ “तब सम्म म जीबन्त र उर्जासीलनै रही रहने छु।”

(लेखक बसन्तराज कुवंर, नेपाल पुर्व प्रहरी संगठनको अध्यक्ष हुनुहुन्छ।)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?