Sunday April 28, 2024

बसन्त पंचमीको दिन मनाइने सरस्वती पूजा यो बर्ष पनि ग्रेटर रेडिंग नेपाली समाजले भव्यता पूर्वक मनायो

४ फाल्गुन, २०८० शीतलपाटीन्युज डटकम। 1240


बसन्त पंचमीको दिन मनाइने सरस्वती पूजा यो बर्ष पनि ग्रेटर रेडिंग नेपाली समाजले भव्यता पूर्वक मनायो

भरत पौड्याल,

रेडिङ,लण्डन। प्रत्येक बर्ष  परम्परागत रुपमा बसन्त पंचमीको दिन मनाइने गरिएको सरस्वती पूजा यो बर्ष पनि ग्रेटर रेडिंग नेपाली समाजले भव्यतापूर्वक मनायो। 

पाकिस्तानी कम्युनिटी सेन्टरमा आयोजित उक्त कार्यकममा रेडिंग वरिपरि बसोबास गर्ने वालवच्चा र अविभावक गरी १०० भन्दा बढी ब्यक्तीहरुको उपस्थिति रहेको थियो। अन्य कार्यक्रम भन्दा पृथक रुपमा संचालन गरिएको उक्त कार्यक्रममा  बालिका रीभा ढकालले आगन्तुक हरुलाइ स्वागत गरेकी थिईन भने अर्की बालिका काव्या पुडासैनीले हेल्थ एण्ड सेफ्टीको बारेमा जानकारी गराएकी थिईन। ११ / १२ बर्ष उमेरका रिया पण्डित र अमोग भट्टराईले संचालन गरेको उक्त कार्यक्रममा  ५ र ६ बर्षका निसिका तिवारी र अर्नभ कायस्थले सरस्वतीको मन्त्रोचारण गरेका थिए।

त्यसै गरी ग्रेटर रेडिंग नेपाली समाज द्वारा संचालन गरिएको नेपाली कक्षाका बिद्यार्थी हरुले नेपाली भाषामा आफ्नो लेख,रचना प्रस्तुत गरे भने नेपाली कक्षाका शिक्षक त्रिलोचन गौतमले नेपाली कक्षाका गतिविधि जानकारी गराउनु भयो। पूर्ख्यौली संस्कृतीलाई ग्रहण गर्दै बालबालिकाहरु आफैले उत्साहका साथ संचालन गरेको उक्त कार्यक्रममा बेलायतमा जन्मिएर हुर्किएका नानी,बाबुहरुलाई नेपाली संस्कार र संस्कृति को पहिचान होस् भन्ने हेतुले विद्याकी देवी सरस्वतीको पूजा पाठ,बन्दना र अर्चना,अक्षराम्भ,चित्रकला प्रतियोगिता लगायत सरस्वती माताको गीतमा नाचगान प्रस्तुत गरेका थिए।

उक्त कार्यक्रममा नयनतारा प्रधानले सरस्वती माता सम्बन्धी नृत्य सिकाएकी थिइन् जसमा वालिकाहरु आर्याना,निष्ठा,प्रिन्सु,प्रिशा,रिया,शुभाले नृत्य प्रस्तुत गरेका थिए भने दुर्गा ढकालले सरस्वती बन्दना रचना गरी नेपाली भाषामा वाचन सिकाएकी थिइन्। उपाध्यक्ष कल्पना पण्डितले संस्कृतमा लेखिएको सरस्वती पाठ सिकाउदै बालबालिकालाइ प्रोत्साहन गर्न बिशेष भूमिका खेल्नु भएको थियो। यसै गरि बैधि गोगटेले बसन्त पंचमीको महिमाको बारेमा प्रकाश पर्नु भएको थियो। साना बालबालिकाहरुले हनुमान चालिसा पाठ गरेर कार्यक्रमलाइ अझ रमाइलो बनाएका थिए। ११ बर्षिया बालिका प्रत्युषा त्रिपाठीले अंग्रेजी भाषामा सरस्वती देवी र सरस्वती पूजाको महत्व बारे बिस्तृत जानकारी गराउदै उपस्थित सबैलाइ प्रसाद ग्रहण गर्न अनुरोध गर्दै कार्यक्रम सम्पन्न भएको घोषणा गरेकी थिइन।

कार्यक्रममा समाजका अध्यक्ष भिमसेन खड्काले उपस्थित सम्पूर्ण अभिभावक तथा बालबालिकाहरुलाई धन्यबाद ज्ञापन गर्नु भयको थियो।  उपाध्यक्ष कल्पना पण्डितले आगामी दिनमा पनि यस प्रकारका कार्यक्रम गर्ने जानकारी दिनु भयो। नेपाली समाजका सचिब तथा कार्यक्रमका संयोजक डा भरत पौड्याल,उपाध्यक्ष कल्पना पण्डित,सदस्यहरु लक्ष्मण श्रेष्ठ तथा दुर्गा ढकालको संयोजनमा संचालन भएको उक्त कार्यक्रममा लक्ष्मण श्रेष्ठ र सुमित्रा श्रेष्ठले स्वादिष्ट प्रसादको सौजन्य र ब्यबस्थापन गर्नु भएको थियो। 

दोस्रो पुस्ताका नेपाली बालबालीकालाइ नेपाली संन्स्कार संस्कृति हस्तान्तरण गर्न यस्ता कार्यक्रम गरिराख्नु पर्ने कुरा सचिब पौड्यालले बताउनु भयो। ग्रेटर रिडींग नेपाली समाजका उपाध्यक्षहरु यादब श्रेष्ठ,सुरेश जंग थापा,प्रेम गुरुङ एबम सदस्यहरु वीनस रिजाल,ईन्दु सुब्बा लगायतले सहयोग पुर्याउनु भएको थियो। कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्नको लागी अभिभावक रमेश पण्डित,रमेश कायस्थ,प्रकाश .तिवारी, सूर्य त्रिपाठी,भुपाल शाही,डा बुद्दि पाठक,शेखरभट्टराई,निराजन थापा लगायत अन्य उपस्थित अविभावकहरुको योगदान रहेको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?