Sunday April 28, 2024

अमेरीकाको बाल्टीमोरका समाजसेवी नेपाली जनक पौडेल

१५ पुष, २०८० शीतलपाटीन्युज डटकम। 1330


अमेरीकाको बाल्टीमोरका समाजसेवी नेपाली जनक पौडेल

सुरेश कोईराला,

अमेरीका। जनक पौडेल अमेरिकास्थित बाल्टिमोर नेपाली समाजको उदयमान नक्षत्रको रुपमा चिनिनुहुन्छ । नेपालको चितवनमा जिन्मिनु र हुर्किनु भएका उहाँ सन् २००५ मा डिभि परेर अमेरिका पुग्नु भएको हो। उहाँ अमेरिका बाल्मिोरका एक युवा, उदयमान सफल व्यवसायी र मेरिल्याण्डका युवाहरुको ढुकढुकी एवं सहयोगको प्रयायबाची शब्द जस्तै हुनुहुन्छ जनक पौडेल।

बाल्टिमोर सिटि कजेल स्टेयर युनिभर्सिटिमा उहाँले अध्ययन गर्नु भएको छ। अमेरिका पुगेपछि २००७ सालमा बानाको साधारण सदस्यबाट समाजसेवाको यात्रा सुरु गर्नुभएका उहाँ पछि २०१७ मा बानाको उपाध्यक्ष हुनु भयो। २०१९ देखि बानाको सल्लाहकार हुनुहन्छ। बानालाई झोलाबाट घरसम्म पुर्याउने बलियो खम्बा हुनुहुन्छ जनक पौडेल। जसरी एक घर बन्नका लागि ४ खम्बाको बराबर भूमिका हुन्छ,त्यसै गरी बानाको बिकासका लागि पौडेलले पनि एउटा महत्वपूर्ण खम्बाको रुपमा काम गर्नु भएको छ।

भवन खरिद गर्दा होस् अथवा कोभिडको बेलामा होस् नेपालीहरुको लागि रातदिन नभनिकन समाजसेवामा खटिनुभएको व्यक्तित्व हो जनक पौडेल। अमेरिकामा बस्ने नेपालीले घर किन्नु परेमा निःशुल्क परामर्श, इन्सुरेस र अमेरिकाकाको कानून अनुसारको सहयोग गरिरहनु भएको हुन्छ उहाँले हालसम्म निःशुल्कसहयोग गर्दै आउनु भएको हो। उहाँसँग सहयोग लिएका नेपालीहरु खुसी हुनुहुन्छ।

त्यतिमात्र होइन कोरोनाबाट बच्नका लागि आवश्यक पर्ने मास्क, कोरोनाको बेला औषधि लगायत आवश्यक सहयोग गर्नुभएको छ। नेपालमा सहयोगको नाममा पैसा उठाएको पाइन्छ, तर उहाँले जति पनि सहयोग गर्नु हुन्छ सबै आफ्नै पैसाबाट गर्नु हुन्छ। सहयोगको लागि आर्थिक उठाउने काम गर्नु हुन्न। 

एनआरएनए मेरिल्याण्ड च्याप्टरको २०१९ देखि ०२१ र ०२१ देखि ०२३ कोडिनेटर रहनु भएका उहाँ बानमा २०१७ देखि १९ सम्म भाइस प्रेसिडेन्ट हुनुहुन्थ्यो। २०१९ देखि २०२१ सम्म सल्लाहकार भएर काम गर्नु भएको छ। उहाँले नेपालीमाझ आफूलाई शसक्त सहयोगीको रुपमा मात्र चिनाउनु भएको छ। यतिमात्र उहाँको परिचय होइन्। एनआरएनएको भेला, निर्वाचन र संगठन विस्तारमा उहाँको सहयोगको अपेक्षा धेरैले गेरको पाइन्छ। 

सहयोग समेत गर्नु भएका उहाँ नेपालबाट अमेरिका पुगेर बेरोजगार भएका युवाहरुका लागि भगावन झै सहयोग गर्नु हुन्छ। काम खोज्ने मात्र होइन्,आफ्नै गाडिमा ल्याउने र लिने काम पनि गर्नु हुन्छ। भूकम्पको बेला बान मार्फत राम्रो आर्थिक सहयोग गर्नु भएको छ। नेपालका लागि नेपाली राजदूतावासमार्फत आर्थिक सहयोग नेपाल पु-याउनु भएको छ। अलपत्र परेका र विमास्थलबाट रिसिभ गर्नु पर्ने मान्छेलाई आफ्नै सवारी साधनमा ल्याउने र लिने गरेर पनि धेरै नेपालीको मन जित्न सफल हुनुहुन्छ।

२००८ मा विवाह बन्धनमा बाधिएका पौडेलका दुई छोरी हुनुहुन्छ। जनीसा पौडेल र उपसना पौडेल । विवाह बन्धनमा बाधिएपछि श्रीमती सृजना पनि सामाजिक काममा नै अग्रसर हुनुहुन्छ। उहाँले २०२१ एनआरएनएको महिला कोडिनेटरको भूमिकामा रहेर काम गर्नु भएको छ। उहाँ एनआरएनएको सदस्य पनि हुनुहुन्छ।

अमेरिकामा मात्र होइन उहाँले नेपालमा पनि सहयोग गर्दै आउनु भएको छ। विगत २ वर्षदेखि चितवनको मानव सेवा आश्रममा रहेको असाहाय व्यक्तिहरुलाई खाना खुवाउने काम गर्दै आउनु भएको छ। अमेरिकामा पनि मातातिर्थ औँशीको दिन बुढी आमाहरुलाई खाना खुवाउनु हुन्छ भने कुशे औँशीको दिन बुढा बाबाहरुलाई उहाँले खाना खुवाउँदै आउनु भएको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?