Sunday April 28, 2024

शिव मन्दिर अल्डरसट युकेमा स्वस्थानीकथा बाचन हुने,कथा श्रवणका लागि आब्हान

९ माघ, २०८० शीतलपाटीन्युज डटकम। 1380


शिव मन्दिर अल्डरसट युकेमा स्वस्थानीकथा बाचन हुने,कथा श्रवणका लागि आब्हान

शीतलपाटीन्युज डटकम।

लण्डन। शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अलडरसटले स्वस्थानीकथा बाचन गरेर भरपुर मनोरन्जन दिने कुरा जनाएको छ।

शिव मन्दिर अल्डरसटका अध्यक्ष बिक्रम भट्टराईले शीतलपाटीन्युजका सम्पादक एवम शिव मन्दिरका निवर्तमान अध्यक्ष बाचस्पति रेग्मीसंग कुरा गर्दै २५ जनवरी पौष शुक्ल पुर्णिमा देखी माघ शुक्ल पुर्णिमासम्म एक महिना कथाबाचन,शिवको पुजा आराधना गर्ने बताउनु भयको छ। श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो।भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा गरिने हुदा बेलायतमा बसोबास गरेका नेपाली महिला दिदीबहिनीहरुलाई यो कथा र पुजाको ब्यवस्था गरिएको पनि अध्यक्ष भट्टराईले बताउनु भयो।

२५ जनवरी २०२४ पौष शुक्ल पुर्णिमाको बेलुका १७:०० देखी १८:०० बजेसम्म दैनिक हुने कथा बाचन माघ शुक्ल पुर्णिमा एक महिनासम्म कथा बाचन हुनेछ।

यसै स्वस्थानी ब्रतकथाको समयमा एक महिनासम्म काठमाण्डौ उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ।‘माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ,यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्।

स्वस्थानी ब्रत भनेको के हो?

श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो। यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ। यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ। सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ।

विशेष गरी महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले ब्रतकथामा बर्णन गरिए जस्तै सुख,शान्ति,समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ। व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?