Saturday May 04, 2024

नेपाली राजदुतावास लण्डनद्वारा स्कटलैण्डमा संचालित घुम्ती सेवा सम्पन्न

९ फाल्गुन, २०८० शीतलपाटीन्युज डटकम। 1174


नेपाली राजदुतावास लण्डनद्वारा स्कटलैण्डमा संचालित घुम्ती सेवा सम्पन्न

शीतलपाटीन्युज डटकम।

लन्डन।लन्डनस्थित नेपाली राजदूतावास लण्डनले स्कटल्यान्डमा घुम्ती सेवा सञ्चालन सम्पन्न गरेको समाचार छ । गत सोमबार एकैदिन स्कटल्यान्डका फाइफ र एबर्डिन पुगेर दूतावासले स्थानीय नेपालीहरुलाई आवस्यक  सेवा प्रदान गरेको हो।

एनआरएनए राज्य समन्वय परिषद स्कटल्याण्डसंगको सहकार्यमा दूतावासबाट घुम्ती सेवा सञ्चालन भएको हो। जसबाट फाइफ र एबर्डिनमा गरी करिब १५० स्थानीय नेपाली लाभान्वित भएको एनआरएनए स्कटल्यान्ड अध्यक्ष दिवाकर पाण्डे र प्रचारप्रसार संयोजक तारानाथ भण्डारीले जानकारी दिनु भयको छ।


घुम्ती सेवामा पासपोर्ट रिन्यु,भिसा,यात्रा अनुमतिपत्र (Travel Document), एनआरएनए कार्ड, वारेसनामा लगायतका सेवा उपलब्ध गराइएको थियो। त्यस अवसरमा सेवाग्राहीहरुलाई अबेर मध्यरातसम्म सेवा दिइएको र सेवाग्रहीहरुले सेवा लिई रहेका थिए।

स्कटल्यान्डमा घुम्ती सेवाका लागि लन्डन राजदूतावासबाट थर्ड सेक्रेटरी पुजन पाण्डे खटिएकी थिइन्। एनआरएनए स्कटल्यान्ड, नेप्लिज हिमालयन एशोसिएसन एबर्डिनसहित स्थानीय नेपाली संघसंस्थाका प्रतिनिधि र सामाजिक अभियन्ताहरुले स्वयमसेवकका रुपमा सहयोग गरेका थिए। 

घुम्ती सेवाले स्कटल्यान्डवासी नेपालीहरुलाई सहज ढंगले दूतावासका सेवा उपलब्ध गराएको भन्दै एनआरएनए स्कटल्यान्ड अध्यक्ष दिवाकर पाण्डेले घुम्ती सेवामा योगदान गर्ने दूतावास, कर्मचारी र एनआरएनए एवम् अन्य संघसंस्थाका प्रतिनिधि समेतलाई धन्यवाद दिएका छन्।

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?